निर्णय नं. २७८२ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७८२ - डाँका भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०२/२८ ४०५८ निर्णय नं. २७८२ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६३६, ३७७ पुनरावेदक/वादी : बकसमान राईको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनकुटा गा.पं.खोकू वार्ड नं. ९ बस्ने मर्दबहादुर राईसमेत पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा नखुमा थुनामा रहेको पानबहादुर राई विरुद्ध विपक्षी/वादी : वकसमानको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) कसैले आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा कानुनको विपरीत हुनजान्छ । अनिकाल वा खडेरी पर्यो भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कुनै पनि कानुनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ३२) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिराम कुमार प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।१६।२ को फैसलामा गम्भीर कानुनी त्रुटि हुँदा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट तथा प्रतिवादी पानबहादुरको तर्फबाट पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश भई आएको प्रस्तुत डाँका मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. ०३६।३।१८ गते पञ्चलाल राई समेत चिनेका २३ जना र नचिनेका ५ जना समेतको हुल भई मेरो घरसारमा आई बास समेत बसी, धान नगद र अरु सामान समेत गरी बिगो रु.३९२६।– को धनमाल डाँका गरी लगेकोले कानुन बमोजिम कारवाही गरी प्रतिवादीबाट बिगो भराई पाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त । ३. चिन्ताबहादुरको घरमा डाँका गर्दा मान्भफीडको ४० जना जति र आखी सल्लाको मात्र नभई खोकूको समेत भई चिन्ताबहादुरको घरसारमा डाँका गरेको र कृष्णबहादुरको घरमा ०३६ साल आषाढ १८ गते विहान ३ मुरी कोदो र रु.६००।– नगद समेत डाँका गरी बाँडी खाएको हो । त्यसपछि १९ गते बकसमानको धान डाँका गरी लगेको भन्ने समेत व्यहोराको छत्रमान राईको प्रहरीमा कागज । ४. ०३६।३।१८ गते कृष्णबहादुरको घरमा कोदो ३ मुरी र नगद रु.६००।– डाँका गरी सकेपछि १९ गते बकसमानको घर धनसारमा धान समेत डाँका गरेको भनी मानबहादुर राईले प्रहरी समक्ष गरेको कागज । ५. ०३६।३।१८ गते मर्दबहादुर राई समेत भई कृष्णबहादुर राईको घरमा गई नगद रु.६००।– र कोदो ३ मुरी डाँका गरी जम्मा २९ जनाले बण्डा गरी खाएको ऐ.१९ गते बकसमानको घरमा सो २९ जना र अरु समेत भई १६ मुरी जति धान डाँका गरेको भनी नारायणदत्त राईले गरेको कागज । ६. कृष्णबहादुर राईको घरमा मर्दबहादुर समेतका २९ जना भई नगद कोदो डाँका गरेका हो त्यसपछि बकसमानको घरमा अं.१६ मुरी धान डाँका गरेको हो भन्ने समेत प्र.सुरुफुङ तामा मोतीलालले गरेको बयान कागज । ७. रु.६००।– नगद र ३ मुरी कोदो डाँका वारदात हुँदा म समेत भई डाँका गरी बण्डाभण्डा गरी खाएका हौं त्यसपछि अं.१६ मुरी जति धान बकसमान राईको घरमा १९ गते डाँका गरेको हो भनी चौलिहाङले गरेको बयान कागज । ८. कुनै डाँका वारदातमा म गएको छैन छत्रबहादुर मेरै घरमा आई गाउँको गरीब जनतालाई भोगमरीले सताएकोले ठूला ठालूहरूको अन्न नगद लुटपिट गर्नु पर्छ भनेकोले डाँका गरेको होइन कुनै तरहले खानु खुवाउनु सम्म मैले भनेको छु भनी हर्कमानले गरेको बयान कागज । ९. मैले कसैको डाँका गरेको छैन भन्ने परशुराम र विष्णुप्रसा