निर्णय नं. २११२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २११२ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/११ १९८० निर्णय नं. २११२ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.नं. १०२७ विषय : उत्प्रेषण निवेदक : कुमुद एण्ड कम्पनी विराटनगरको प्रो. जि. मोरङ विराटनगर न.पं. वा.नं. ८ बस्ने किशनलाल दुगड विरुद्ध विपक्षी : भन्सार कार्यालय, विराटनगर श्री राजस्व न्यायाधिकरण, धरान आदेश भएको मिति : २०४१।९।११।३ मा § भन्सार ऐन, २०१९ को संशोधन सहितको दफा ३४ को उपदफा ३ मा भएको व्यवस्था अनुसार फरक रकममा दोब्बर भन्सार महसूल तथा रु.५००। सम्म जरीवाना गर्ने गरेको राजस्व न्यायाधीकरण धरानको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुसिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : विपक्षी भन्सार कार्यालय विराटनगरको ०३७।२।६ को भन्सार निर्धारण आदेश र राजस्व न्यायाधीकरण धरानको ०३९।६।१ को निर्णय बदर गरिपाउँ भनी यस अदालतमा ०३९।७।१८।५ मा दर्ता हुन आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. म निवेदकले यु.एस.एस.आर.बाट ७४.९७६ मे.टन साबुन ४२०।०० यू.एस.डलर प्र.मे.टनले आयात गरेको र त्यसको इन्भ्वाइस मूल्य जम्मा यू.एस.डलर २३,९९३।१० सेण्ट र फ्रन्ट यू.एस.डलर ७,३९६।८२ सेण्ट बैंकद्वारा एल.सी.खोली भुक्तानी गरेको प्रमाणहरू र इन्भ्वाइस समेत प्रज्ञापनपत्र साथ राखी पेश गरेकोमा विपक्षी भन्सार कार्यालयले सो साबुनको मूल्य गैरकानुनी तवरले प्रति मे.टन सि.आई.एफ.कलकत्ता यू.एस.डलर ४८३। लाग्ने भन्दै ७४.९७६ मे.टन साबुनको मूल्य रु. ५,५९,३८८।६३ कुनै हिसाबै नदेखाई मानी फरक मोल रु.७६,०४८ ।२० भनी त्यसमा दोब्बर भन्सार र जरीवाना रु.४९९। समेतलाई मिति ०३७।२।६ मा असूल गर्नु भएको गैरकानुनी हुनुको साथै सो बढी मूल्य कायम भएको रु.५,५९,३८८।६३ को दोब्बर गरी पुनः मूल्य कायम गरी बिक्रीकर असूल गर्नु भएको कुराको कुनै कानुनी आधार देखाउनु नभएको र डलरलाई रुपैँयासँग हिसाब गर्दा निर्णय गर्ने मितिमा भएको १४।१० प्रति डलरको बैंक दर नलगाई अघिका दर रु.१६।१० ले विनिमय कानुन तथा कानुन व्याख्या ऐन समेतको बिपरीत भएको हुँदा श्री राजस्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा अ.बं. १८५ नं. समेतको बिपरीत गरी मिति ०३९।६।१ मा राजस्व न्यायाधीकरण धरानले गरेको निर्णयमा प्रत्यक्षतः कानुनी त्रुटि भएको छ । श्री ५ को सरकारले आफ्नो मूल्य निर्धारण सम्बन्धी सम्पूर्ण अधिकार भन्सार विभागका महानिर्देशकलाई मिति ०३२।३।२ गतेको राजपत्र खण्ड २५ संख्या १० बाट सुम्पिसकेको हुँदा श्री ५ को सरकारबाट मूल्य निर्धारण हुनुपर्ने अनाधिकार हुने प्रष्ट छ । पार्टीले पेश गरेको मालको इन्भ्वाइसमा चित्त नबुझेमा घटी मूल्य तिरी वा घटी मूल्यको बिल बनाई ल्याएको छ भन्ने श्री ५ को सरकारलाई लागेमा श्री ५ को सरकारले यस्तो माल वा वस्तुको लागेको मोल ढुवानी खर्च बीमा सम्पूर्ण खर्च कायम हुन आएको मूल्यमा सो माल वा वस्तु आफैंले खरीद गर्न वा श्री ५ को सरकार स्वामित्व भएको संगठित संस्थानबाट खरीद गराउन सक्ने पनि अधिकार भन्सार ऐन, ०१९ को दफा १३(क) मा व्यवस्था भएको छ । माल धनीले मालको विवरण परिमाण र मालको मोल खुलाई तत्सम्बन्धी प्रमाण खातिर बिल बिजक प्रज्ञापन पत्रको साथै पेश गर्नु पर्ने प्रज्ञा