निर्णय नं. २७८० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७८० - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/०२ २२०७ निर्णय नं. २७८० ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. २०५४ आदेश भएको मिति : २०४३।७।२।१ मा निवेदक : का.जि.का.न.पं.वडा नं.३१ बागबजार बस्ने चिरस्मरण साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक पद्मभक्त खरेल विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) नियम ६ ले तोके बमोजिमको अंक प्रकाशित गर्न नसके सो पत्रिकाको प्रकाशनलाई निलम्वन गर्न सक्ने अधिकार श्री ५ को सरकारलाई भएको नदेखिने । (प्रकरण नं. १७) (२) कानुन बमोजिम प्रकाशनको हक अधिकार पाइराखेको पत्रिकाको प्रकाशन नियम ६ ले तोके बमोजिमको अंक प्रकाशन गर्न नसकेको कारणले पत्रिकाको प्रकाशनलाई निलम्वन गर्न सक्ने गरी कुनै कानुनले अधिकार नदिएसम्म पत्रिकाले प्रकाशन गर्न पाउने गरी कानुन बमोजिम पाएको हक अधिकारलाई निलम्वन गर्ने गरी श्री ५ को सरकारबाट भएको आदेश अनधिकृत हुँदा श्री ५ को सरकारको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दिपकराज जोशी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षीहरूबाट चिरस्मरण पत्रिकालाई निलम्वित गरिएको छ, भन्ने पत्र तथा कारवाहीहरू सम्पूर्ण उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ : २. यसमा तपाइको सम्पादन तथा प्रकाशनमा रहेको चिरस्मरण पत्रिकाको कुनै पनि अंक आर्थिक वर्ष ०४१।४२ साल भरी नै प्रकाशन भएको प्रमाणित हुन नआएकोले तपाइका पाठकहरूले समेत तपाइको पत्रिका नियमित रुपमा पढ्न र त्यसबाट फाइदा लिन नपाई छापाखाना र प्रकाशन सम्बन्धी नियमावली २०४० संशोधन सहित २०४१ को नियम ६, ७ तथा २९ को विपरीत हुनआएकोले उक्त पत्रिकाको प्रकाशन निलम्वन गर्ने गरी श्री ५ को सरकारको निर्णय भएको हुँदा आदेशानुसार जानकारी गराएको छ भन्ने समेत व्यहोराको सञ्चार मन्त्रालयले चिरस्मरण पत्रिकालाई मिति ०४२।९।७ मा दिएको जानकारी पत्र नक्कल । ३. पु.नं. १ नं.का.प.जि.को प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट द.नं. १।०३९।४० मा चिरस्मरण साप्ताहिक पत्रिका नियमित रुपले प्रकाशन तथा मुन्द्रण गरी विभिन्न रचनात्मक लेख र तत्काल समाजमा घटित घटनाहरूको यथार्थ बस्तुस्थित जन साधारणमा पुर्याउँदै आइरहेको पनि छ र उक्त पत्रिका के कस्तो किसिमले सञ्चालन गर्दै आइरहेको छ, भन्ने कुरा विपक्षी सूचना विभागको सम्बन्धित मूल्याङ्कन फाइल झिकी हेरिएको खण्डमा पनि यथार्थ हुने छ पत्रिका झुठ्ठा एवं भ्रमका समाचार प्रकाशनमा आयो र पत्रकारिताको आचरण बेगरको काम कारवाही गर्यो भन्ने विपक्षीहरूको भनाई पनि छैन । निलम्बन गरिएको जुन कुरामा म निवेदकको मौलिक हकमा ठाडै आघात पर्न गएको छ । छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०३९ को दफा ३८ एवं सो द्वारा अधिकार प्रत्यायोजन गरी बनाएको छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली, २०४० एवं संशोधित नियमावली, २०४१ ले प्रकाशित भइरहेको कुनै पनि पत्रिकालाई सिधै सुनुवाई मौका बिना निलम्बन गर्नु गराउनु भन्ने समेत कहिं कतै उल्लिखित भए गरिएको पाइँदैन । म निवेदकले पत्रिका नियमित रुपले प्रकाशित गरी राखेकै