निर्णय नं. २१०३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१०३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२५ ३६६४ निर्णय नं. २१०३ ने.का.प. २०४१ अङ्क ९ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको रि.फु.नं. ५० विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदीका : का.जि.का.न.पं. वा.नं. १९ याटखा दमार्इ टोल बस्ने न्हुछेमाया खड्गी विरुद्ध विपक्षी : ऐ.ऐ. वार्ड नं. २९ सामाखुसी बस्ने सोवीर लामा आदेश भएको मिति : २०४१।९।२५।३ मा § न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रुपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबूत प्रमाणमा आधारित हुनुपर्छ । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान वरिष्ठअधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिबक्ता श्री गोविन्दकुमार उपाध्याय उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदीकाको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी अनुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विर्तावाला न्हुछेमायाको का. यटखा ९५७ नं. को पोता लगतको जग्गा नापीमा काठमाडौं गोंगबु गा.पं. वार्ड नं. ४(ग) कि.नं. ४०५ को जग्गा रोपनी ७–५–२ तथा कि.नं. ४०६ को ०–९–० जग्गामा म मोही रहेको निर्विवाद छ । सो जग्गामा कि.नं. ४०५ का २–४–२ तथा कि.नं. ४०६ को ०–९–० जग्गा रैकर परिणत गरिपाउँ भनी निज न्हुछेमायाको वारेस नन्द ढकालले मालपोत कार्यालयमा २०३८।९।२४ मा निवेदन गर्नुभयो । म निवेदकले पनि कि.नं. ४०५ र ४०६ को पूरै जग्गा आफ्नो नाउँमा रैकर परिणत गरिपाउँ भनी ०३८।१०।२६ मा निवेदन गरेको थिएँ ०३८।११।१३ मा सो बारे ताकेता र कानुनको आधारको साथ अर्को निवेदन सोही कार्यालयमा गरेको थिएँ । तथापि मेरो निवेदनको कुनै वास्ता नगरी मलाई मिसिल पक्ष नबनाई न्हुछेमायाको माग बमोजिम रैकरमा परिणत गर्ने टिप्पणीं २०३८।११।२५ मा त्यस कार्यालयका प्र.मा.अधिकृतबाट सदर भयो । ३. विर्ता उन्मूलन ऐन, २०१६ (दोस्रो संशोधन, ०२४) को दफा ७(४) को म्याद पछि विर्तावालले रैकर परिणत गरिपाउँ भनी निवेदन गर्ने कुनै कानुनी आधार छैन, त्यसमा पनि म मोही विर्तावालको नाउँमा रैकर परिणत हुनु अगाडि नै आफ्नो नाउँमा रैकर परिणत गरिपाउँ भनी निवेदन दिएकै थिएँ सो कुरालाई उल्लेखै नगरी मलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय भएकोछ । मुलुकी ऐन अ.बं.१८५ नं. ले व्यवस्था गरेअनुसार तेरो मेरो सम्बन्धी अर्धन्यायिक विषयमा निर्णय गर्दा आधार खुलाउनु पर्ने बाध्यता छ साथै सम्मानित स.अ.का अकाट्य रहेका विभिन्न नजीरहरूबाट पनि सो कुराको पुष्टी भएको छ । विर्ता उन्मूलन ऐन, २०१६ (दोस्रो संशोधन २०२४) को दफा ७(४) ले मोही छँदाछँदै, मोहीले दावी गर्दा गर्दै विर्तावालले रैकरमा परिणत गर्ने हकदैया नै नभएको, यस्तो कानुनी कुरामा कसैको स्वीकृतिले मात्र अधिकार दिन नसक्ने निर्विवाद छ । अर्को दावीको क