निर्णय नं. २७९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९१ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/०२ २७५२ निर्णय नं. २७९१ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको रिट नं. १७९८ आदेश भएको मिति : २०४३।५।२।२ मा निवेदक : जि.भक्तपुर भ.पु.न.पं.वडा नं.१६ तेखाचो टोल बस्ने न्हुच्छेबहादुर नायक विरुद्ध विपक्षी : गुठी संस्थान, केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंसमेत विषय : उत्प्रेषण (१) तत्काल प्रचलित गुठी संस्थान ऐन, २०३३ को दफा २६(४) अनुसार जग्गावालाको प्राप्त भइसकेको हकलाई पछि २०४१ सालमा भएको संशोधनबाट असर पर्न नसक्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ : २. भ.पु. बछेलेश्वरी गुठीको पुस्तादेखि जोती आएको बाराही गा.पं.वडा नं.९(क) को ७ नं. खेत नापी हुँदा पूर्णकुमारको नाउँको कि.नं., ४१९ क्षेत्रफल २–९–० र न्हुच्छेबहादुरको ऐ.ऐ.मा क्षेत्रफल २–७–० गरी जम्मा ५ रोपनी दुइजनाको नाममा मोहियानी दर्ता भएकोमा ०४१ सालसम्मको भ.पु.गु.त.ख. मा तिर्नु पर्ने तिरो बाली कूत बुझाई आएकोमा दर्तावाला विपक्षी तिर्थलालले निजलाई छ्वायबाली नुबझाएको र गुठी संस्थान ऐन अनुसार १० गुना धरौट पनि नराखेको हुँदा ३ खण्डको २ खण्ड जमीन छुट्याई पाउँ भनी प्रत्यर्थी मध्येको गुठी संस्थानमा निवेदन दिई कारवाई चलाई हामीलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत उक्त कार्यालयबाट जग्गा छुट्याउने निर्णय गरी भ.पु.गु.त.ख.मा गएको थाहा पाई निवेदन दिई पुनः विचार हुँदा बुझ्दै नबुझी पहिलेकै निर्णय कायम गरी २०४१।८।३ मा भ.पु.गु.त.ख.मा गएकोले जग्गा छुट्याउन तारिखमा राखिएको । ३. गुठी संस्थान ऐन, २०३३ को दफा २६, गुठी संस्थान पहिलो संशोधन ऐन, २०४१ द्वारा खारेज भइसकेकोले, सो खारेज भइसकेको ऐनको दफा र आधारबाट ३ खण्डको २ खण्ड जग्गा छुट्याउने कारवाही चलाउनु गलत तथा गैरकानुनी हुनुको साथै गुठी संस्थान ऐन समेतबाट प्राप्त हकमा समेत असर परेकोले मिति ०३६।८।२७ को जग्गा छुट्याउने गुठी संस्थानको निर्णय बदर गरी गुठी तहसील तथा खर्च कार्यालय, भक्तपुरले जग्गा छुट्याउने कारवाही गर्न आदेशको कारवाहीलाई उत्प्रेषण र प्रतिषेध समेत मिश्रित आज्ञा, आदेश वा पुर्जी जारी बदर गरी पाउँ भन्ने समेत रिट निवेदक न्हुच्छेबहादुर नायकाको मिति ०४१।१०।१५ को रिट निवेदन जिकिर । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ प्राप्त गरी पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४१।१०।१७ को आदेश । ५. गुठी संस्थान ऐन, २०३३ को दफा २६ को व्यवस्थानुसार खास जोताहा किसानले दर्तावालालाई छ्वायाबालीको १० गुनाको दरले हुने रकम क्षतिपूर्तिको रुपमा संस्थानले तोके बमोजिम दाखिल गर्नु पर्ने नगरे ३ खण्डको २ खण्ड दर्तावालाका नाममा र १ खण्ड खास जोताहाका नाममा मोहियानी कायम गर्ने व्यवस्था भए अनुसार दर्तावालाले पाउने छ्वायवालीको दश गुनाले हुने रकम १ महीनाभित्र दाखिल गर्नु अन्यथा उपरोक्त बमोजिम हुनेछ भन्ने व्यहोराको गुठी संस्थानको सूचना गोरखापत्रमा मिति ०३४।८।१२ मा प्रकाशित गर्दा पनि नबुझाएकोले, ३ खण्डकी २ खण्ड जग्गा आफ्ना नाममा दर्ता गरी पाउँ भनी गुठी संस्थानमा दर्तावाला तिर्थलालले दिएको निवेदन क