निर्णय नं. २०९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/११ २४६७ निर्णय नं. २०९७ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. २२६१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : नु.जि. त्रिशुली गा.पं. वडा नं. ४ हात्तीगौडा बस्ने भोजबहादुर के.सी.समेत विरुद्ध विपक्षी : अर्थ मन्त्रालय बागदरवार, हरिभवन मालपोत विभाग, बबरमहल मालपोत कार्यालय, नुवाकोट आदेश भएको मिति : २०४१।८।११।२ मा § न्यूनतम मूल्य भन्दा कम भएको हुँदा उक्त रकम थप भएमा लिखत पारित हुने अन्यथा पारित हुन नसक्ने भएकोले दरपीठ गरी दियौं भनी विपक्षी मालपोत कार्यालय नुवाकोटले दरपीठ गरी दिएकोमा कुनै कानुनी त्रुटि देखिन नआएको । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी विपक्षीको मूल्य निर्धारणको कथित परिपत्र समेत बदर गरिपाउँ भनी रिट निवेदन मिति २०४१।२।१७ मा दर्ता भएको रहेछ । संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : २. संवैधानिक र प्रचलित कानुन प्रदत्त हकको उपचारमा निवेदक मध्येका म भोजबहादुर के.सी.ले मेरो स्वामित्वको त्रिशुली गा.पं. वडा नं. ४ को कि.नं. ३०९ क्षेत्रफल ५–९–२–२ को दोयम पाखो जग्गा आफ्नो घर व्यवहार चलाउन रु.१३,५००। मा बेच्ने मोल गरेको र निवेदक म दरेश बहादुर श्रेष्ठले सो मोललाई मनासिव सम्झी खरीद गर्न मञ्जुर गरी हामी दुवै साहु आसामी राजीखुशी भई मिति २०४१।१।११। मा रु.१३,५००। को राजीनामाको लिखित खडा गरी तोकिएको कार्यविधि पुर्‍याई विपक्षी मालपोत कार्यालय नुवाकोट विदुरमा पारित गर्न जाँदा अर्थ मन्त्रालय र मालपोत विभागको परिपत्र बमोजिम पारित गर्न मिल्दैन भनी मौखिक भनी चलन चल्तीको मूल्य भन्दा कम मूल्य भयो भनी उक्त राजीनामा पारित गरी नदिई उक्त राजीनामाको पिठमा विपक्षी मालपोत कार्यालयले यसै निवेदन साथ संलग्न राजीनामाको दरपिठमा लेखिए अनुसार “मालपोत कार्यालय नुवाकोटबाट आर्थिक ऐन रजिष्ट्रेशन गरिने राजीनामा र हालै देखिको बकबसपत्रको लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि श्री ५ को सरकारले सम्बन्धित क्षेत्रको जग्गाजमीन चलन चल्तीको मूल्यको आधारमा न्यूनतम मूल्य तोक्ने व्यवस्था भएअनुरुप यस लिखतमा उल्लिखित मूल्य चलनचल्तीको न्यूनतम मूल्यभन्दा रु.५०३।९२ कम भएको हुँदा उक्त रकम थप भएमा लिखत पारित हुने अन्यथा पारित हुन नसक्ने भएकाले दरपिठ गर दियाँ भनी ०४१।१।११।२ को दरपिठ गरी दिएकै अर्थबाट सम्पत्ति यत्तिमा नै बिक्री गर्नुपर्दछ भन्न मिल्दैन । इच्छा र आवश्यकता मूल्य हालिने हुन्छ । विपक्षी मालपोत कार्यालयले उक्त हाम्रो राजीनामा दरपिठ गर्दा अर्थमन्त्रालय र मालपोतविभागबाट आएको भनिएको कथित परिपत्र हामीलाई देखाइएकै छैन । सम्मानित अदालतबाट उक्त अर्थ मन्त्रालय तथा विभागको प्रचलित कानुन बिपरीतको अर्को तथा कानुनी अस्तित्व विहिन परिपत्र अ.बं.२११ र कागज जाँचको १७ नं. समेतको आधारमा यस अदालतबाटै झिकाई हेरी पाउन सादर अनुरोध गर्दछु । ३. विपक्षी मालपोत कार्यालयको राजीनामा दरपिठ गर्दा आर्थिक ऐनलाई मूल आधार बनाइएको छ र सो ऐनको प्रस्तावना धारा १७(१)(२) ले निर्