निर्णय नं. २१११ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१११ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/१७ २४३५ निर्णय नं. २१११ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. २१०२ विषय : उत्प्रेषण निवेदक : का.जि.का.न.पं. वार्ड नं. २१ यंगाल टोल बस्ने रघुनाथ अग्रवाल विरुद्ध विपक्षी : श्री सञ्चालक समिति नेपाल बैंक लि.प्रधान का.काठमाडौं श्री महाप्रबन्धक ज्यू ने. बैं. लि. प्रधान कार्यालय काठमाडौं श्री मालपोत कार्यालय डिल्ली बजार काठमाडौं श्री वागमती अञ्चलाधीशके कार्यालय काठमाडौं श्री प्रमुख जिल्ला अधिकारीज्यू जि.का. काठमाडौं श्री जि. ल.पु. पिक्छेटोल बस्ने पंचलाल महर्जन का.जि. जुद्धसडक स्थित ने.बैं.लि. काठमाडौं अफिस आदेश भएको मिति : २०४१।९।१७।२ मा § बैंकले सामा ब्याज असूल गर्न पुग्ने जति लिलाम बिक्री गर्न मालवस्तुको पञ्चकीर्ते मेल कायम वा मुचुल्का खडा गर्नु पर्ने र सो पञ्चकीर्ते मोलबाट बैंकले लिनुपर्ने सामा ब्याज रकम पुग्ने जति मात्र असूल उपर गरी लिनु पर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली र श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०४०।१२।२०।२ मा यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको जिकिर एवं तथ्य यस प्रकार रहेछन् । २. नेपाल बैंक लि.भेडासिंङ शाखा वीरगंज सिटी अफिससँग २०२७ तथा २०२८ सालको विभिन्न मितिमा विविध किसिमको जिन्सीमाल (कपडा) हरू सुरक्षण धितो राखी कर्जाहरू लिएको थिएँ । जसमध्ये केही चुक्ता भइसकेको र केही रकम बाँकी थियो । उक्त कर्जा लिँदा दिँदा राखेको सुरक्षा (धितो) जिन्सीमाल (विभिन्न किसिमका कपडाहरू) तथा उक्त शाखाहरूमा सुरक्षण (धितो) बापत राखेको थप जिन्सीमाल समेत क्रमशः मिति ०३१।१२।७ र मिति ०३१।९।२ मा बैंकका सो शाखाहरू आफैंले बिक्री समेत गरी सकेका छन् । बैंकसँग उक्त कर्जाहरू लिँदा दिँदा घर जग्गा (अचल सम्पत्ति) सुरक्षण (धितो) राखी कुनै कर्जा लिएको होइन छैन । कर्जा लिँदा दिँदाको अवस्थामा भएको लिखतमा सो कर्जा बापत विभिन्न किसिमका कपडाहरू (जिन्सीमाल सामान) मात्र सुरक्षण धितो राखेको कुरा उल्लेख छ । कर्जा लिँदा दिँदा जुन मालसामान धितो राखी कर्जा लिनु दिनु गरिन्छ त्यसलाई मात्रै सुरक्षण भन्ने वाणिज्य बैंक ऐन, ०२० तथा वाणिज्य बैंक ऐन, २०३१ मा कानुनी व्यवस्था भएको छ र त्यस्तो सुरक्षणलाई मात्र बैंक आफैंले बिक्री गर्न पाउने पनि सोही ऐनमा उल्लेख छ सो बाहेक निवेदकको घर जग्गा बैंक आफैंले बिक्री गर्न नपाउने स्पष्ट छँदाछँदै निवेदकको हक भोगको घर जग्गालाई बाँकीमा सुरक्षण लेखी दिएको भन्ने गलत कुरा उल्लेख गरी ०४०।४।२९ गतेदेखि लिलाम बिक्री गर्ने भनी ने.बैं.लि.काठमाडौं अफिसले ०४०।४।१७ को गोरखापत्रमा सूचना प्रकाशित गरी विपक्षीको मिलेमतोबाट अनाधिकृत तथा गैरकानुनी किसिमले लिलाम गरी घर खाली गरी दिनु भन्ने समेत उल्लेख गरी ०४०।६।२६ मा सूचना प्राप्त भई लिलाम सम्बन्धित सम्पूर्ण कागजको नक्कलको लागि निवेदन गर्दा बैंकको सबै काम गोप्य हुँदा नक्कल दिन्न भनी जवाफ दिइयो । ३. निवेदकले कर्जा लिँदा विभिन्न किसिमका कपडाहरू सुरक्षण (धितो) राखी कर्जा लिएको हो यंगाल टोलको घर जग्गा सुरक्षण लेखी दिएको होइन छैन, तत्काल लागू र