निर्णय नं. २१२१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२१ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०८/२९ २३९७ निर्णय नं. २१२१ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १६४२ विषय : उत्प्रेषण निवेदक : का.प.जि.बनेपा न.पं. वडा नं. १ बस्ने कार्जिप्रसाद बेदार श्रेष्ठ विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमि सुधार शाखा काभ्रेका का.मु. शाखा अधिकृत श्री बासुदेव रिमाल का.प. जि. न.पं. वडा नं. १ बस्ने ज्ञान दास मल्ली आदेश भएको मिति : २०४१।८।२९।६ मा § साविकमा के कति कूत लिने दिने गरेको त्यस्तो प्रमाण फैसलामा उल्लेख नगरी गरेको निर्णय कानुन अनुरुप नहुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री बलिरामकुमार र विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. मालपोत कार्यालय का.पं.मा मेरो नाउँमा दर्ता भएको का.पं.जि.बनेपा गा.पं. वडा नं. ९ कि.नं. १३५ को क्षेत्रफल रोपनी १–९–३ को जग्गा विपक्ष ज्ञान दासको बाबु रामदास मल्लीले अघिदेखि खलामै अधिया धान बाली दिने गरी अधिया शर्तमा कमाई आउनु भएको थियो । ०३९ सालको धानबाली भित्राउने बखतमा विपक्ष ज्ञानदासले मलाई खबरै नगरी धान बाली काटी चुटी भित्राउनु भएछ र ०३९ सालको उब्जनी धान किलो ५०० मध्ये अधिया २५० धान मैले पाउने हुँदा कार्यालयको दरभाउले किलो १ को ३।६० ले हुने नगदी रु.९००। मलाई मोहीबाट निष्कासन समेत गरिपाउँ भनी मैले विपक्षी भू.सु.शाखामा उजूरी निवेदन गरेको थिएँ । विपक्षी कार्यालयबाट ०४०।४।१७ मा निर्णय फैसला गर्दा ज.ध.ले कूत कबुलियत गराउनुका साथै मोहीबाट बाली बुझी लिनु दिनु गर्दा भर्पाई लिनु दिनु पर्नेमा सो गरेको नदेखिएको अधिया बाली लिने गरेको भन्ने र ज.ध.को जिकिरको सम्बन्धमा वादीले आफ्नो प्रमाण आफैंले पुर्याउनु पर्ने कानुनी सिद्धान्त भएकोले बाली अधिया लिने दिने गरेको छ भन्ने मात्र भनाई आधारभूत प्रमाण विना मनासिव भन्न नमिल्ने भएको र भू.सु.ऐनमा पनि साविकमा घटी दरले कूत लने दिने गरी आएकोमा सोही बमोजिम नै हुने भएको र मोहीले साविकमा लिने दिने गरेको भनेको उब्जनिको आधारमा राखेको कूत धरौटी युक्तिसंगत नै भएकोले सो राखेको कूत धरौटी रु.६३०। ज.ध.ले बुझी लिनु पर्ने मोही भने निष्कासन हुने ठहर्दैन भन्ने निर्णय फैसला गरियो । ३. यसरी अधिया कूत बुझाउने गरी कूतमा कमाई आएको कार्यालयमा रहेको अकाट्य प्रमाण पेश भएको छँदाछँदै धान मुरी ३।१० कूत बुझाउने भनियो । ३।१० को नगदी रु.६३०। विपक्ष ज्ञानदासले राखेको धरौट बुझाउनु पर्ने ठहराई मोही यसमा निष्काशित समेत नहुने भनी विपक्षी ज.का.भूमिसुधार शाखा काभ्रेबाट ०४०।४।१७ मा भएको निर्णय प्रमाण ऐन, ०३१ को दफा ३४ को भू.सु.ऐन, ०२१ (संशोधन सहितको) दफा ३३ समेतको विरुद्धमा हुन गएको छ, अर्थात् मेरो जग्गा काठमाडौं उपत्यकाभित्रको जग्गा नभई पहाडको जग्गा हुनाले साविकदेखि लिने गरी आएको अधिया कूतमा परिवर्तन गरी कूत भराई दिने निर्णय गर्न विपक्ष भू.सु.शाखा काभ्रेलाई कुनै कानुनले दिएको छैन । यस्तो गैरकानुनी निर्णयबाट म निवेदकले अधिया कूत नै उठाई लिन पाउने संवैधानिक तथा कानुनी अधिकारमा आघात परेको हुँदा उत्प्रेषण वा जुन