निर्णय नं. २७७३ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७३ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/१४ २११६ निर्णय नं. २७७३ ने.का.प. २०४३ फुलबेन्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. ६९ फैसला भएको मिति : २०४३।६।१४।६ मा निवेदक/वादी : जि.मकवानपुर हेटौंडा नगर पञ्चायत वडा नं.१ बस्ने गणेशलाल श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वडा नं.४ बस्ने हिराकाजी राना मगरसमेत मुद्दा : जग्गा खिचोला (१) आफ्नो हकको जग्गा अरुले वादीको स्वामित्व रहेको कुरा इन्कार गरी आफ्नो स्वामित्वमा रहेको भनी दावी लिएपछि तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थाबाट त्यस्तो खिचोला दावी लिएको मितिले २ वर्षभित्र फिराद दिनु पर्ने । (प्रकरण नं. १२) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको जग्गाखिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसुफका विषेश जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. १९९३ सालको नापीमा शेरबहादुर सो पूर्व, लालबहादुर सो पश्चिम, कृतिलाल सो दक्षिण, जड्डल सो उत्तर, अर्ध ४४ तुल ९ को जग्गा विगहा ।।।४।।१ हेटौंडा बस्ने पुड्के राईका नाउँमा दर्ता भई निजले ९४ सालदेखि मालपोत तिरी भोगी आएको आवादी जग्गा विगहा ।।।४।।।१ मैले रु.९९९।– मा २०१६।८।३०।३ मा पास गरी लिई राजीनामा लिएको सालदेखि मालपोत समेत तिरी भोगचलन गरी आएको ०२८।२०।२१।२४।३० सालको मालपोत र २०२१ सालदेखि २३ सालसम्मको बचत तिरी ७ नं. फाराम भरी १३ सालमा नापी हुँदा १७ सालमा मेरो नाउँमा पुर्जी दिएको र नापीका सम्बन्धबाट मुद्दा चल्दा श्री ५ को सरकार मध्यमाञ्चल सर्भे सर्कल विरगञ्जबाट ०१७।७।११ मा पर्चा हुँदा उक्त जग्गाको राजीनामा समेत पेश भएको र बुझिएका इन्द्रबहादुरले जोताहा मात्र म हुँ जग्गा पुड्के राईसंग गणेशलालले खरीद गरी लिएको देखि आजसम्म यो जग्गाको बाली अधिया गरी बाँडी लिने गरी आएको छु । जोताहा समेतले पाउने पूर्जा पाउँ भनी किटानी कागज गरी दिएकोबाट निस्सा भिडाई फिल्डबूकको कैफियतमा व्यहोरा जनाई दर्ता पुर्जी दिने भन्ने निर्णय भएको सो बमोजिम मोही भनी उल्लेख भएको निज इन्द्रबहादुरले जोताहा हकबाट ०१८।२।३ मा कागज गरी छाडेको दाता पुड्के राईका नाउँमा अठसरा समेत खडा भइरहेको र पुड्के राईका राजीनामा भोग दर्ताको लगत जिमिदार पटवारीले मकवानपुर मालमा दाखिल गरिराखेको र इन्द्रबहादुरले जोताहा हक छाडे पछि कि.नं.७ र रै.नं.४ को जग्गा विगहा ।।।४।।।१ मध्ये हर्ष धरान र हरि धरान २ जनालाई कमाउन दिई बाँकी जग्गा विगहा ।।४।।।१ विपक्षमा लेखिए मध्ये फडेन्द्रराज र रुद्रप्रसाद बाहेक अरु हिराकाजी समेतलाई कमाउन दिएकोमा ०२४ सालको बाली हिराकाजी राना मगर समेत ८ जनाले नबुझाएकोले बाली बिगो रु.३३००।– भराई मोहीबाट निष्कासन ग