निर्णय नं. २७७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/०३ १९९० निर्णय नं. २७७७ ने.का.प. २०४३ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १८७९ आदेश भएको मिति : २०४३।७।३।२ मा रिट/निवेदक : का.जि.लाजिम्पाट वडा नं.२ सरस्वती स्थान बस्ने शान्तादेवी श्रेष्ठ विरुद्ध विपक्षी : काठमाडौं नगर पञ्चायत काठमाडौं विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) रिट निवेदिकाका नाउँमा दर्ता भएको जग्गामा भएको पर्खाल भत्काई कुवालाई सार्वजनिक रुपमा कायम राख्ने निर्णय गर्नु अघि जग्गा दर्तावाला रिट निवेदिकालाई बुझी आफ्नो कुरा भन्ने मौका दिई निजको कथनलाई समेत विचाराधीनमा राखी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. म रिट निवेदिकाले जगतलाल उदाससंग पूर्व चौतरियाको घर कम्पाउण्ड, पश्चिम टुकुचा खोला, उत्तर लाजिम्पाट जाने बाटो, दक्षिण बद्रीप्रसादको जग्गा यति चारकिल्ला भित्रको का.न.पं.वडा नं.२४(ख) कि.नं.२ बाट नापी भएको क्षेत्रफल एघार आना मिति ०३२।५।३ मा राजीनामा गरी लिई उक्त जग्गामा पक्की घर समेत बनाई आएको र नापीबाट भएको नक्शामा पनि इनार, कुवा समेत रहे भएको देखिँदैन । विपक्षी नगर पञ्चायतबाट मेरो लोग्ने शम्भुदास श्रेष्ठको नाउँमा च.नं. २८४ मिति ०४२।८।२ लेखेको पत्र सोही मितिमा नै बुझाएको र सो पत्रमा “तपाइले सार्वजनिक कुवा व्यक्तिगत बनाए भन्ने मुद्दा पेश हुँदा यसमा पञ्चायत अन्तर्गत उपभोग रहेको सार्वजनिक कुवालाई भित्र पारी पर्खाल लगाएकोले अब उप्रान्त सो सार्वजनिक कुवा सार्वजनिक उपभोग भई कायम गर्ने सो कुवा पर्खाल बाहिर नै राख्‍न पर्ने भएकोले प्र.वादी शम्भुदास श्रेष्ठले कुवा भित्र पारी बनाएको पर्खाल भत्काई कुवा बाहिर सार्वजनिक रुपमा कायम राख्ने निर्णय भएको हुँदा सो निर्णय अनुसार ३५ दिनभित्र गर्नु होला अन्यथा ३५ दिनभित्र नगरेमा यस काठमाडौं नगर पञ्चायतबाट पर्खाल भत्काई दिने व्यहोराको यसै पत्रद्वारा सूचित गरिन्छ पछि तपाइको उजूर लाग्ने छैन” भन्ने उल्लेख भएको छ । ३. सो निर्णय भनिएको कहिले र कुन पदाधिकारीबाट कुन अधिकारक्षेत्र अन्तर्गत गरिएको हो सो पत्रमा उल्लेख नभएको र निर्णयको नक्कल माग्दा पनि दिइएन । मेरो हकभोगको घरको पर्खाल भत्काउने घर कम्पाउण्डको जग्गा भित्रको मेरो निजी कुवालाई सार्वजनिक कायम गर्ने भनी नगर पञ्चायतबाट निर्णय गर्नुभन्दा अघि मलाई बुझ्नु पर्नेमा नबुझी आफ्नो कुरा भन्न पाउने हकबाट वञ्चित गरिएको छ । मेरो नाउँमा भएको घर जग्गाका सम्बन्धमा लोग्नेलाई कागज गरे गराएको भरबाट मेरो हक हितमा आघात पर्ने कुरा आउँदैन । पुनरावेदनको म्याद समेत नपाउने गरी गराएको उक्त ठाडो आदेश त्रुटिपूर्ण हुनाले बदरभागी छ । विपक्षी नगर पञ्चायतको उपरोक्त पत्र र त्यसको सन्दर्भमा भएको निर्णय समेत अधिकार भित्रको अभाव भएकोले अ.बं.३५ नं.ले बदरभागी छ । तसर्थ उपरोक्त निर्णय र सो को आधारमा लेखी उक्त पत्रबाट निवेदिकालाई नेपालको संविधानको धारा १०, ११(२)(ङ) र धारा १५ समेतद्वारा प्रदत्त सम्बन्धी हकमा आघात पुर्‍याएकोले विपक्षीबाट लेखेको मेरा एकाघर संगका लोग्ने शम्भुद