निर्णय नं. २१०० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१०० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०७ २२६८ निर्णय नं. २१०० ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १९०५ विषय : उत्प्रेषण निवेदक : जि. बारा औरेया गोढ गा.पं. वार्ड नं. ८ बस्ने सर्वजित राउत अहिर विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारा जि. वारा औरेया गा.पं. वार्ड नं. ८ बस्ने सर्वनाथ राउत अहिर आदेश भएको मिति : २०४१।८।७।५ मा § वादीले दावी लिएको कुरासँग सम्बन्धित कुरा मात्र प्रमाण लिन मिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री लोकभक्त राणा र विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : संविधानको धारा ७१ अन्तर्गत दायर भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. विपक्ष सर्वनाथले जि.बारा वडकी फुलवारीया गा.पं. वार्ड नं. ९(ख) कि.नं. १४० को ज.वि. ०–९–० कि.नं. १४२ को ज.वि.०–१३–१० ज.ध.पनमतिया मार्फत मौखिक बटैयामा कमाउन पाई कमाई आएको हुँदा गा.पं.ले गरी दिएको सिफारिश पत्र र गाउँ सरजमीन मुचुल्का थान २ समेत पेश गरेको हुँ । जग्गाधनीलाई झिकाई मोही कायम गरी प्रमाणमा समेत पाउँ भनी ०३९।४।२९ मा कलैया हुलाकबाट विपक्ष कार्यालयमा पठाई ०२९।६।१ मा विपक्ष कार्यालयमा दाखिल भई ०३९।५।२ मा दर्ता भई ०३९।६।१८ मा सनाखत गरी सो मितिबाट तारिखमा रहेछन् र ज.ध.प.पनमतियालाई १० दिने इतलायनामा पठाएकोमा हाजिर नभई बसेको र गा.पं.को मुचुल्का तथा कूल कबुलियतके दोहरी समेतका आधारमा भू.सु.ऐन, ०२१ को २५(१) बमोजिम मोही कायम हुने ठहर्छ भनी ०३९।१०।२० मा फैसला भएको । सो पश्चात मेरो दाता पनमतियाले बेरीतको म्याद तामेलीबाट एकतर्फी फैसला भएछ भनी अ.बं.२०८ नं. अन्तर्गत उजूर सहित प्रतिउत्तर पत्र दिएछन् र तारिखमा राख्नु भन्ने आदेश भएछ मेरो दाताले प्रतिवाद गर्दा विवादका जग्गाहरू कमाउन दिएको भू.सं.ऐन, ०२१ को दफा २४ अनुसार कबुलियत हुन पर्ने यो जग्गा सर्वजितलाई हक छाडी दिइसकेको छु भन्ने देखाएको र दर्ता श्रेस्ताबाट समेत म जग्गाधनी भइसकेको देखिए अनुसार मलाई झिकाइँदा जग्गा आफैंले जोती भोगी आएको छु अनधिकृत व्यक्तिले गरिदिएको कबुलियतबाट मोही कायम नहुने हुँदा खारेज गरिपाउँ भन्ने समेत मेरो बयान भएको थियो । विपक्षी अधिकारीज्यूको फैसलामा वादी दावीको जग्गा प्रतिवादी मध्येको पनमतिया चमाइनको एका सगोलका विफाई महरा चमारले वादीलाई कुनै शर्तमा दोहरी कबुलियत गरी कमाउन दिनु भएको र कमाई आएको भन्ने पेश हुन आएको कबुलियत नक्कल र गा.पं.को सिफारिशबाट देखिन आउँछ । अभिव्यक्तिको कबुलियत भनी प्रतिवादीहरूले दावा लिएको भएतापनि भू.सं.ऐन, ०२१ को जग्गाधनीको परिभाषा अनुसार पनमतियाको पति विफाई महरा चमार समेत जग्गाधनीको परिभाषा भित्र पर्न आउनु हुन्छ कबुलियत अनाधिकार भन्न मिलेन र हाल जग्गाधनी सर्वजित राउत अहिरलाई मोही स्वीकार गरेको देखिँदा निवेदन दावीको जग्गा निवेदक सर्वनाथ राउत अहिर, पूर्व फैसला अनुसार नै भू.सु.ऐन, ०२१ को दफा २५(१) बमोजिम मोही कायम हुने ठहर्छ भनी ०४०।९।६ मा फैसला गर्नु भएकोमा विपक्षी सर्वनाथले हुलाकमार्फत चढाएको उजूरीनिवेदनबाट कारावाही चलाउन सकिने कुनै पनि कानुनी व्यवस्था छैन । सर