निर्णय नं. २१०७ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१०७ - ज्यान भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०५/३१ १९०४ निर्णय नं. २१०७ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको फौ.पु.नं. ३६१ मुद्दा : ज्यान पुनरावेदक/वादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मी समेत फैसला भएको मिति : २०४१।५।३१।१ मा § प्रतिवादीले गराएको घाउ जाँच फारममा घाउ चोटको उल्लेख भई धार नभएको चीज सम्भवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति नरहने । (प्रकरण नं. १८) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरब प्रसाद लम्साल विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. २०३८ साल बैशाख १८ गते मेरो भतिजा खाना खाई खरिहान कुर्न गएको भोलिपल्ट मेरो दाजु खरिहानमा गई भतिजा आज्ञारामलाई बोलाउँदा नबोलेकोले गई हेर्दा आज्ञारामको टाउकोबाट खुन निस्केकोले राम्ररी हेर्दा मरी सकेको रहेछ उक्त कुरा प्रधानपञ्चलाई भनेकोले प्रधानपञ्चले प्रहरी चौकीमा मौखिक जाहेरी दिएका हुन्, मर्ने आज्ञारामको गाउँकै खेदु नाउँको स्वास्नी मानिससँग अवैध सम्बन्ध भएकोले जोद्धी कुर्मीसँग झगडा भएको थियो र आशाराम राढसँग पनि झै–झगडा भएको थियो सोही रिसइवीले जोद्धीको सम्धी विरक्षा कुर्मी, जोद्धी कुर्मी, आशाराम राढ समेत सबैजना मिली भतिजा आशाराम कुर्मीलाई मारेकोले निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्ने रामशंकर कुर्मीको जाहेरी दर्खास्त । ३. देउपुर गाउँको उक्त आँपको बगियामा खरिहान कुर्न राखेको खाटमा पूर्व गोडा पश्चिम सिरानी भएको मृतकले नीलो रंगको कमीज र सेतो धोती लगाएको लाशको गोडा दुवै कुनै सारो चिजले थिचेको गोडामा चोट लागी खुन निस्केको छाती मुनि दाहिने तर्फ केही चीजले किची नीलडाम भएको टाउकोको दाहिनेपट्टि कन्चटमा तिखो हतियारले रोपेको ठाउँबाट खुन निस्केको मुखमा दाहिने पट्टिबाट खून निस्केको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. मर्ने आज्ञाराम कुर्मीलाई चिन्दछु निजको मेरो कुनै रिसइवी छैन ०३८ साल बैशाख १८ गतेको रात खरिहान कुर्न गएकोले खरिहानमा नै छु राति विरक्षा र जोद्धी कुर्मीले लाठी फर्सा लिई आज्ञारामको छाती घाँटीमा दवाए अरुको को कसले के गरे थाहा छैन भन्ने समेत प्र.आशाराम राढले प्रहरीमा गरेको बयान कागज । ५. ०३८।१।१८ गतेको राति विरक्षा मुन्सी वल्गर मायाँराम समेत आई मलाई जगाई आज्ञारामलाई मार्न जाउँ भनी मलाई समेत लिई आज्ञारामको खरिहानमा निजलाई साथै लग्यो मैले लाठी लगेको थिएँ मृतक सुती निदाएको अवस्था मेरो हातको लाठी विरक्षाले लिई मृतकको घाँटी, छातीमा च्यापी मैले पनि बलपूर्वक लाठी दबाएँ त्यसैले आवाज निस्कन सकेन बल्गरले टाउकोमा र हातमा समेत हानेर मारी छाडी दिएका हौ भन्ने समेत प्र.जोद्धी भन्ने अयोध्या कुर्मीले प्रहरीमा गरेको बयान कागज । ६. ०३८।१।१८ गते आज्ञाराम कुर्मी खरिहान कुर्न गएको सोही रात निजलाई कर्तव्य गरी मारेको भन्ने कुरा सुनी त्यहाँ गई हेर्दा लाश प्रकृति मुचुल्कामा लेखिए बमोजिम देखेका हौ मर्ने आज्ञाराम र जोद