निर्णय नं. २७७५ - उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७५ - उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/३१ १९३१ निर्णय नं. २७७५ ने.का.प. २०४३ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १५०० आदेश भएको मिति : २०४३।५।३१।३ मा निवेदक : का.जि.खिचापोखरी स्थित महेश ओभरसीज ईण्टरप्राइजेजका प्रो. महेशकुमार अग्रवाल विरुद्ध विपक्ष : वीरगञ्ज नगर पञ्चायत कार्यालय, वीरगञ्जसमेत विषय : उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) रिट निवेदकले धरौटी रकम म्यादभित्र फिर्ता लिन आएको छैन भन्ने कुनै किसिमको जिकिर विपक्षी ठेकेदारले लिन नसकी यस अदालतबाट जारी भएको म्यादमा लिखितजवाफ पेश नगरी म्यादै गुजारी बसेको देखिन्छ । यस स्थितिमा रिट निवेदकले सो धरौटी रकम फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणि राज सिंह मल्ल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. म रिट निवेदकले निम्न अनुसार सरसामान आयात गरी विरगञ्जमा जबरजस्त धरौटीको रुपमा व्यापार कर र काठमाडौं थानकोट डिपोमा का.न.पं.को व्यापार कर बुझाउन परेको थियो । वीरगञ्जमा विपक्षले काठमाडौं थानकोटमा लिएको आयात मिति लिएको मिति र धरौटी मिति र व्यापार कर अ) ०४२।३।१६ ०४२।३।१६ मा ०४२।३।१८ मा रु.८०९।– रु.१११६।७० आ) ” ०४२।३।१६ मा ०४२।३।१८ मा रु.५३०।– रु.६९७।२५ इ) ०४२।३।७ ०४२।३।७ मा ०४२।३।९ मा रु.६७३।– रु.८३०।१५ ई) ०४२।२।३० ०४२।२।३० मा ०४२।२।३२ मा रु.७४३।– रु.९००।– ३. उल्लिखित रकम प्रत्यर्थी ठेकदारतर्फबाट वीरगञ्जमा धरौटको रुपमा राख्नु पर्ने कुरा गर्न थाल्दा यसरी जबरजस्ती गरी रकम लिन पाइँदैन मालसामान खपत हुने स्थान काठमाडौं नगर पञ्चायतको प्रवेशद्वार कर डिपो थानकोटमा नै तिर्ने काम गरौंला भन्दा विपक्षी ठेकदारले रकम असूल नगरी बाटो छाड्दिन भन्दै रसीद काटी हेर्नै नदिई जबरजस्ती रसीदमा लेखिए अनुसारको रकम लिएँ । धरौटी रसीदको अन्तमा १५ दिनभित्र फिर्ता पाइने व्यवस्था देख्दा तत्काल अन्याय खपी बसी काठमाडौं थानकोटमा आइपुग्दा त्यहाँ का.न.पं.को तर्फबाट व्यापार कर असूल गरियो । थानकोटमा रकम बुझाएको पर्सिपल्ट तीन पटक धरौटी फिर्ता लिन प्रत्यर्थी ठेकदार समक्ष उपस्थित हुँदा धरौटी फिता दिँदैनौं भनी जवाफ दिनु भयो प्रत्यर्थी विरगञ्ज न.पं.समक्ष पहुँच राख्दा धरौटी रकम फिर्ता पाउनु हुन्छ भनी आश्वासन पाए पनि फिर्ता नपाएकोले शरण पर्न आएको छु । ४. विरगञ्ज नगर पञ्चायतले जबरजस्ती धरौटी व्यापार कर लिन पाउँने कुनै कानुनमा व्यवस्था छैन मसित बुझी लिएको धरौटी रकमको माल काठमाडौं भित्रीई थानकोट स्थित का.न.पं.को कर डिपोमा व्यापार करको रकम बुझाएको विवाद छैन । वीरगञ्जमा उठाएको गैरकानुनी धरौटी रकम मलाई फिर्ता दिनु दिलाउनु पर्ने प्रष्ट छ । प्रत्यर्थीहरूको मिलेमतो पूर्ण अवैध एवं दोषपूर्ण काम कारवाइले नेपालको संविधानको धारा १०(१) धारा ११(२)(ङ) तथा धारा १५ ले प्रदान गरेको हक हितमा अवरुद्ध भएकोले उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थीले असूल उपर गरी लिएको धरौटी व्यापार कर फिर्ता पाउने गरी अब उप्रान्त व