निर्णय नं. २७८३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७८३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/१० २०९२ निर्णय नं. २७८३ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको रि.नं. १४२८ आदेश भएको मिति : २०४३।५।१०।३ मा निवेदक : अञ्चल बागमती जिल्ला भक्तपुर भ.पु.न.पं वार्ड नं. १४ नासमना टोल बस्ने पशुपति भक्त पुलाछें विरुद्ध विपक्षी : ऐ.ऐ.भक्तपुर न.पं.का प्रधानपञ्च ज्ञानबहादुर न्याईच्याईसमेत विषय : उत्प्रेषण (१) विवादको जग्गा प्रत्यर्थीको नाममा नापी भई निजको हक देखिएको जग्गामा निवेदकले निजको हकको भन्ने कुरा देखाउन नसकेको र हक बेहकको प्रश्न समावेश नभएको भन्ने समेत आधारमा नक्शा पास गरी दिने ठहर्‍याई अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ११) विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान वरिष्ठ अधिवत्ता श्री सर्वज्ञरत्‍न तुलाधर आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त विवरण तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ : २. भक्तपुर नगर पञ्चायत वडा नं.१० थालाछें टोलको पूर्व राधाकृष्ण पुलाछेंको घर र म पशुपतिभक्तको घर पश्चिम बाटो र म पशुपतिभक्तको पाताल उत्तर बाटो, म पशुपतिभक्तको घर र पाताल यति ४ किल्ला भित्रको हाल भक्तपुर नगर पञ्चायत वडा नं.१० को कि.नं.३६५ को घर जगसम्म भत्काई दक्षिणतर्फ पातालमा बढाई नक्शा बमोजिम घर बनाउन विपक्ष न.पं.मा नक्शा दर्खास्त दिएको रहेछ । विपक्षी निर्मला धौमडेलले दक्षिण पूर्व पश्चिम ६ फिट उत्तर दक्षिण ६ फिट पातालमा बढाई घर बनाउन भनिएको पाताल मेरो हक भएको मिति २०१०।११।२५ को पारित बण्डापत्रबाट देखिएको भक्तपुर नगर पञ्चायत वडा नं.१० कि.नं.३६६ को पाताल कायम भएको मेरो हकको पाताल मेरो कायम गरी नदिएसम्म नक्शा पास नहोस् भन्ने मेरो विपक्ष न.पं.कहाँ उजूर परेको थियो । ३. वादीले पेश गरेको नक्शाको घर र पाताल नापीबाट नाप नक्शा हुँदा कि.नं.३६५ कायम भई स्ववासी दर्ता भई प्राप्त अस्थायी प्रमाणपत्र ट्रेशनक्शा पेश भएकोले सो पाताल प्रतिवादीको भए सो नापीको मौकामा प्र.ले उजूरी गरी हक कायम गर्न सक्नु पर्ने नगरी वादीको स्वीकारी बसेको, पेश भएको मिति २०१०।११।२५ गते पारित बण्डापत्रबाट पनि उजूर गरेको पाताल प्रतिवादीको भागमा परेको नदेखिएको भन्ने समेत आधारमा नक्शा अनुसार घर बनाउन पाउने ठहर गरी न.पं.ले निर्णय पर्चा गरेको छ । ४. यसरी नगर पञ्चायत ऐन, २०१९ को दफा १७ को (ढ) तथा ऐ.को दफा ४९ को (२) ले हक बेहक परेकोमा अदालतमा पठाउन पर्ने कानुनी व्यवस्था भएको घर बनाउने पाताल जग्गामा तेरो मेरो विवाद भएकोमा घर बनाउन पाउने गरी संविधानको धारा ११(२)(ङ) र धारा १५ को सम्पत्ति सम्बन्धी हक समेतमा आघात पुर्‍याई गरेको २०४२।४।३।५ को निर्णय पर्चा उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरी संवैधानिक हक प्रचलन गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको सिंगलबेञ्चको आदेश । ६. भ.पु.न.पं.ले नक्शा पास गर्दा हक बेहकमा निर्णय गरेको छैन म प्रत्यर्थीबाट पेश भएका निर्विवाद लिखतले मेरो हक पुष्टि गरेको र विपक्षीको मौखिक भनाइको आधारमा अदालतमा जानु भनी सुनाउ