निर्णय नं. २०९६ - परमादेश मिश्रित उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९६ - परमादेश मिश्रित उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/१७ २२६२ निर्णय नं. २०९६ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १८७७ विषय : परमादेश मिश्रित उत्प्रेषण निवेदक : जि. ललितपुर जाउलाखेल स्थित रिबर वेली (प्रा.) लि.को तर्फबाट अधिकार प्राप्त जयप्रकाश अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार, कर विभाग काठमाडौं श्री घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर श्री बीरगंज भन्सार कार्यालय, बीरगंज आदेश भएको मिति : २०४१।८।१७।१ मा § बिक्रीकर बापत धरौटी राखेको रु.माग्न आएमा निवेदकलाई फिर्ता दिनु भनी विपक्षी कर विभागको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दा : आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ । २. म निवेदकले रिवर बेली प्रा.लि.०३४।९।१७ मा दर्ता गराई ०३५।४।७ देखि उत्पादन शुरु गरेको हुँदा यस उद्योगको निर्माण तथा उत्पादनमा प्रत्यक्ष सहयोग पुग्ने कोरा माल र सहायक कोरा माल झिकाई विपक्षी भन्सार कार्यालयमा आई पुगेपछि प्रज्ञापनपत्र विपक्षी भन्सार कार्यालयमा आई पुगेपछि प्रज्ञापनपत्र भरी विपक्षी भन्सार महसुल तिरी बिक्रीकरको हकमा ३ महीनाभित्र सुविधाको सिफारिश पेश गर्ने गरी धरौटीमा राख्ने आदेश गरे अनुरुप धरौटी राखी माल छुटाई विपक्षी नं. २ को सिफारिश सहित धरौटी रकम फिर्ता माग्न पटक पटक निवेदन गर्दा आर्थिक ऐन, ०३८ को अनुसूची ६ को द्रष्टव्य (१) मा बिक्रीकर सुविधा नपाउने वर्गमा स्टेशनरी सामान उत्पादन गर्ने उद्योग पनि परेको देखिएकोले बिक्रीकर सुविधा दिन नमिल्ने जानकारी दिने मिति ०४०।८।२३ मा निर्णय भएकोले निर्णयानुसार सूचित गर्दछु भन्ने पत्र विपक्षी भन्सार कार्यालयबाट प्राप्त हुन आएकोले अन्यायमा परी निवेदन गर्न आएको छु । औद्योगिक व्यवसाय ऐन, ०३० को दफा २(ख) मा २ लाख रुपैयाँ सम्म स्थिर पूँजी लगानी भएको उद्योगलाई घरेलु उद्योग भनी परिभाषा गरेको र सो उद्योग पनि स्थिर पूँजी १ लाख ९६ हजार भएको हुँदा घरेलु उद्योग भएको र औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(१) बमोजिम ५ वर्ष सम्म शत प्रतिशत आयकर मिन्हा हुनुपर्ने र उपखण्ड २ बमोजिम मेरो त्यस्तो उद्योगलाई चाहिने आयात गरिने मेशिनरी, पार्टपूर्जा तथा बिजुलीका सर सामान र आधारभूत तथा सहायक कच्चापदार्थमा एक प्रतिशतको दरले मात्र भन्सार लगाई बिक्रीकर छुट हुन पर्ने हो । सो बमोजिमको सुविधा यो उद्योगले प्राप्त गर्दै आएको र औ.व्य.ऐन, ०३८ भएपछि अघिको ऐन अनुसार पाउने सुविधा तथा सहुलियतलाई संरक्षण प्रदान गरेको छ । औ.व्य.ऐन, ०३८ को दफा १० को खण्ड (घ) मा बिक्रीकर सुविधा भन्ने उल्लेख भई त्यसको उपखण्ड (१) मा घरेलु उद्योगको उत्पादनमा बिक्रीकर लाग्ने छैन भन्ने उल्लेख भएको छ । उपखण्ड २ बमोजिम श्री ५ को सरकारले राजपत्रमा सूचना प्रकाशित गरी यो उद्योगमा बिक्रीकर लगाएको छैन । सोही ऐनको दफा १० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखएिको भए तापनि भन्ने समेत र दफा २१ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिए जति कुरामा सोही बमोज