निर्णय नं. २११६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २११६ - ज्यान भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०८/१५ १८९७ निर्णय नं. २११६ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको स.अ.डि.फौ.पु.नं. ४१८ सम्वत् २०४० सालको फौ.सा.नं. १३२ मुद्दा : ज्यान पुनरावेदक/प्रतिवादी : जि. बाँके नेपालगन्ज नगरा पञ्चायत वा.नं. १ धुम्बोजी घर भै हाल केन्द्रीय कारागार शाखा बाँके नेपालगञ्जमा थुनामा रहेको रामदीन कोरी विरुद्ध विपक्षी/वादी : तोताराम कुर्मीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।८।१५।६ मा § मृतक र प्रतिवादीको बीचमा लेनदेन विषयमा विवाद भई मुद्दा चलेको भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा समेत स्वीकार गरेको समेत मिसिल संलग्न प्रमाणहरूबाट कर्तव्यबाट मृतकको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन आयो । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री बिनोद रोका विपक्षी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला उपर प्रतिवादी रामदीन कोरीको पुनरावेदन परी र साधक निकासा निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ : २. मिति ०३६।११।३ गतेको राति मेरो ठूलो दाजु रामनाथ कुर्मी सहित आफ्नो घरमा सुती निदाएको अवस्थामा नमालुम कहाँका के कति जना चोर बदमासहरू आई दाजु भाउजू समेतलाई मरणासन्न अवस्थामा पारी कुटपीट गरी धनमाल लुटी लगेको खबर पाई आई दाजु भाउजूलाई अस्पताल लगी औषधी उपचार गराई रहेको अवस्था दाजु रामनाथको ०३६।११।४ गते मृत्यु हुन गएकोले अपराधी पत्ता लगाई सजाय गरिपाउँ भन्ने जाहेरी दर्खास्त । ३. टाउकोमा बाँधेका पट्टी खोली हेर्दा ३ इञ्च लामो २ इञ्च गहिरो घाउ भएको, तालुको दाहिने पट्टी घाउ भएको दाहिने पाखुरामा नीलडाम भई सुनिएको पिठ्यूँमा ठाउँ ठाउँमा हिर्काएको डाम भएको रगत जमेको लिङ्गबाट बिज खसिरहेको भन्ने समेत लासप्रकृति मुचुल्का । ४. टाउकामा लागेको चोटको फलस्वरुप गिदीको भित्र रक्तश्राव भई मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट । ५. रामनाथको मिलमा ७।८ वर्ष नोकरी गरी २।२।। वर्ष अघि तलब बढाउने सम्बन्धमा झगडा भई नोकरी छाडी दिएको हुँ । रामनाथ कुर्मीलाई मारी धनमाल लगेको होइन । मैले लगाएको पैजामामा लागेको रगत जाँचको लागि ०३६।११।५ गते कागज साथ दाखिल गरेको छु । रामनाथको स्वास्नी र असर्फीलालले ज्यान मुद्दामा फसाउन कोशिश गरेका हुन् । वारदात कसले गरेको हो मलाई थाहा छैन भन्ने समेत रामदीन कोरीले प्रहरीमा गरेको बयान कागज । ६. पूर्व पट्टिको झ्यालको सरिया निकाली ०३६।११।३ गते राति रामनाथको घरमा बदमासहरू भित्र पसी रामनाथ र निजको श्रीमती पतिराजा कुर्मीलाई कुटपीट गरी मर्ने सम्मको घाउ चोट पारी धनमाल लिई गए भन्ने सुनी हेर्न जाँदा, रामनाथ मर्ने अवस्थामा हुँदा पतिराजालाई सोधपुछ गर्दा पहिले हाम्रै मिलमा काम गर्ने अरु २।३ जना थिए रामदीनलाई चिने निज रामदीनले नै घटना घटाई धनमाल लिई रामनाथको ज्यान मारेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ७. रामदीन कोरीले आफू र आफ्ना गफमेलका व्यक्तिसँग सम्पर्क गरी रामनाथ कुर्मीको घर कोठामा प्रवेश गरी घातक हतियार प्रहार गरी धनमाल लिएको र सोही चोट पिरबाट रामनाथको मृत्यु भएको प्रमाणित हुन आएकोले निज रामदीन कोरीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. को (३) बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी