निर्णय नं. २११९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २११९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/०३ २३९५ निर्णय नं. २११९ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रि.नं. १३६७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि.दाङ विजौरी गा.पं. वा.नं. ३ मानिकपुर बस्ने टेकबहादुर पुन मगर विरुद्ध विपक्षी : दाङ जिल्ला पञ्चायत न्यायिक समिति, जिल्ला पञ्चायत कार्यालय दाङ विजौरी गाउँ पञ्चायत गाउँ न्यायिक समिति, विजौरी गाउँ पञ्चायत कार्यालय दाङ हेमन्तपुर जि. दाङ विजौरी गा.पं. वा.नं. ३ मनिकापुर बस्ने छबी कुमार पौडेल ऐ ऐ बस्ने श्रीधर पौडेल ऐ ऐ बस्ने राम बहादुर वली ऐ ऐ बस्ने चन्द्र बहादुर वली आदेश भएको मिति : २०४१।९।३।२ मा § ऐनमा उल्लेख भएको प्रकृया बमोजिम गठन भएको न्यायिक समितिले मात्र दफा ४१ को उपदफा (१) अन्तर्गतको मुद्दा हेर्न सक्षम हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री शम्भु थापा उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : गाउँ न्यायिक समितिको मिति ०३९।४।३१।१ को र जिल्ला पञ्चायत न्यायिक समितिको मिति ०३९।१२।९।४ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ: २. विपक्षी छविकुमार समेतले अघि भरतराज शर्माको प्र.प.कालमा पानी कुलो नलिने सल्लाह भएकोमा दाङ बिजौरी गा.पं.अन्तर्गत वा.नं. ३ मौजे मनिकापुरको कुलोबाट शीर कट्टा गरी नयाँ कुलो लगी भिट पाखोलाई धनहर बनाई अन्दाजी २०० विगहा जग्गामा जाने पानी आफ्नो भिट जग्गामा लगी सिंचाई गर्न खोजेको नयाँ कुलो भत्काई पाउँ भनी बिजौरी गा.पं.मा निवेदन दिएकोमा म समेतलाई झिकाई बयान गराउँदा ०३१ सालमा विपक्ष चन्द्रबहादुर समेतबाट खेत भएको जग्गा खरीद गरी लिएको र हालसम्म खेत नै कायम राखी वर्षे कुलो भाडा समेत गरी धान छरी खाई आएको छु भन्ने मेरो बयान निवेदन परेकोमा विपक्षी गा.पं.न्यायिक समितिले मे.ना.शा.दाङको प्रमाणित फिल्डबूकमा ३(ङ) कि.नं. ३५ र ३६ को ऐ. ३क को कि.नं. २२६, २२७, २२२, ५१, २३४, २२३ जम्मा कित्ता ७ भिडाई हेर्दा उक्त जग्गा भिर पाखो नै देखिएकोले हिउँदे बालीलाई मात्र कुलाबाट पानी कायम रहने गरी वर्षे बालीको लागि उक्त जग्गामा कुलोबाट पानी लग्न नपाउने गरी ०३९।४।३१ मा फैसला भए उपर उक्त विपक्षी दाङ जि.पं.न्यायिक समितिमा म समेतको पुनरावेदन परेकोमा सोही इन्साफ सदर गरी ०३९।१२।९ मा फैसला भयो । ३. गाउँ पञ्चायत ऐन, ०१८ को दफा ४१ को उपदफा (१) अन्तर्गतका मुद्दाहरू हेर्ने सम्बन्धमा ऐनको उपदफा ४ बमोजिम पञ्चायतको बैठकले प्र.पं. वा उप प्र.पं.को अध्यक्षतामा ३ जना भएको गाउँ न्यायिक समिति गठन हुनु पर्नेमा सोझै कार्यवाहक प्रधानपञ्चले न्यायिक समिति गठन गर्नु भई उक्त व्यवस्थाको प्रत्यक्ष तर त्रुटि भएको छ, विपक्ष न्यायिक समितिहरूले आवाद गर्नेको १ नं. तथा अ.बं.३६ नं. को हदम्याद लगाई फैसला गरेका छन् । विपक्षीहरू अर्धन्यायिक निकाय हुँदा कानुनको व्याख्या गर्ने अधिकार छैन । जग्गाको दामासाहीले कुलो पानी प्रयोग गरी सिंचाई गरी आएको हो र प्राकृतिक सम्पदाको रुपमा रहेको पानीमा कसैको व्यक्तिगत अधिकार समेत हुन सक्ने होइन र विवादको कूलो विपक्षीहरुले बनाएको नभई साविक देखिको सामुहिक कुलो भएको र जग्गा आवाद गर्नेको १ नं. ले