निर्णय नं. २७७२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७२ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२१ २४६३ निर्णय नं. २७७२ ने.का.प. २०४३ फुलबेन्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.फु.नं. २१ फैसला भएको मिति : २०४३।७।२१।६ मा निवेदक/प्रतिवादी : केन्द्रीय कारागार, काठमाडौंमा थुनामा रहेको बुद्धिबहादुर गुरुङको हकमा सीता गुरुङसमेत विरुद्ध विपक्ष/वादी : डोरबहादुर समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गराएको हो कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरे पनि निजले कुटपिट गरेको कुनै घाचोट छ भनेर भन्नसकेको नदेखिएकोबाट अदालतमा गरेको निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निजले मर्नेलाई कर्तव्य गरी मारेको देखिन आयो । (प्रकरण नं. ३५) (२) प्रहरीको कागज समर्थित भएको र सरजमीनको अधिकांश व्यक्तिहरूले पनि निजमाथि शंका देखाएका छन् । उपरोक्त कारणहरूबाट निज प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न र निज समेत भई कर्तव्य गरी मारेको होइन भन्न मिलेन । (प्रकरण नं. ३६) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराजबाट यो जाहेरी र यसै साथ रहेको पो.वै.७१९ तथा ७२७ तथा ख ८२ नं.को बिन्तिपत्र जाहेर हुँदा यसमा बिन्तिपत्रको व्यहोरा साँचो भए त्यस अदालतबाट किनारा भएको बिन्तिपत्रमा लेखिएको कर्तव्य ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम गरी निर्णय गर्नु भन्ने हुकुम बक्स भई आएबमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको प्रस्तुत मुद्दाको सिंक्षिप्त व्यहोरा यसप्रकार छ : २. ०३५।३।२५ गते माया र मैती गुरुंगस्यानीलाई नदेखिएको र बाहिरबाट ढोकामा ताल्चा लगाएको बस्तुभाउ र कुखुरा समेत अलपत्र परेका समेत र गाउँ घरमा खोज्न जाँदा पत्ता नलागेकोले निजैको घरको आँखी झ्यालबाट चियाई हेर्दा ओछ्यानमा सुतिरहेको देखिँदा कसैको कर्तव्यबाट निजहरूको मृत्यु भएको हुनुपर्छ भन्ने गाउँ समाजको विश्वास भएको हुँदा म निजको हकदार भएकोले जाहेर गरेको छु कर्तव्यवालाहरूको पत्ता लगाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ०३५।३।२७ को शेरबहादुर गुरुङको जाहेरी दर्खास्त । ३. पाङग्रे साँचो लगाई बन्द भएको ढोका खोली भित्र पसी हेर्दा खाट माथि विस्तारामा मैति गुरुङस्यानीको लाश र खाट मुनी भित्तामा रगतको छिट्को दाहिने कोल्टे परी अगाडिको मोहडा पश्चिम फर्किएको देब्रे कानको छातीको आडबाट खुकुरीले हाने जस्तो चोट, मुख चिउँडो समेत काटिएको आधी गर्दनसम्म चोट परेको सो घाउ धेरैपटक प्रहार गरे जस्तो देखिएको किरा परी पानी निस्किएको रगतले ओछ्यान, सिरक, डस्ना, तन्ना सब भिजेको, गुदद्वारबाट मल निस्किएको, घाँटीबाट साँचोको झुप्पा राख्ने जस्तो डोरी झुण्डिएको सो डोरी काटी साँचोको झुप्पा नभएको लाश पल्टाई हेर्दा सडी गली दुर्गन्ध आइरहेको सो को उत्तरपट्टि माझको कोठामा तन्ना सजेको खाट र सो खाट