निर्णय नं. २७८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७८५ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/०२ १८९१ निर्णय नं. २७८५ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १५१० आदेश भएको मिति : २०४३।६।२।५ मा निवेदक : जि.बारा गा.पं.प्रसोना साविक वडा नं.९ हाल ६ बस्ने राजा साह तेली विरुद्ध प्रत्यर्थी : भूमिसुधार कार्यालय बाराका भू.सु.अधिकारीसमेत विषय : उत्प्रेषण (१) जग्गाधनीले देखाएको मोहीको मोहियानी लगत कट्टा गर्नुभन्दा अघि निजलाई म्याद दिई झिकाई प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार निजलाई नुबझी प्रतिवाद गर्ने मौका नदिई गरेको भू.सु.का.को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ : २. कि.नं.९४ को ज.बि. ०–१–१९ र कि.नं.९९ को ज.बि. ०–८–० समेत ज.बि. ०–९–१९ को जग्गा मेरो नाममा दर्ता भई भोग गरी आएको छु । कित्ता नं.९४ को राजा शाह कि.नं.९९ को निजको आमा गुदरी तेली मोही हुनुभएकोमा अब जोत्‍न सक्तिन भनी ०२३ साल बैशाखमा छाडी दिएका छन् । २०२५।१०।१२ मा मोहीले उच्च स्तरीय दौडाहामा निवेदन दिएका थिए भू.सु.का.बाराबाट कारवाई हुँदा राजा शाहले ०२५ सालमा जग्गा जोत्दीन भनी जेठाजु मोहनप्रसादका नाउँमा लिखित पठाएको र भू.सु.का.बारामा राजा शाहलाई ३ दिने म्याद दिई झिकाई बयान गराउँदा २३ साल बैशाख देखि नै जग्गा जोत्‍न असमर्थ छु भनी बयान गरी जग्गा छाडिएको छ । ०३७।२।२३ देखि उक्त जग्गा जेठाजु मोहनप्रसादबाट पारित गराई सोही मितिदेखि मैले नै जोती आएकोले मोही लगत कट्टा गरी पाउँ भन्ने विपक्षीको भू.सु.का.बारामा परेको निवेदन । ३. कि.नं.१९४ को ज.बि. ०–१–९ र कि.नं.१९९ को ज.बि. ०–९–० समेत ज.बि. ०–१०–९ को मोही भई आवाद गरी आएकोमा ०४१ सालको कूतबाली बुझाउन जाँदा बुझी नलिएकोले ०४१।११।३० मा भू.सु.का.बारामा धरौट राखेको छु । विपक्षीले मोही लगत कट्टा गरी पाउँ भनी दिएको निवेदनको सिलसिलामा २०४१।१२।५ मा सरजमीन हुँदा म घरमा नभई बाहिर थिएँ पछि सरजमीन बारे गाउँ घरका मानिसद्वारा थाहा पाएकोले मैले बेग्लै निवेदन दर्ता गरेको थिएँ । विवादीत जग्गा जोती भोगी आइरहेको अवस्थामा मेरो मोहियानी हक समाप्त हुने ठहर निर्णय भएको छ भनी प्रत्यर्थीले भन्दा मिति ०४२।४।७ मा नक्कल सारी हेर्दा वास्तविकतासंग अवगत भएकोले यो निवेदन चढाएको छु । ४. भू.सु.अधिकारीज्यूले एक व्यक्तिले कार्यालयको रोहवरमा एकचोटी सकारी सकेको एक कुरालाई दोहरी इन्कार गर्न मिल्दैन । गा.पं.को सिफारिश तथा सरजमीनबाट जग्गा छोडेको र जग्गाधनी सरितादेवीको जोत प्रमाणित हुनआएको । कि.नं.१९४, १९९ को जग्गा सरितादेवीको नाउँमा नम्बरी दर्ता नदेखिएको हुँदा राजा साहको निवेदनलाई मान्यता दिइरहन परेन । सरिताको नाउँमा दर्ता रहेको कि.नं.९४ को राजा साह कि.नं.९९ निजको आमा गीदरी तेलीनी मोही समेतको जग्गामा निजको भोग अनुसार लगत राखी रहन भएन भनी मोहियानी हक समाप्त हुने गरी मोही लगत संशोधन गर्नुभएको छ । ५. प्रत्यर्थी भूमिसुधार अधिकारीबाट मिति ०४२।२।७ मा भएको निर्णय बदरभागी छ भन्ने निम्न लिखित निवेदन