निर्णय नं. २११० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २११० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/११ १९७६ निर्णय नं. २११० ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. १७५१ विषय : उत्प्रेषण निवेदक : दार्चुला शंकरपुर गा.पं. वडा नं. १ बस्ने भोजराज जोशी विरुद्ध विपक्षी : जिल्ला पञ्चायत दार्चुला जिल्ला सभा दार्चुला जि. पं. दार्चुला सभापति इन्द्र बहादुर बम जि. पं. सचिवालय दार्चुला का.ना.सु. नारायण दत्त जोशी आदेश भएको मिति : २०४१।९।११।३ मा § जिल्ला सभाको बैठकले सफाईको मौका नदिई जि.पञ्चायतको सदस्यताबाट हटाउने गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत गरेको देखिने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री जगतप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४०।८।१८ मा दर्ता हुन आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. म ०३९ सालको निर्वाचित जिल्ला पञ्चायतको सदस्य दार्चुला जिल्ला पञ्चायतको बैठक प्रत्येक महीनाको १५ गते गर्ने निश्चय अनुसार ०४०।३।१५को बैठकमा म उपस्थित छु । कानुन स्नातकको जाँच दिन लखनउ गएको हुँदा श्रावण र भाद्र महीनाको बैठकमा उपस्थित हुन सकिन । ०४०।६।१५ को बैठक भएन । ०४०।७।१५ को बैठकमा मलाई बस्न दिए पनि सही गर्न दिएनन् । ०४०।६।१० र ०४०।६।१३ को जिल्ला सभाको बैठकको मलाई कुनै सूचना थिएन । ०४०।६।१० गते बैठक हुने सुनेको भरबाट ०४०।६।१० गते उपस्थित हुन नसक्ने कारण खोली आ.वा.गरेको । आफ्नु काबु बाहिरको परिस्थितिले गर्दा उपस्थित हुन नसकेको हुँ । सो अवस्था प्राकृतिक न्यायिक दृष्टिकोंणबाट समेत मलाई प्रष्टिकरणको मौका समेत नदिएर मलाई जिल्ला पञ्चायतको सदस्यबाट बञ्चित गर्न नपाइने । जिल्ला पञ्चायत ऐन, ०१९ को दफा १६ को १ (क) ले मनासिव माफिकको कारण सहितको सूचना नदिई बसेमा तोकिएको कार्यविधि अपनाई मात्र सदस्यताबाट हटाइने छ भन्ने छ । तोकिएको कार्यविधि भन्नाले उक्त ऐनको दफा २(च) नियम वा आदेशमा तोकिनु पर्ने गरी व्यवस्था भएको सो व्यवस्थाको बिपरीत जिल्ला सभाले मलाई सदस्यताबाट हटाउन नपाउने र सो गैरकानुनी जिल्ला सभाको निर्णयको आधारबाट मलाई कार्तिक १५ गतेको बैठकमा उपस्थित नगराउने कार्य सभापतिज्यूको कार्य गैरकानुनी छ । म कार्तिक १५ गते उपस्थित हुन गएको व्यक्तिलाई जिल्ला सभाको निर्णय कार्तिक १६ गतेको पत्र अनधिकृत व्यक्ति श्री नारायणदत्त जोशीले मलाई दिनु भयो । कार्तिक १६ गतेमा मेरो उपस्थिति छ, जाँचको कारणबाट दुई पटक उपस्थित हुन नपाए तापनि तेस्रो पटकको सूचनाको अभाव र जानकारी पाउन आ.वा.समेत गरेको प्रमाण समेतबाट पनि तीन पटक अनुपस्थिति पनि भन्न नमिल्ने, उसमा पनि मलाई दिएको जिल्ला सभाको निर्णयको उतारमा मेरो नाउँ उल्लेख समेत भएको छैन । मलाई जिल्ला पञ्चायतको सदस्यताबाट निष्कासन गर्न नपाउने स्वतः देखिएको हुँदा ऐनको दफा ७ ले मेरो सदस्यता कायम रहेको र ऐनको दफा १४ र १५ समेतले मेरो पदावधि कायम रही बैठक समेतमा उपस्थित हुन पाउने मेरो अधिकार कायम हुँदा, मेरो अधिकार कायम गरी माग्न यो निवेदन गरेको छु । प्रत्यर्थीहरूको अवैध तथा अधिकार क्षेत्रात्मक दोषपूर्ण निर्णयले मेरो मौलिक हकको चलनमा अवरुद्ध गरी दिएकोले उत्प