निर्णय नं. २७८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२१ २३६९ निर्णय नं. २७८९ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १६२८ आदेश भएको मिति : २०४३।७।२१।६ मा निवेदक : जि.सप्तरी विसहरिया गा.पं.वा.नं.८ बस्ने महेन्द्रप्रसाद देव वैश्य विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहियानी हक प्राप्त समाप्त हुने बारे भूमिसम्बन्धी ऐनले प्रष्ट कानुनी व्यवस्था गरेकोबाट यो तथ्य कानुनी तथ्य भएकोले र कानुनी तथ्यमा विबन्धनको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं. २४) (२) वास्तविक र कानुनी रुपमा निवेदकको जिकिर पुग्ने कुरामा झिंगा टसाई गरी प्राकृतिक न्याय सिद्धान्तको आधार भनी अदालतले लकिरको फकिर हुन पनि नमिल्ने । (प्रकरण नं. २५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४२।६।६।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : ३. विपक्षीहरू मध्ये सुर्यनारायणलाल र श्यामनारायणलाल समेतका नाउँमा संयुक्त दर्ताको दुई कित्ता जग्गा भूमिसुधार लागू हुनुभन्दा अघिदेखि मोहीमा कमाई आएको थिएँ, भूमिसुधार लागू हुँदा टोलीमा १ नं.भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि.प्राप्त गरेको र उक्त जग्गा सर्वेमा नाप नक्शा हुँदा विसहरिया गा.पं.वा.नं.४(क) कि.नं.३१५ को ०–१०–१० र कि.नं.३१८ को ०–११–० मा नापी नक्शा हुँदा मेरो मोही उल्लेख भएको श्रेस्ता अनुसार भूमि सं.नि. ९(१) अनुसार विपक्षी भूमिसुधार अधिकारीबाट ३ नं. मोहियानीको स्थायी प्रमाणपत्र पाई आवाद गुल्जार गर्दै साल सालै कूत बुझाउँदै आएको थिएँ । ०३९ सालको बालीमा मैले कूत बुझाए पनि विपक्षी श्यामनारायण र सुर्यनारायण लालले मलाई मोही कबूल गरी कूत बाली दिएन, दिलाई मोहीबाट निष्कासन गरी पाउँ भनी उजूर गरेकोमा वादी दावी खारेज हुने ठहराई ०४१।१०।१६ मा भू.सु.का.बाट फैसला भयो । त्यस्तै ०४० सालको बालीमा पनि विपक्षीहरूले मलाई जोताहा अस्थायी निस्सा प्राप्त मोहियानी स्वीकार गरी मोही निष्कासनको दावी गरी उजूर गरेकोमा हालसम्म निर्णय नभई कारवाही भइरहेको छ । यसै बीच मेरो मोहियानी हक अपहरण गर्नेलाई मेरो बाबु चुनचुनलाल उपर दिएको अंश हक कायम गरी पाउँ भन्ने मुद्दामा ३ खण्डको दुई खण्ड पाउने ठहरी ०३९।८।३ मा जिल्ला अदालतबाट फैसला भएको र महेन्द्रप्रसाद जोताहा अस्थायी निस्सावाला मोही नभई सर्वेमा लेखाई लिएको र ०३९ सालका बालीको कूत बाली मोही निष्कासन मुद्दामा मोही समेत सबै परिवारकै सदस्य भएको भन्ने निर्णय भएकोले महेन्द्रप्रसादले लेखाई लिएको मोही लगत कट्टा गरी पाउँ भनी विपक्षीहरूले म उपर ०४२।२।१० मा निवेदन दिएकोमा म प्रतिवादीको नाउँमा कुनै म्याद जारी नगरी गुपचुपमा निर्णय गर्ने मनसाय गरेबाट मैले थाहा पाई अघिदेखि मलाई मोही कायम गरी आएकोमा मोही लगत कट्टा हुन नपाओस भनी प्रतिउत्तर दिएपनि मलाई तारेखमा नराखी कानुनी प्रकृया नअपनाई मेरो परोक्षमै मोहिया