निर्णय नं. २७७६ - उत्प्रेषणको परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७७६ - उत्प्रेषणको परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/३१ १९६४ निर्णय नं. २७७६ ने.का.प. २०४३ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं. २१९० आदेश भएको मिति : २०४३।५।३१।३ मा निवेदक : का.जि.खिचापोखरी स्थित महेश ओभरसीज ईण्टरप्राइजेजको प्रो.सुनसरी जिल्ला धरान न.पं.वार्ड नं. ५ बस्ने महेशकुमार अग्रवाल विरुद्ध विपक्षी : नारायणी अञ्चल खेलकुद विकास समिति, विरगञ्जसमेत विषय : उत्प्रेषणको परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) म्यादभित्र रिट निवेदकले धरौटी फिर्ता माग्न आएको छैन भनी प्रत्यर्थीले भन्न नसकी लिखितजवाफ पेश नगरी म्याद गुजारी बसेको देखिन्छ । यस स्थितिमा रिट निवेदकले सो धरौटी रकम फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. रिट निवेदकले ०४१।६।५ गते आयात गरेको वीरगञ्ज भन्सार कार्यालयको प्रज्ञापनपत्रमा उल्लिखित टेबुल घडी ढुवानी भई आएको काठमाडौं शहर भित्र बिक्री हुने उक्त मालको बा.अं.खेलकूद विकास समितिले कर डिपो थानकोटमा कर बुझ्नु भन्दा अगावै धरौटी बापत ना.अं.खेलकूद विकास समितिबाट मिति ०४१।६।५ मा रु.३८९।– को धरौटी रसीद बुझी लिनुभएको थियो । उक्त धरौटी रहेको ०४१।६।५ गतेबाट ३ दिनभित्र बिक्री हुने सम्बन्धित ठाउँमा पुर्‍याई ७ दिन भित्रमा सो को प्रमाण पेश गरी धरौटी रकम फिर्ता लिने प्रचलन रही आएको छ । ०४१।६।१० मा थानकोट कर डिपोमा बा.अं.खेलकूद विकास समितिको तर्फबाट रकम बुझी रसीद प्राप्त गरी प्रचलनमा रहेको म्यादभित्रै उक्त धरौटी रकम फिर्ता लिन खोज्दा इन्कार गर्नु भयो । ३. कानुनले विरगञ्जमा प्रत्यर्थीलाई कुनै प्रकारको धरौटी रकम बुझाउनु पर्ने होइन । प्रचलनमा रहेका कुरा मानी धरौटी बुझाउँदै आई अन्य व्यापारी सरह सदा झैं काठमाडौं थानकोटमा रहेको कर डिपोमा बा.अं.खेलकूद विकास समितिलाई कर बुझाई सो को रसीद देखाई विरगञ्जमा प्रत्यर्थीलाई बुझाएको धरौटी फिर्ता लिई आइरहेकोमा एक्कासी आएर धरौटी रकम फिर्ता नदिने अधिकार कुनै पनि नेपाल कानुनले प्रत्यर्थीलाई दिएको छैन । प्रत्यर्थीहरूको मिलोमतोपूर्ण अवैध एवं दोषपूर्ण काम कारवाही समेतले नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) तथा धारा १५ द्वारा प्रदत्त हकको प्रचलन अवरुद्ध भएकोले उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी असूल उपर गरी लिएको कर फिर्ता पाउने गरी पाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।२।२ को आदेश । ५. ना.अं.खेलकूद विकास समिति राष्ट्रिय खेलकूद परिषद्द्वारा सञ्चालित संस्था हो र राष्ट्रिय खेलकूद परिषद् ऐन, २०२१ को दफा ३(३) ले परिषद् वादी वा प्रतिवादी भएको मुद्दा जिल्ला अदालतले हेर्ने प्रावधान छ । यस समितिले खेलकूद चन्दा आ.स. माग्ने उठाउने गरेकोमा चित्त नबुझे राष्ट्रिय खेलकूद परिषद् समेतमा उजूर गर्नु पर्ने नगरी सामान्य कानुनी मार्ग अवलम्बन नगरी पर्न आएको रिट खारेज गरिपाउँ । सम