निर्णय नं. २०९८ - कूतबाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९८ - कूतबाली भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०३ २२१७ निर्णय नं. २०९८ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ४२२ मुद्दा : कूतबाली पुनरावेदक/वादी : दाङ देउखुरी सोनपुर गा.पं. वार्ड नं. २ केरोनिया बस्ने विश्वनाथ चौधरी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. वार्ड नं. ७ रनियापुर बस्ने श्यामलाल चौधरी फैसला भएको मिति : २०४१।८।३।१ मा § भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती उल्लेखित मुद्दा : फैसला न्या. पृथ्वीबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षे.अ.को मिति ०३९।११।३ को निर्णयउपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो नाउँमा दर्ता श्रेस्ता भएको दे सोनपुर गा.पं. वा.नं. ७(क) कि.नं. ४९४, ५०४।५७७, ५७८, ५८५ र वा.नं. ७(ख) १५१, २१५, २३७, २८८, ३७९, ३९५ को जग्गा विपक्षीले अधिया शर्तमा मोही भई कमाई आउनु भएको छ सो जग्गामा विपक्षीले ०३४ सालको वर्ष धान बाली लगाउनु भएको थियो । कटनी मडनी गर्दा भूमिसम्बन्धी ऐन बमोजिम मलाई जानकारी नदिई उब्जनी बाली समेत एकलौटी लिई राख्नु भएकोले मेरो हिस्सामा पर्ने धान ५२ मनको हुने रु.१०४०। भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. फिरादमा देखाइएका कित्ताहरू मैले मोहीमा कमाई आएको हो स्थायी पूर्जि पनि पाएको छु । दावी बमोजिम अधिया शर्तमा कमाएको नभई पोतायत शर्तमा कमाएको छु । यो सालको पोत पञ्चायतलाई बुझाउने वा जग्गाधनीलाई बुझाउने भनी प्रधानपञ्चसित भन्दा अहिले छलफल भइराखेको छ पख भनेकाले बाँकी रहेको छ अघिल्ला सालको पोत बुझाएको भए पनि भर्पाई दिएको छैन भन्ने समेत श्यामलाल चौधरीको बयान । ४. फिराद दावीका जग्गाहरू पोतायत शर्तमा कमाएको भनी फिल्डबुकमा लेखिएको देखिन आएकोले प्रतिवादी जिकिर मनासिव देखिन आयो । अतः अधियाबाली दिलाई पाउँ भन्ने दावी पुग्न सक्दैन पोत नबुझाएकोमा प्रतिवादी सावितै हुँदा पोत सम्म भरी पाउने ठहर्छ भन्ने विशेष अदालत दाङको फैसला । ५. विशेष अदालत दा.दे.ले गरेको फैसला बदर गरिपाउँ भन्ने पुनरावेदन मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा वादी विश्वनाथको पुनरावेदन । ६. पुनरावेदकले तारिख गुजारेकोले डिसमिस हुने ठहर्छ भन्ने ०३८।५।३० को म.प.क्षे.अ.को फैसला । ७. डिसमिसबाट जगाई कानुन बमोजिम डायरीमा दर्ता गरी विपक्षीलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने ०३८।७।३० को म.प.क्षे.अ.को आदेश । ८. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) हेरिएमा उक्त व्यवस्था मोहीको हक प्राप्त हुने अवस्थाको लागि रहेको र प्रस्तुत मुद्दामा मोही सम्बन्धी विवाद नभई कूतको विवाद सम्म देखिन आएको छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को खण्ड (ख) को मोहीको परिभाषामा जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाउन सकिने नै भई यही नै शर्त हुनुपर्छ भन्ने किटानी व्यवस्था भएको देखिँदैन र कूत भन्नाले कानुनको परिभाषा अ