निर्णय नं. २७८७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७८७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/०५ २१०१ निर्णय नं. २७८७ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १३५९ आदेश भएको मिति : २०४३।५।५।५ मा निवेदक : का.जि.का.न.पं.वडा नं.१६ क्षेत्रपाटी बस्ने भुवनेश्वरी श्रेष्ठ विरुद्ध विपक्ष : ल.पु.न.पं., ल.पु.पुल्चोक बस्ने श्रीमती तिलक मल्ल ठकुरी विषय : उत्प्रेषण (१) निर्णय बदर गरी दिँदा पनि वास्तविक केही असर नपर्ने हुँदा अब जे हुने निर्णय ती दुबै मुद्दाबाट हुने नै देखिएको र रिट निवेदकको अघि परिरहेको मुद्दामा केही असर नपर्ने देखिएबाट रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. ल.पु.न.पं वडा.नं. ३(क) कि.नं.१३, १८ को मेरो हकभोगको जग्गा पश्चिमपट्टि रहेको कि.नं.१३ को १–१५–० जग्गामा प्रेशित नक्शा अनुसार पर्खाल घर बनाउन पाउँ भनी विपक्षीले ल.पु.न.पं.मा नक्शा दर्खास्त दिएकोमा विपक्षीले मेरो कि.नं.१३ को पश्चिमतर्फको करिब ९ आना जग्गा च्यापी आफ्नो भित्र पारी पर्खाल बनाउन तयारी गर्नुभएको रहेछ । यसरी पर्खाल घर बनाउन पाउनु हुन्न भन्दा तपाइले उजूर गर्नु भएन भनेबाट ल.पु.न.पं.हेर्न जाँदा ०४१।४।१९ मा नक्शा पास गरी विपक्षीले लगिसकेको रहेछ । विपक्षीले मलाई पूर्व संधियार देखाई दर्खास्त दिई विपक्षी ल.पु.न.पं.बाट जारी भएको सूचनामा पनि पूर्व संधियार भुवनेश्वरी श्रेष्ठ का.जि.क्षेत्रपाटी भनी लेखिएको रहेछ तर म्याद तामेल गर्दा मलाई नबुझाई मेरो घरदैलोमा नटाँसी ०४१।३।३० गते म्याद तामेलीको भनी एउटा मुचुल्का खडा गरिएको रहेछ उक्त मुचुल्का म काठमाडौं बस्ने मानिसलाई पाटनको कुनै पाटीमा म्याद टाँस्दैमा थाहा हुने कुरो होइन । न.पं.ऐन, २०१९ को दफा ४८(१) ले संधियारलाई १५ दिने म्याद आएको हुनुपर्छ सो नगरी गैरकानुनी बेरितसंग म्याद टांसिएको भनी भनिएको छ । म्याद तामेली अ.बं.११० र ११२ नं.को विपरीत भई अनियमित छ । विपक्षीले पेश गरेको नक्शाले मेरो सम्पत्तिमा प्रतिकूल असर पारेको छ साथै मैले भन्न प्रतिवाद गर्न मौका पाएको छैन । यसरी बेरितसंग म्याद तामेल भएको बदर गरी अ.बं.२०८ नं. अनुसार कारवाई गरी पाउँ भनी प्रतिउत्तर उजूरी लिई जाँदा पनि अ.बं.८५ नं.ले लाग्दैन भनी अ.बं.२७ नं. अनुसार भनी ०४१।५।१५ मा दरपीठ गरी दिएको छ । यसरी विपक्षी ल.पु.न.नं.बाट विपक्षी तिलक मल्लको नक्शा पास गर्ने गरेको निर्णयबाट मेरो संविधानद्वारा प्रदत्त हक हनन् भए गरिएको हुनाले उक्त कारवाई नक्शा बदर गरी पुनः कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी विपक्षी ल.पु.न.पं.को नाउँमा परमादेशको आदेश पनि जारी गरिपाउँ भन्ने व्यहोराको रिट निवेदन जिकिर रहेछ । ३. मिति ०४१।५।२८ को यस अदालतको आदेश बमोजिम प्राप्त हुनआएको लिखितजवाफ यसप्रकार रहेछ । ४. नगर पञ्चायत ऐनको दफा ४८(१) अ.बं.११० र ११२ नं.को उल्लंघन नभई विपक्षीको संवैधानिक हक हनन् नभएको र एकै विषयमा दोहोरो कारवाही समेत चलाएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने ल.पु.न.पं.को लिखितजवाफ रहेछ । ५. निर्विवाद हकभोगको जग्गामा घर बना