निर्णय नं. २१०६ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१०६ - लिखत बदर भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०८/२९ २२०८ निर्णय नं. २१०६ ने.का.प. २०४१ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.फु.नं. ४० मुद्दा : लिखत बदर निवेदक/प्रतिवादी : जि.काठमाडौं फोहरा दरवार बस्ने पुरुषोत्तम शमशेर ज.ब.रा. विरुद्ध विपक्षी/वादी : जि.धनुषा रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने फुलनाना राणा ऐ ऐ बस्ने चलाक बहादुर राणा मरी मु.स. गर्ने मधुसदन राणा सितावदन मरी हक खाने तथा आफ्ना हकमा समेत जि. धनुषा जनकपुर धाम नगर पञ्चायत वा.नं. १ घर भै हाल का.जि. भिमसेनस्थान डेरा गरी बस्ने कुञ्ज बहादुर राणा फैसला भएको मिति : २०४१।८।२९।६ मा § अंश मुद्दा दायर भइसकेपछि निर्णय नभएसम्म विवादित सम्पत्तिको कुनै चिज कसको भागमा पर्ने हो सो कुरा अनिश्चित हुँदा अन्तिम निर्णय हुनुभन्दा अगावै आपस्तमा भागबण्डा गरेकोलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्वान अधिवक्ता श्री केदारचरण राय उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा ०३८।१२।१३ मा डिभिनजबेञ्चबाट छिनिएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने मौसूफ सरकारका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ज.प्रताप शमशेर ज.ब.रा.को माधव शमशेर छोरा र फुलनाना पत्नी र परलोक हुने चलाकबहादुर र म कुञ्जबहादुर छोरा म मधुसुदन चलाकबहादुरको छोरा हो । माधव शमशेर समेतले हामीलाई प्रतापशमशेरको पत्नी पुत्र नै होइनन् भन्ने प्रतिवाद गर्नु भएको, हकदार कायम गरिपाउँ भन्ने मुद्दामा हामी श्री ज.प्रतापको पत्नी पुत्र समेत ठहरी श्री सर्वोच्च अदालत फुल बेञ्चबाट समेत फैसला भइसकेको छ । अंश दिलाई पाउँ भनी दिएको मुद्दा बागमती अञ्चल अदालतमा दायरै छ । हामी समेतको अंश लाग्ने लालदरवार मौजा क्याम्प भित्रको फोहरा दरवार सहितको घर जग्गाहरूमा हाम्रो हक अंश मेट्ने उद्देश्यले आपसमा अंश बण्डा छुट्याई लिनु दिनु गरी २०२०।१२।२८ गते बण्डापत्र रजिष्ट्रेशन गरेको कुरा ०२१।११।१।६ मा मात्र थाहा पाएकोले हाम्रो अंश नछुट्याई माधवशमशेरको अंशतर्फ यो यति भन्न छुट्टिन नसक्ने स्थितिमा बण्डा छुट्याई लिन नपाउने हुँदा उक्त बण्डापत्र लिनु दिनु गरेको ०२०।१२।२८ को बण्डापत्र बदर गरिपाउँ भन्ने समेत फिराद । ३. विपक्षीहरू प्रतापशमशेरका स्वास्नी छोरा नाति समेत नभएका, अंशियारै नभएका यस सम्बन्धका व्यक्तिहरूले प्रतापशमशेरको स्वर्गे भएको २२ वर्ष पछिको दावा लिई नालेश दिएकोमा अंश नपाउने ठहराई रा.का.दे.दो.बाट फैसला भइसकेकोमा सो उपर विपक्षीहरूको अपील परी वा.अं.अ.मा दायरै छ बुबाज्यू प्रतापशमशेरको श्रीसम्पत्ति ९६।११।१ मा बण्डा हुँदा नाउँ लेखाउन सक्नुपर्ने अथवा मौकैमा कानुनका म्यादभित्रै उजूर गरी सो बदर गराउन सक्नु पर्ने सो समेत गर्न नसकेको बण्डापत्र बमोजिम म माधवशमशेरको अंशभागमा परेको अचल समेत गैर श्रीसम्पत्ति हुँदा सो अवस्था देखिनै आफूले भोगी खाई आएको चल अचल छुट्य