निर्णय नं. २११४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २११४ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०८/१९ २३६७ निर्णय नं. २११४ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको स.फौ.पु.नं. ४४६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : आशादेवी मगरनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनकुटा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गोपालबहादुर विष्ट जि.ध. हसनपुर घर भै सर्लाही कारागारमा थुनामा बसेको रेशमी धमार्नी ऐ नक्टा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गफुर मिया फैसला भएको मिति : २०४१।८।१९।३ मा § एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी गरेको मध्यमाञ्लच क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुने। (प्रकरण नं. १९) पुनरावेदक (वादी) तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।११।२५ को निर्णय उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएका प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०३६।३।२४ गते बेलुका मेरा लोग्ने बाहिर जानु भएको म सुती निदाई सकेको थिएँ, रातको अं.११।१२ बजे लोग्ने आई उठाई आँगनदेखि दक्षिण बारीको छेउमा को मानिस सुतेकोछ भनी गई हेर्दा मेरो दिदी मनची रहिछन्, उठाउँदा नउठेकोले हेर्दा मरी सकेकी रहिछन् । गोपालबहादुर विष्ट र निजको घरमा काम गर्ने गफुर मियाले कर्तव्य गरी मारी लास मेरो घर आँगन छेउमा ल्याई राखी दिएको शंका लाग्छ, निजहरूलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत आशादेवीको जाहेरी । ३. मिति ०३६।३।२७ गतेको लासप्रकृति मुचुल्का । ४. गोपालको घरमा मनची मरेको वा अन्य ठाउँमा मरेको हो भन्न सकिंदैन तर गर्भ खसाल्ने औषधी खाए पछि कमजोरबाट निजको मृत्यु भएको हुनुपर्छ भन्ने समेत गफुर मियाँको प्रहरीमा भएको कागज । ५. मैले मनची मगरनीलाई गर्भ तुहिने औषधी दिए बापत मलाई गोपालले आधा मन धान र १५। रु.दिएको हो भन्ने समेत रोशमी चमार्नीको प्रहरीमा भएको कागज । ६. मनची आफ्नै कालगतिले मरेको हुनुपर्छ मैले मारेको होइन भन्ने समेत गोपालबहादुरको प्रहरीमा भएको कागज । ७. मनची मगरनीको मृत्यु कर्तव्यबाट भएको वा कालगतिले भएको हो हामीहरूले नदेखेको हुँदा भन्न सक्दैनौ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ८. गोपालबहादुरको आदेशानुसार रेशमी चमारनीले गर्भ तुहाउने उद्देश्यले मनची देवीको योनीमा औषधी दिएको र सोही जरियाबाट मनचीको मृत्यु भएको सिद्ध हुन आएकोले आदेश दिने गोपालबहादुर विष्टलाई ज्यानसम्बन्धीको १३(४) र औषधी प्रयोग गर्न रेशमी चमारनीलाई ज्यानसम्बन्धीको १३(३) र गर्भ पतन गर्नमा सहयोग गर्ने गफुर मियाँलाई १७ (३) अनुसार सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ९. प्र.गोपालले मनचीलाई प्राइभेट स्वास्नी बनाई राखेको रहेछ गोपालले गफुरलाई मलाई बोलाउन पठाई जाँदा मनचीको गर्भ भएछ दवाई दिई खसाई दिनु पर्यो भनेबाट मैले निजको योनीमा दवाई हाली दिए भोलिपल्ट जामुन सिंहको खेतमा काम गरिरहेको अवस्था गफुरले दवाइले काम गरेन भनी भन्दा म सँग अब दवाई छैन भनेकी थिई । त्यसको १०।१५ दिन पछि मनची मरी भन्ने सुने के कारणले मरिन् भन्न सक्दैन मेरो दवाइको असरले मरेको होइन भन्ने समेत अदालतमा रेशमी चमारनीको बयान । १०. मनचीको गर्भ थियो थ