निर्णय नं. २७७९ - बण्डापत्र पास बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७९ - बण्डापत्र पास बदर भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/१८ २२५१ निर्णय नं. २७७९ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ६९७ फैसला भएको मिति : २०४३।७।१८।३ मा पुनरावेदक/वादी : जिल्ला लुवाफु गा.पं.वार्ड नं.४ यानाम ओखर बोटो बस्ने नवाव सिं मरी मु.स. गर्ने ऐ.ऐ.बस्ने पृथ्वीप्रसाद जवेगु लिम्बू विरुद्ध विपक्ष/प्रतिवादी : ऐ.ऐ.गैरी गाउँ बस्ने भक्तबहादुर लिम्बूसमेत मुद्दा : बण्डापत्र पास बदर (१) आफ्नो दावी पुष्टी गर्न पुनरावेदनको अनुमति प्रदान भएको आदेशमा उल्लेख भए बमोजिम वादी दावीका जग्गाहरू अपर सिंहको हकको भनी देखाएर मात्र पर्याप्त हुँदैन, दावीको जग्गाहरूमा वादीको हक पुगेको पक्का प्रमाणको अनिवार्य आवश्यक हुने । (प्रकरण नं. १९) विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत डिभिजनबेञ्चका आदेशानुसार पुनरोदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. अंश मुद्दामा लेखिएको २६ थला जग्गा दयाकर्नको २ स्वास्नी पट्टीको ५ भाइको सन्तानले आफ्ना पूर्खाको भाग पाउँ भन्ने प्र.गम्भीर हाङ समेतको नाउँमा यही अदालतमा नालिश दिई इन्साफ हुँदा इन्साफ गर्न नपर्ने भई ०२२।७।२५।४ मा फैसला भएको म समेतको पुनरावेदन परी कारवाही हुँदा जग्गा वादी र प्रतिवादीको हो भन्ने इन्साफ नभई ०२३।२।३।२ मा मे.अं.अ.बाट फैसला सो इन्साफ उपर म समेतको सर्वोच्चमा पुनरावेदन परी अं.अ.को इन्साफ मनासिब ठहरी मुद्दा खारेज भएको छ । मेची अञ्चल अदालतको फैसलाको नाता समेतबाट जग्गा मेरो हक पुग्छ भनी मेरो हकको तेम्बेवारी १, चोक्टीवारी १, बभीखोला भन्ने किपट स्वाराबारी १, विजयपुर भन्ने स्वाराबारी १, चुथ्रोबारी १, थेमैजा भन्ने स्वाराबारी १ यांथार्क स्वारा सोमी हाङ खेत १, साप्तुवा भन्ने बारी १, सेवाजिम्वा १, खंू खोलाको टारी खेत १, सेपेनी भन्ने खेत १, परवोटेको सिरवारी १, भोटे गाउँको सक्राती भन्ने डांडा पर्ती बाँझो १, फेनेदोर्माको करमबोटे भन्ने खेत १ समेत १५ थला घुसाई रु.१,०००।– खाई पारित गरिदिने प्र.गंविर हाङ लिने भक्तबहादुरले ०२५।९।९।२ मा पाँचथर मालमा पास गरी लिने दिनु गरेछन् । बण्डापत्र बदर गराई १५ थला जग्गा प्र.हरूको दावी खिचोला मेटाई मेरै सदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. प्र.गम्भीर हाङ समेत ४ जनाको नाउँमा नवाफसी समेतले यसै इ.जि.अ.मा फिराद गरेकोमा हाम्रो कागज भई अघि अंश भएको ठहरी वादी नवाफ सिं हाङ समेत हारी ०२२।७।२५।४ मा फैसला भएको फैसला उपर वादी समेतको पुनरावेदन परेबाट ०२३।२।३ मा इन्साफ शुरुको सदर भई मे.अं.अ.बाट फैसला भएको सर्वोच्चमा वादीको पुनरावेदन परी खारेज भई वादी नवाफ सिंहको हक टुटेको जग्गा हो रु.१,०००।– म गम्भीर हाङले लिएको होइन म भक्तबहादुरले दिएको होइन १५ थला जग्गा लिनको नियतले झुठ्ठा कुरासंग पास गरेको बण्डापत्र बदर गराई पाउँ भन्ने बाहाना गरी फिराद गर्छ तापनि ०२६।९।९।२ को पास बण्डा गरी दिएको सदर गराई वादी दावीको १५ थला जग्गाको दावी मेटाई पाउँ भन्ने समेत व्यहोराको भक्तबहादुर, गम्भीर हाङ समेतको प्रतिउत्तर । ४. १९६५।१०।५ को बण्डापत्र मुचुल्का जालसाज कीर्