निर्णय नं. २१२० - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१२० - हकसफा भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२४ २३२१ निर्णय नं. २१२० ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको दे.पु.नं. ४५७ मुद्दा : हकसफा पुनरावेदक/वादी : रूपन्देही जिल्ला सिलोटिया गा.पं. वडा नं. ३ बस्ने गणेशलाल भैया मरी मु.सु.गर्ने विहारीलाल भैया श्रीवास्तव विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. मर्चवारकटवा गा.पं. वा.नं. १ बस्ने अमरनाथ दुवे ऐ ऐ बस्ने समानाथ दुवे ऐ ऐ बस्ने तयनाथ दुवे ऐ सिलोटिया गा.पं. वडा नं. ३ बस्ने महादेव प्रसाद भैया फैसला भएको मिति : २०४१।९।२४।२ मा § थैली थाहा पाएपछि म्यादभित्रै धरौटी राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमती प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मुन्नालालको छोरा कान्तालाल गणेशलाल हो कान्ताको छोरा महादेवलालले मर्चवारमौजे कटवाको ज.वि.५–१९–१७ मिति ०२९।११।२ मा समानाथ दुबे समेत जना ३ लाई बिक्री गरेको थैली थाहा हुन नसकेकोले प्रतिवादी परेपछि थैली दाखिल गर्न पाउने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुने हुनाले फिराद गरेको छु उक्त जग्गा निखनाई पाउँ भन्ने समेत ०३०।५।१९ को फिराद । ३. महादेवलाल भैयाले हामीहरूसँग रु.२१९९९। लिई ज.वि.५–१९–१७ मिति ०२६।१।८।१ मा राजीनामा गरी दिनु भई हामीहरूको राजीनामा पास गराई पाउँ भन्ने मुद्दा परी ०२९।५।२०।२ का अदालतका फैसला बमोजिम ०२९।१।२२ मा पास भएको कुरा वादीले सहजै थाहा पाउन सक्ने थाहा पाइन भन्ने वादी दावी झुठ्ठा र वादी, महादेवको हकवाला वा नेपालको नागरिक समेत नभई भारतबाट आएको हुनाले समेत हक निखन्न दिन नपर्ने भन्ने समेत प्रतिउत्तर पत्र । ४. वादीले राखेको थैली प्रतिवादी समानाथ दुबे अमरनाथ दुबे र तयानाथ दुबेले बुझी लिनु पर्ने र वादी दावीको जग्गा वादीले निखन्न पाउने ठहर्छ भन्ने समेत रुपन्देही जि.अ.को ०३१।१२।५ को फैसला । ५. हकवाला हो होइन भन्ने निर्णय गर्नुपर्ने सो नगरी निखन्न दिने ठहराएको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन । ६. रजिष्ट्रेशनको ३५ नं. को व्यवस्था अनुसार वादीले भूमिप्रशासन कार्यालय रुपन्देहीमा निखनाई माग्न थैली धरौट राखी कारवाही नचलाई फिराद गरेको रजिष्ट्रेशनको ३५ नं. को प्रतिकूल देखिनाले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३४।१।७।३ को फैसला । ७. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालतको ०३४।८।१७।६ को आदेश । ८. वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३४।१।७।४ को फैसला बदर गरिएको छ । कानुन बमोजिम इन्साफ गर्नु भनी मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।७।१३।२ को फैसला । ९. रजिष्ट्रेशनको ३९ नं. बमोजिम लिखत सारी थैली पत्ता लगाई मुख मिले रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्ने र नमिले अदालतमा नालेस गर्ने कार्यविधि शुरु गर्नुप