निर्णय नं. २११५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २११५ - अंश भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०३/२२ २५७३ निर्णय नं. २११५ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको दे.पु.नं. ४९६ मुद्दा : अंश निवेदक/प्रतिवादी : काठमाडौं जिल्ला नगरपञ्चायत वडा नं. १७ ठहीटी बस्ने रामबहादुर राजभण्डारी ऐ ऐ बस्ने चेत बहादुर राजभण्डारी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने केसरबहादुर राजभण्डारी फैसला भएको मिति : २०४१।३।२२।५ मा § हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा विद्वान अधिबक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षे.अ.को मिति ०३७।११।३० गतेमा गरेको फैसला उपर यस सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्ततथ्य निम्न अनुसारकोछ । २. बाबु किर्तिबहादुरका छ छोरा केशरबहादुर, केन्द्रबहादुर, कबिन्द्रबहादुर, नारायणबहादुर, रामबहादुर, चेतबहादुर हुन् । २०००।१०।१५ मा बाबु परलोक भएपछि घरको मुख्य आमा भई साराधन माल चल अचल श्रीसम्पत्ति आमाको रेखदेखमा रहेको र माइला भाइ केन्द्रबहादुर २००२ सालमा भिन्न भई रहेको फार्म पसल समेत सञ्चालन विपक्षी रामबहादुर चैनबहादुरले गरी आएस्ता एकलौटी गरी भाइ मार्ने नियत गरेकोले वादविवाद बढ्न गई आमा समेत सबै भाइ अंशियारको नाममा २०२०।१।३१ मा अंशमा कबिन्द्रबहादुरले उजूर गरेको घरको अर्थात् सम्पत्तिमा विपक्षी रामबहादुर, चैनबहादुरले जत्रतत्र गरेकाले मौकैदेखि जाहेर गर्दै आएको उजूरी सम्बन्धित कार्यालयमा छन् । अंश मुद्दा मिलाउन विपक्षीहरूले आमाको सामु प्रस्ताव ल्याएपछि म समेतका ५ भाइ आगे गराई आमा गिरिजालक्ष्मीले २०२०।१०।२७ गेत अंश छोडपत्रको र सोही मितिमा आमा आगे भई ५ भाइलाई गरी दिनु भएको जग्गा जमीन शेखपछिको बकसपत्र मञ्जूरनामाको लिखत भए पनि २०२०।११।१५ मा घर चलन गर्न मञ्जूरनामा छोडपत्र भई ०२१।३।३२ गते पारित पनि भए । २०२०।१०।२७ को मञ्जूरनामा छोडपत्र तथा २०२०।१०।१७ को शेषपछिको बकसपत्र समेत वा.अं.अ.को फैसलाले पास हुन सकेन । सो लिखितहरूबाट समेत रीतपूर्वकको अंश भएको नभई मानो छुट्टिएको मिति सम्म कायम गरेको सम्पूर्ण श्रीसम्पत्ति जिम्मा राख्ने आमा २०२५।१।२० गते परलोक भएको मानो छुटिएको मिति २०२१।३।३२ गतेको मिति कायम गरी अंशबण्डाको १–२ नं. अंश धनको ५ नं. बमोजिम ५ भागको १ भाग विपक्षीहरूबाट तायदाती लिई अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको केशरबहादुरको फिराद । ३. आमालाई गरी दिएको अंश छोडपत्रको लिखत हामीलाई गरिदिएको शेषपछिको बकसपत्र र हामीले गरी दिएको छोडपत्रको लिखित समेतबाट अंश भइसकेको देखिने भन्ने समेत व्यहोराको नारायणबहादुरको प्रतिउत्तरपत्र । ४. हामी अंशियारको बीचमा हामीले आमा गिरिजालक्ष्मीलाई मिति २०२१।३।३२।४ मा जो दिनु पर्ने अंश घर जग्गा चल धन माल समेत लिई अंश छोडपत्र समेत गरी आमालाई दिएको हामीहरूको पनि सोही दिन अंश छुट्टी बेग्लै बसेको अंश बराबर भइसकेको भन्ने कुरामा वादी सावित छ भन्ने समेत व्यहोराको चैनबहादुरको प्रतिउत्तर पत्र । ५. आमा गिर