निर्णय नं. २१०४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१०४ - लिखत बदर भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/०७ २०१८ निर्णय नं. २१०४ ने.का.प. २०४१ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.फु.नं. ४८ मुद्दा : लिखत बदर निवेदक/वादी : का.जि.न.पं. वडा नं. २६ को हाल वडा नं. १ सेतो दरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा. विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने स्वर्गे भइसकेको लिला शमशेर ज.ब.रा. ऐ ऐ वडा नं. ७ को हाल वडा नं. २३ ओमबहाल बस्ने लामु अमात्य फैसला भएको मिति : २०४१।९।७।६ मा (१) अदालतले गरेको निर्णयलाई वादीले चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. १५) निवेदक वादीके तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री शम्भु प्रसाद ज्ञवाली र विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान अधिबक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : यस अदालतको डिभिजन बेञ्चबाट मिति २०३९।१।२९।४ मा फैसला भएको उपरोक्त मुद्दा नेपालको संविधानको धारा ७२ को खण्ड (ख) बमोजिम दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई पेश हुन आएको छ । प्रस्तुत मुद्दा निर्णयार्थ यस बेञ्चमा पेश हुन आएकोछ । प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. मेरो समेत अंश हक लाग्ने सम्पत्ति मेरो मञ्जूरी बेगर रु.१ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक बढाई प्र.लामु अमात्य धनी र मे.ज.लिला शमशेर ऋणी भई ०२९।९।१५ का दिन एक लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक हाली पास भएको र द.नं. १७७५ को लिखतमा उल्लिखित विवरण सहित ४ किल्लाभित्रको जग्गा रोपनी ३–१–२ र सो जग्गामा बनेको घर समेत रजिष्ट्रेशन पास भएको रहेछ । ०२९।९।१७ मा नक्कल लिंदा थाहा पाएँ । म फिरादी मात्र सगोलमा रहेको हुनाले आधा मेरो हक जति बिक्री बदर गरी आधा घर जग्गा लिनु दिनु भएको रुपैयाँ दिई निखन्न पाउँ । थैलीमा मुख नमिलेको हुनाले लेनदेन व्यवहारको १०, ११ र १६ नं. अनुसार नालेस गर्न आएको छु भन्ने समेत फिराद दावी । ३. वादीले आफ्नो बाबुबाट अंश लिइसकेको र सो बमोजिम व्यवहारहरू भइसकेको हुनाले अंशमा नालिस गर्न सकेको छैन । वादीले नक्कल लिएपछि थैली धरौट नराखेको र अधिकार प्राप्त अड्डामा पनि जानु भएको छैन । साथै बुबाले बिक्री गरेको सम्पत्ति के कति पैत्रिक छ के कति लिलाशमशेरको आफ्नो आर्जनको हो ९० सालको भूइँचालो पछि लिलाशमशेरले आफ्नो आर्जनबाट बनाएको घर दरवार भन्ने कुरा प्रकाशमा नल्याई यसलाई मात्र पैत्रिक सम्पत्ति भन्ने आधारमा हक पुग्ने दावी जिकिर लिएको कानुनसंगत छैन अड्डाको कर्मचारीको उपस्थितिमा थैली लिनु दिनु गरेकोमा झुठ्ठा हो भन्ने झुठ्ठा वादी हुँदा नालिस खारेज गरिपाउँ भन्ने समेत प्र.लामु अमात्यको प्रतिउत्तर जिकिर । ४. विपक्ष छुट्टी भिन्न भएको मैले अंशबण्डामा १९ नं. ले आफू खुश गर्न पाउने जति थैली लिएको उतिमा राजीनामा गरिदिएको हो विपक्षले ०२३।९।१७ मा थाहापाएँ भन्ने दावा झुठ्ठा हो । विपक्षको मञ्जूर लिनु पर्ने पनि होइन । आधा बदर हुने पनि होइन झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने समेत प्र.लिलाशमशेरको प्रतिउत्तर जिकिर । ५. लिखत बदर गर्न छोराको हकदैया नलाग्ने हुँदा अ.बं.१८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत ०३१।४।२८।२ को का.जि.अ.को फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने