निर्णय नं. २११७ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २११७ - जालसाजी भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०३/२२ २२७८ निर्णय नं. २११७ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको फौ.पु.नं. ३१९ मुद्दा : जालसाजी पुनरावेदक/प्रतिवादी : जिल्ला काठमाडौं न.पं. काठमाडौं वडा नं. १७ ठहीटी बस्ने रामबहादुर राजभण्डारी ऐ ऐ बस्ने चैनबहादुर राजभण्डारी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने केशरबहादुर राजभण्डारी फैसला भएको मिति : २०४१।३।२२।५ मा § म समेतका हकदार अंशियार नदेखाई अदालतमा दिएको दर्खास्त, जालसाजबाट तामेल गराएको म्याद बदर गरिपाउँ भन्ने दावी कीर्ते कागजको परिभाषाभित्र रहेको नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : म.क्षे.अ.को मिति २०३७।११।३० को फैसला उपर यस सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न अनुसारको छ । २. विपक्षी उपर मेरो २०२७।१।२० मा फिरादपत्र परेकोमा घरको मुख्य भनी प्रतिवाद गरेको भए पनि मुख्य आमा गिर्जालक्ष्मीबाट २००२ सालमा माहिला भाइ केन्द्रबहादुरले र २०२० सालमा भएको अंशको अस्थायी व्यवस्था आमाबाट सम्पन्न भएको विपक्षी स्वयम वारेस भई हामीलाई थाहा नदिई आमा गिर्जालक्ष्मीबाट पारे पराएको मुद्दा आमाको मृत्युवाद म समेतका अंशियार रहे भएको कुरा गुम पारी झुठ्ठो व्यहोराको दर्खास्त दिई अदालत समेतलाई झुक्याई म्याद समेत जालसाज गरी सकार्दैमा म समेतको अंशियारको दायित्व समाप्त हुन नसक्ने समस्त हात पारी खाने प्रबन्ध गरी गुठी काम कारवाही समेत नगरी वादी आमा गिर्जालक्ष्मी प्र.तिलके तामाङ भएको बाली मुद्दा हाल भू.प्र.का.मा परेको भन्ने समेत चैनबहादुरले र वादी गिर्जालक्ष्मी प्र.सुकुचा ल.पु.जि.अदालतमा दायर रहेको १ वादी ऐ. प्र.रामबहादुर समेत भएको बाली मुद्दा समेतमा आमा परलोक भएपछि म समेत अंशियार रहेको कुरा गायव राखी अड्डा र म्याद तामेल गर्न आएको अर्दली समेतलाई धोका दिई झुक्याई झुठ्ठा व्यहोराको दर्खास्त दिई सो सन्दर्भमा जारी भएको म्याद जालसाज गरी २०२५।९।२५ गते तामेल गरी रामबहादुरले एकलौटी सकारेको समेत निजहरूले अंश मुद्दामा दिएको प्रतिवादी २०२७।७।६ गते नक्कलसारी हेर्दा थाहा पाएकोले म्याद तामेल गरे गराएको मिति २०२५।९।२५ बाट कीर्ते कागजको १८ नं. को म्याद २ वर्षभित्र र नक्कल सारेको मितिले ३५ दिनभित्र फिराद गर्न आएको छु । अंश मार्न जालसाज गरी म समेतका अंशियार हकदार नदेखाई अदालतमा दिएको दर्खास्त जालसाजीबाट तामेल गरे गराएको म्याद बदर गरी अंश मार्न जालसाज गरेमा कीर्ते कागजका ७ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको केशरबहादुरको फिरादपत्र । ३. वादीले म समेतका नाउँमा दिएको अंश मुद्दामा भएको व्यहोराको प्रतिउत्तर गरेको छु । दावी बमोजिम आफ्नो मुद्दा सकार गर्न कुनै मुद्दा दिएको पनि छैन । मुद्दा सकारेको पनि छैन भन्ने समेत व्यहोराको नारायणबहादुरको प्रतिउत्तरपत्र । ४. अंश मुद्दामा अंश भइसकेको भनी हामीहरूको प्रतिउत्तर परेपछि सोही व्यहोरा लगाई खण्डन गर्ने रचना झिकी अंश जालसाजको नामाकरण गरी दिएको यो मुद्दा अ.बं.७३ नं. ले खारेज हुनुपर्छ । अदालतको कर्मचारीबाट म समेत घरमा नभएको मौकामा गरे भएको तामेलीमा