निर्णय नं. २७८४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७८४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/२२ १९०७ निर्णय नं. २७८४ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २४७९ आदेश भएको मिति : २०४३।५।२२।१ मा निवेदक : सर्लाही जिल्ला सलेमपुर गा.पं.वडा नं.७ बस्ने माझी रायको छोरा वर्ष ६१ को उपेन्द्रराय यादव विरुद्ध विपक्षी : मालपोत कार्यालय सर्लाहीको प्रमुख मालपोत अधिकृतसमेत विषय : उत्प्रेषण (१) डांक सकार गर्नेलाई बुझी निर्णय गर्नु पर्नेमा नबुझी दाखिल हुनआएको रकम बुझी लिन आउनु भनी टिप्पणी सदर गरी निवेदकलाई नबुझी गरेको निर्णय प्राकृतिक न्याय समेत सिद्धान्त विपरीतको हुँदा उत्प्रेणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षीतर्फबाट : विद्वान मु.न्या.श्री केदारप्रसाद शर्मा र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर र विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य एवं रिट निवेदन जिकिर यसप्रकार रहेछ : २. प्रत्यर्थी मालपोत कार्यालयबाट मालपोत बक्यौतामा जग्गा डांक लिलाम हुँदा म निवेदकले प्रत्यर्थी महन्थ कृपादासको नाउँको सर्लाही जि.कविलासी गाउँ पञ्चायत वडा नं.१(क) कि.नं.१९ को २–९–४, कि.नं.२७ को १–१–८ समेत जम्मा विगहा ३–१०–१२ जग्गा २०३५।३।१५ गते सकार गरेको थिएँ र प्रत्यर्थी मालपोत कार्यालयको मिति २०३७।१।१० को निर्णय अनुसार म निवेदकको नाउँमा दर्ता तिरो चलनको उक्त जग्गा म निवेदकले सर्लाही जिल्ला सलेमपुर गा.पं.वडा नं.५ बस्ने राजनारायणलाई बिक्री गरी मिति ०४२।२।३० का दिन मालपोत कार्यालय सर्लाहीबाट राजीनामा पास गरिदिएको थिएँ । प्रत्यर्थी मालपोत कार्यालयबाट भएको लिलाम अन्तिम रुपमा कायम रहेको छ । ३. यसप्रकार म निवेदकले आफ्नो हकभोगको दर्ता उक्त प्रकरण नं. १मा उल्लिखित जग्गा राजनारायणलाई राजीनामा पास गरी बिक्री गरी दिएको जग्गाको सन्दर्भमा प्रत्यर्थी मालपोत कार्यालय सर्लाहीको मिति ०४२।३।१४ को पत्र म निवेदकलाई प्राप्त गराइएको थियो । जसमा तपाइले २०३४ साल सम्मको मालपोत बाँकीमा लिलाम सकार गर्नुभएको महन्थ कृपादास बैरागीको नाउँको कविलासी गा.पं.वडा नं.१क. कि.नं.१९.२७ को जग्गा लिलाम सकार भएको रकम र त्यसको ३५ प्रतिशतले लाग्ने शुल्क तथा त्यसपछि २०४१ सालसम्मको मालपोत गरी जम्मा रु.६,५१६।५६ महन्थ कृपादासबाट लिई जग्गा निजलाई फिर्ता दर्ता गरी दिने गरी मिति ०४२।३।१२ मा निर्णय भएकोले उक्त निर्णय अनुसार महन्थ कृपादास बैरागीबाट दाखिल हुनआएको उल्लिखित रुपैयाँ बुझी लिन आउनु हुन सूचित गरिन्छ भन्ने कुरा उल्लेख भएको थियो । ४. २०३५ सालमा सकार गरेको लिलाम अन्तिम रुपमा कायम रहेको बाबजुत ७ वर्ष पश्चात यसप्रकारको पत्र प्राप्त हुँदा आश्चर्यमा परी मालपोत कार्यालयबाट मिति ०४२।३।१२ मा भनिएको तथाकथित निर्णयको नक्कल मिति २०४२।३।१६ गते लिँदा प्रत्यर्थी महन्थ कृपादासले २०३४ साल सम्मको मालपोत बक्यौता बदर गरी उपेन्द्र रायले सकार गरेको डांक लिलाम बदर गरी लाग्ने पोत र शुल्क म बाट लिई जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा समेत पाउँ भन्ने यावत व्यहोरा उल्लेख गरी प्रत्यर्थी मालपोत कार्यालय समक्ष निवेदन गर्नुभएको रहेछ र प्रत्यर्थी मालपोत कार्यालयले म निवेदकलाई बुझ्दै नबुझी उपेन्द्र रायले सकार गरी लिएक