निर्णय नं. २७७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/०४ १९५३ निर्णय नं. २७७८ ने.का.प. २०४३ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०४३ सालको रिट नं. २४१५ आदेश भएको मिति : २०४३।७।४।३ मा निवेदिका : जि.सर्लाही गा.पं.सक्रौल वडा नं.९ बस्ने कनिजा शेखिन विरुद्ध विपक्षी : सर्लाही जिल्ला गा.पं.धर्मपुर भाडसर वडा नं.५ बस्ने मनीर मिया मुकेरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) प्रचलित ऐन बमोजिम मोही हक छोडपत्र गरेकोले मोही नामसारी गर्न नमिल्ने भनी प्रत्यर्थीले गरेको निर्णयलाई त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदिका/तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रत्यर्थी/तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की र विद्वान अधिवक्ता श्री जयकान्तलाल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सर्लाहीको ०४२।२।१० को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. विपक्षी मनीर मिया मुकेरीका नाममा दर्ता रहेको सक्रौल गा.पं.वडा नं.८ कि.नं.६३ को ०–५–९, कि.नं.१४२ को ०–१–७, कि.नं.२०४ को ०–१–०, कि.नं.२५० को ०–१३–०, र कि.नं.३३९ को ०–६–१५ समेत जम्मा ज.बि. १–७–११ मेरो पति शेख विलट मोही भई कमाई राख्नु भएको निज मृत्यु पश्चात म निवेदिकाले मोही नामसारी गराई पाउनका लागि निवेदन दिएका थिए । निवेदिकाले लोग्ने शेख विलट जीवित छँदै ०२५ सालमा नै उक्त पञ्चायत मार्फत छोडपत्र गरी मलाई बोधार्थ समेत दिएको र कूत बुझाएको भर्पाई पेश नगरेकोले वादी दावी निरर्थक हो खारेज गरी पाउँ भन्ने प्रतिउत्तर परेको थियो र पञ्चायत मार्फत छोडपत्र गरी सकेको र पछि फेरी उक्त पञ्चायतले सिफारिश नगरेको मान्यता दिन नमिल्ने र कूत बुझाएको सबूद पेश नगरेकोले मोही नामसारी हुने ठहर्दैन भनी भूमिसुधार कार्यालय सर्लाहीबाट निर्णय मिति ०४२।२।१० मा भएको छ । ३. गर्दै नगरेको जालसाजी छोडपत्र खडा गरेको प्रष्ट छ । छोडपत्र गरेको भए जानकारी भू.सु.का.लाई दिनु पर्ने सो नदिई गरेको छोडपत्र प्रमाण योग्य नभई विलकूल झुठ्ठा भन्ने प्रष्ट देखिन्छ । जग्गा मोहीको श्रीमतीको हैसियतले जोती भर्पाई नदिए पनि कूत बुझाउँदै आएको थिएँ । मैले ०४१।१०।१७ मा मोही नामसारीको लागि निवेदन दिएपछि छोडपत्रको कुरा उठाई कूत नबुझेकोले भू.सु.का.मा ०४१।११।३० मा धरौट राखी दिएको छु । छोडपत्रको दावी झुठ्ठा हो । छोडपत्र गरेको हो भन्ने कुरा मैले पेश गरेको ०२२।३।१३ मा पास भइराखेको राजीनामाको कागजमा लागेको लोग्नेको छाप वा अरु कुनैमा लागेको छाप भिडेमा मात्र अ.बं.७८नं. अनुसार सद्दे किर्ते छुट्याउनेतर्फ विचार नगरी निर्णय गर्न नहुने यसतर्फ प्रतिवादीले दिएको प्रमाणहरू यकिन नगरी निर्णय गर्न नहुने । जग्गा कमाई राखेको कुरा गा.पं.को सिफारिश, सरजमीन र धरौटबाट पुष्टी भएको छ । उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन । ४. विपक्षीसंग लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।४।२० को आदेश । ५. रिट निवेदकको लोग्ने शेख विलट मिया मोही हुनुहुन्थ्यो । ०२५ सालको बालीदेखि जग्गा थाम्न नसक्ने भई ज.ध. लाई जिम्मा लगाई पाउँ भनी गा.पं.सक्रौललाई ०२५।२।१३ मा लेखी सो को बोधार्थ मेरो