निर्णय नं. २७९३ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९३ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/०३ २१५१ निर्णय नं. २७९३ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १३९१ आदेश भएको मिति : २०४३।६।३।६ मा निवेदक : जि.सप्तरी कल्याणपुर गा.पं.वार्ड नं. ९ मदिया मध्ये सियापट्टि बस्ने मुनीखंग खत्वे विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने मनिखंग खत्वेसमेत विषय : उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) २ नं.र ४ नं.रिट निवेदकको नाउँमा प्रकाशित भएको र प्राप्त गरेको देखिन आएको छैन । रिट निवेदकको निवेदन लेखाइमा पनि २ नं.अनुसूची र ४ नं.जो.अ.नि. लिन नसकेको भन्ने लेख्न सकेको पाइँदैन । यस्तो स्थितिमा निवेदकले पाएको मोहियानी प्रमाणपत्र निवेदककै भन्ने समर्थित हुन नआएको कारण समेतबाट उक्त २ नं.अनुसूची समेतले समर्थित प्रत्यर्थिको मोहियानी हकको जग्गा ठहर्याई भू.सु.का.बाट निर्णय भएको,निर्णय हुँदा आवश्यक सबूद प्रमाण बुझी निर्णय भए गरेको देखिएकाले उक्त निर्णयमा कुनै त्रुटि देखिएन । (प्रकरण नं. १२) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : का.जि.काठमाडौं न.पं.डिल्लीबजार बस्ने लोककुमारी राणा दर्ताको जि. सप्तरी कल्याणपुर गा.पं.वार्ड नं. ९(ख) को अं.०–११–१० जग्गा भू.सु.लागू हुनुभन्दा अघिदेखि नै मोहीको हैसियतले कमाई बाली बुझाई आएकोमा भू.सु.मा मोहीको २ नं.अनुसूची भर्नु पर्ने अवस्थामा विरामी भई उपचार गराउन भारत जाँदा २ नं.अनुसूची भर्न नसकी छूट भएको र ४ नं.स्थाई निस्सा समेत प्राप्त गर्न नसके पनि जग्गा पूर्ववत भोगचलन गरी जग्गाधनीलाई बाली बुझाई आएको । हाल सर्भे हुँदा लोककुमारीको छोरा लक्ष्मी विक्रमको नाउँमा नापी भई कि.नं.१२१ को ज.वि.०–११–१३ कायम भएको र म जोताहा मोहीको नाउँमा मोही दर्तासमेत सोही कायम भएको जग्गा मोही दर्ता भएको र सोही आधारमा २०३१।३।१६ मा मोही हकको ३ नं. प्रमाणपत्र समेत पाई जग्गा निर्विवाद कमाई आएको । २. उल्लिखित जग्गा म मनीखंगको नाउँबाट सोही बमोजिम मोहियानी हकको ३ नं. प्रमाणपत्र समेत मैले पाउनु पर्नेमा भूलबाट मुनीखंग खत्वेको नाउँमा मोही दर्ता भई प्रमाणपत्र समेत पाएकोले सो भूलसुधार गरी नाम संशोधन गरी प्रमाणपत्र पाउँ भन्ने समेत व्यहोराको निवेदनसाथ ४ नं.जो.अ. निस्सा र २०४० सालको बाली बुझाएको भर्पाई २०४१ सालको कूत धरौट राखेको धरौटी रसीदको नक्कल साथ विपक्षीको भू.सु.का.मा निवेदन परेको । ३. मेरो घरमा फेला परे जति गत २०३१, २०३२, २०३५, २०३६, २०३७, २०३८, २०३९, २०४१ समेत सालको कूत बुझाएको भर्पाईहरू साथ मोहियानीको ३ नं. प्रमाण र भएको व्यहोरा साथ भू.सु.का.मा प्रतिवाद गरेकोमा, कार्यालयबाट २ नं.लगत (साजिक पेज नं. ६९१) अनुसूची वादीको नाउँबाट प्रकाशित भएको र विपक्षीको नाउँको २ नं.अनुसूची प्रकाशित भएको नदेखिएको र विपक्षीले ४ नं.पाएको छैन भनी कागज गरी दिएको र सरजमीनमा बहुमतले मनीखंग मोही भएको देखाएको आधारमा वादी दावी बमोजिम हुने गरी मिति २०४२।३।१८ मा गर्नुभएको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिट निवेदक मुनीखंग खत्वेको मिति ०४२।४।१० को रिट निवेदन । ४. विपक्षीह