निर्णय नं. २७९२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७९२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/०२ २२६८ निर्णय नं. २७९२ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १८१० आदेश भएको मिति : २०४३।६।२।५ मा निवेदक : जिल्ला बारा कलैया न.पं.वार्ड नं. ७ बस्ने कन्हैयालाल भन्ने कन्हैयाबहादुर खड्का विरुद्ध विपक्षी : भू.सु.का.बाराको भूमिसुधार अधिकारी श्री विश्वनाथ श्रेष्ठसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आफ्नो अधिकारको सम्बन्धमा स्वयं सचेत हुनुपर्नेमा अधिकारको बेवास्ता गरी बस्नेलाई अदालतले मद्दत गर्न सक्तैन । (प्रकरण नं. १३) रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. जि.बारा ब्रम्हपुरी गा.पं.वार्ड नं. ७ को कि.नं.१८० को क्षेत्रफल ०–१६–१६ जग्गाको म निवेदक जग्गाधनी र विपक्षी देवराज महरा मोही हुँदा २०३६ सालको कूत नबुझाएकोले मैले भू.सु.का.मा मोही निष्कासन समेत गर्न उजूरी गर्दा बाली बुझाउने, मोही यथावत रहने भन्ने भू.सु.का.बाराबाट मिति २०३८।११।३ मा निर्णय भएको थियो । निर्णयमा कारण उल्लेख नगरेकोले निर्णय बदर हुने र पुनः कानुन बमोजिम गर्नु भनी सो उपरको रिट निवेदन पर्दा सर्वोच्च अदालतबाट मिति २०४०।४।९ मा परमादेशको आदेश समेत जारी भएको थियो । ३. दावीको साल महीनापछिका सालको दावीका जग्गाको कूतबाली प्रतिवादीले धरौट राख्दै आएको देखिँदा मोही प्रतिवादीको नियत खराब भन्न मिलेन । यसरी आफ्नो कर्तव्य पालन गर्दै आएको मोहीलाई जमीनबाट निष्कासन गर्न अनिवार्य नभएकोले एकपटकलाई मोही यथावत राखी दिने र दावीको सालको कूत मोहीबाट भरी पाउने ठहराई, तर्कसंगत कारण नदेखाई पुनः विपक्षी भूमिप्रशासकबाट मिति २०४२।३।९ मा निर्णय भयो । २०३६ सालको बाली नबुझाएको कारणबाट निष्कासन गरी पाउँ भन्ने दावी भएकोमा पछिका सालको बाली धरौट राखे बुझाएको विवाद विषयसंग असम्बन्धित कुरालाई समेत आधार मानी गरिएको भूमिसुधार कार्यालयको उक्त मिति २०४२।३।९ को निर्णयले निवेदकको कानुनी हकाधिकारमा आघात पारेकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिट निवेदक कन्हैयाबहादुर खड्काको मिति २०४२।८।३ को रिट निवेदन । ४. यसमा के कसो भएको हो ? विपक्षीहरूबाट लिखितजवाफ झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति २०४२।८।७ को आदेश । ५. विवादीत जग्गाको २०२९ सालको कूत बाली दिलाई मोही निष्कासन गरी पाउँ भन्ने मुद्दाको निर्णय उपर सर्वोच्च अदालतमा रिट परी मिति २०४०।४।९ को मा परमादेशको आदेश समेत जारी भएपछि पुनः कारवाही गर्दा उक्त २०२९ सालको कूत बाली मुद्दा परेपछि मोहीले कूत दिएन दिलाई पाउन भनी हालसम्म कुनै सालको फिराद निवेदन गरेको नपाइएको र सो सालपछि उपरोक्त बमोजिम मोहीले धरौटी राख्दै आएको कूत पनि स्वयं जग्गाधनीले बुझी लगेको समेत देखिन्छ । मोहीले जग्गाधनीलाई कूत बुझाउने नियत नभएको भन्ने कुरा देखिन नआएकोले निष्कासन गरी प्रस्तुत प्रमाणहरूको तथ्यलाई मूल्याङ्कन गरी २०२९ सालको कूत पूर्व निर्णय