निर्णय नं. २१०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०१ २२०९ निर्णय नं. २१०२ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १५१३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक/वादी : ल.पु.न.पं. वडा नं. १० सौगल टोल चालाछे बस्ने रामकृष्ण नापित विरुद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार निजामती किताबखाना आदेश भएको मिति : २०४१।८।१।६ मा § निवेदकले अनिवार्य अवकाश पाउँने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने । (प्रकरण नं. ८) निवेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी प्रतिवादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : निवेदक २००४।३।२९।१ मा निजामती मध्यम परीक्षामा उत्तीर्ण भई २००५।३।१५ मा ल.पु.अ.को नौसिन्दा खालीमा भर्ना हुँदा सर्टिफिकेटको पिठमा भर्ना हुँदाको मिति लेखी अड्डाको छाप लगाई फिर्ता दिनु भएको उक्त अवस्थामा निवेदकको उमेर २२ वर्षमा प्रवेश भएकोले जन्म मिति लेखिएको छैन । म.क्षे.अ.बाट ०३९।१०।२।१ मा भ.पु.जि.अ.का डिठ्ठामा सरुवा गरी दिनु भई ०३९।१०।५ बाट रमाना दिनु भएकोले अवकाश पाउन ६ महीना अगावै अवकाशको जानकारी पाउनु पर्नेमा जानकारी नै पाएको छैन अवकाश पाएकै दिनमा थाहा जानकारी भएकोले उजूर गर्ने मौका नै पाएको छैन । ०४०।३।१७ बाट मौकैमा किताबखानामा निवेदन गर्दा आलटाल गरी निवेदन दर्ता गरी नदिएबाट म.क्षे.अ.मा निवेदन दिई सोधी पठाउँदा १ महीना पछि पर्न आएको निवेदन हुँदा उमेर संशोधन गर्न मिल्दैन भनी ०४०।४।१६ मा जानकारी दिनु भएको २००५ सालमा सिटरोल भर्दा ६० वर्षको हदम्याद लागू भइसकेको नहुँदा उमेरको त्यत्तिको विचार गर्न पर्ने अवस्थै नभएको नि.से.ऐन, २०१३ दफा ३ मा दर्जा घटाउने वा मनमानी बर्खासीबाट ६(१) मा सफाईका सबूत दिने मनासिव माफिकको मौका नदिई बर्खासी गरी वा दर्जा तलब घटाउन हुँदैन नियम ०२१ को परिच्छेद ४ को दफा ७ को उपदफा ११ ले निर्धारित गरेको अवधि जनाउ पाउनु पर्ने म.क्षे.अ.वा. भ.पु.जि.अ.बाट समेत पाएको छैन । नि.से.ऐन, २०१३ को दफा ९(१) मा नालिस गर्ने उपाय भनी संकेत गरिएको उक्त दफामा दफा ६ को उपदफा १ बमोजिम रीत नपुर्‍याई कर्मचारीलाई सेवाबाट हटाएमा गैरकानुनी हुन्छ दफा ७(१) मा ६० वर्ष पूरा भए पछि नोकरीबाट अवकाश दिनेछ भन्ने स्पटीकरणको (क) दफामा नोकरीमा प्रवेश गरेको बेलामा शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर भन्ने र दफा (ख) मा त्यस्तो रिकर्ड नभएमा नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर भनी किटानी कानुन प्रावधान भएको । अवकाश बुझिलिए पछि सर्टिफिकेट उमेर कायम गर्न मिल्दैन भनी कुनै कानुन प्रदान भएको नभई बुझाएको अवकाश नै गैरकानुनी हुँदा बदर गर्न पर्नेमा मिलाउन नमिल्ने भनी जानकारी दिएको लगत प्रष्ट छ । निजामती किताबखानाबाट उमेर संशोधन गर्न मिल्दैन भनी २०४०।४।१६ मा दिएको बोधार्थ भ.पु.जि.अ.बाट ०४०।३।१७।६ मा दिनु भएको अनिवार्य अवकाशको फोटो समेत साथै राखी रीत पुर्‍याई सेवाबाट हटाएमा गैरकानुनी अवकाश दिएकोले संविधानको धारा १