निर्णय नं. २१०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२५ १९९७ निर्णय नं. २१०५ ने.का.प. २०४१ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. ४८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय सडक विभाग नेपालगन्ज कोहलपुर–सुर्खेत राजमार्ग योजना कार्यालय, चिसापानी बर्दियाका तर्फबाट चिफ इन्जिनियर शिवबहादुर प्रधानाङ विरुद्ध विपक्षी : वैश्य कन्स्ट्रक्सन वर्कविस्करियन टोल नेपालगंजका तर्फबाट सो फर्मका प्रो. जि. बाँके नेपालगंज न.पं. वा.नं. ४ विस्कोरियन टोल वस्ने रामगोपाल वैश्य आदेश भएको मिति : २०४१।९।२५।३ मा § दुई पक्ष बीचको ठेक्का सम्बन्धी विषयको कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्ने अवस्था समेत नहुँदा उत्प्रेषणको आदेश जारी गरेको डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. नेपालगञ्ज कोहलपुर सुर्खेत राजमार्ग योजना अन्तर्गत कि.मि.४३+००८ देखि कि.मि.४४+५४३ सम्मको माटो ढुङ्गाको काम ठेक्का निवेदकले पाई निवेदक र योजना कार्यालयको बीच मिति २०३१।८।२५ मा ठेक्का पट्टाको सम्झौता भएको थियो । योजना कार्यालयको मिति २०३२।७।१४ को परिपत्रद्वारा माटोको काम गर्ने ठेक्का बन्दोबस्त भएको मध्ये यो आर्थिक वर्ष ०३२।३३ को बजेटको अनुपातमा निर्माण कार्य चालू राख्नु पर्ने भएकोले कि.मि.२७+००० देखि कि.मि. ८०+८३४ सम्म निर्माण कार्य तुरुन्त बन्द गर्नु भन्ने सूचना गरी कार्य रोकियो । जसबाट भई रहेको कार्य व्यवस्था बिगारी कामदार औजार समेत साइटबाट हटाउनु परेकोले निवेदकको ठूलो नोक्सानी पर्न गयो । त्यसपछि फेरि योजना मिति २०३३।१।१५ को परिपत्रद्वारा पुनः चालू गर्नु भन्ने सूचना दिइयो र योजनाले आवश्यक विस्फोटक पदार्थ समयमा जुटाई दिन नसकेको र माटो ढुङ्गाको प्रतिशत वर्गीकरणमा ०३३।६।११ को परिपत्र अनुसार ०३३ साल फाल्गुणदेखि मात्र विभागको वर्गिकरण बमोजिम भुक्तानी दिने व्यवस्था गरिएको समेतका विभिन्न अवरोधका कारणहरूको विचार गरी समय समयमा ठेक्का म्याद थप दिँदै आएको र योजना कार्यालयको मिति २०३५।२।११ को पत्रद्वारा २०३५ साल आषाढ मसान्तसम्म म्याद थप गर्ने गरी सूचना दिइयो । उक्त म्याद थप भएको अवधी भित्र तपाईबाट सम्पन्न भएको कामको अद्यावधि नापी कार्य २०३५ साल आषाढ १५ गते भित्र गराउनु होला भन्ने सूचना मिति २०३५।३।२ को पत्रद्वारा अर्को सूचना हुन नसकेको बाँकी कामको लागि नगन्य समय दिइयो । एकातिर विभिन्न अवरोधका कारणबाट सम्पन्न २०३५ साल आषाढ मसान्त सम्मको म्याद थप दिई लेखेको पत्र सूचना बुझाइन्छ भने अर्कोतिर म्याद थप भएको अवधि बाँकी हुँदै मिति २०३५ साल आषाढ १५ गतेभित्र अद्यावधि नापी गराउनु भन्ने अर्को सूचना दिइन्छ । पछि योजना कार्यालयले यस योजना अन्तर्गत कि