निर्णय नं. ९०९४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०९४ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७०/०८/१० ३४३५ नेकाप २०७० अङ्क १२ नि.नं.९०९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति : २०७०।८।१०।२ २०६७–CR–०४३० मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, बाइवर गा.वि.स. वडा नं.४ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ को हाल कारागार कार्यालय, भद्रबन्दी गृह जगन्नाथ देवलमा थुनामा रहेको सुजित नेपाली विरूद्ध प्रत्यर्थी/वादी : राजु विश्वकर्माको जाहेरीले वादी नेपाल सरकार २०६७– CR –०९९३ पुनरावेदकवादी : राजु विश्वकर्माको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : नुवाकोट जिल्ला, बागेश्वरी गा.वि.स. वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १७ बस्ने सेती विश्वकर्मासमेत प्रतिवादीलाई कुटपीट गरिरहेकोमा मृतकलाई सम्झाउँन खोज्दा मृतकले नै प्रतिवादीलाई कुटपीट गरी सिंगल सिंगल खेल्ने हो भनी च्यालेञ्ज गरेको हुँदा रिस थाम्न नसकी सोही वारदातस्थलमै भएको लाठाले हानेको र सोही चोटले मृतकको मृत्यु भएको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएकोले प्रस्तुत वारदात मनसायप्रेरित नदेखिई आवेशप्रेरित हत्या देखिने । (प्रकरण नं.३) प्रहरीमा कागज गर्ने व्यक्तिले मृतकलाई करूवाले हानेको भनी अनुसन्धानमा कागज गर्दा लेखाएकोमा अदालतमा निज अनुपस्थित रही वकपत्र नगरेबाट मौकामा भएको कागजलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) मृतकलाई लाठाले हानेको भनी स्वयं प्रतिवादीले अदालतको बयानसमेतमा स्वीकारी रहेको कुरामा ज्यानसम्बन्धी महलको १७(३) नं. आकर्षित नहुने । (प्रकरण नं.५) वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता खगराज पौडेल प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता शोषित अकेला बानिया अवलम्बित नजीर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. शुरूतहमा फैसला गर्ने : मा.न्या.सत्यराज गुरूङ पुनरावेदनतहमा फैसला गर्ने : मा.न्या.देवेन्द्रगोपाल श्रेष्ठ मा.न्या. दिनेशकुमार कार्की फैसला न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : मिति २०६४।६।३० गतेका दिन मेरो दाजु रामकाजी वि.क.लाई भाउजू सेती वि.क. र दाजुको झट्केलो छोरा सुजित वि.क.ले कुटपीट गरी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हुँदा निजहरूउपर कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको राजु विश्वकर्माको जाहेरी दरखास्त । मृतक रामकाजी वि.क.को बायाँ आँखाको परेलाको भागमा नील डाम भएको, बायाँ कानको लोती सुन्निएको, घुँडामुनि नील डाम भएको भन्नेसमेत व्यहोराको मृतक रामकाजी वि.क.को लासजाँच प्रकृति मुचुल्का । घटनास्थल भनिएको ठाउँबाट बाँसका लाठाहरू र वारदातमा प्रयोग गरेको करूवा फेला पारेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । मेरो पति रामकाजी वि.क.लाई सौता सेती वि.क. र झटकेलो छोरा सुजित नेपालीले कुटपीट गरी मारेको थाहा हुन आएकोले निजहरूउपर कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको दिलशोभा विश्वकर्माको निवेदन तथा कागज । मिति २०६४।६।३० गतेका दिन सेती विश्वकर्मा र मृतक रामकाजी वि.क. बीचमा कोठामा झगडा भएको र झटकेलो छोरा सुजित नेपाली आई निजले बाँसको लाठीले कुटपीट गरेको र सेती वि.क.ले समेत कुटपीट