निर्णय नं. २१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/११ २२७५ निर्णय नं. २१२२ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४० सालको रिट नं. २०२५ विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ निवेदक : जिल्ला धनुषा, गोविन्दपुर गा.पं. वा.नं. ९ मगुराहा बस्ने पञ्चुव्याहुत सुँडी विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय धनुषा जि. धनुषा, गोविन्दपुर गा.पं. ९ वा.नं. मगुराहा बस्ने लक्ष्मेश्वर साहु व्याहुत सुँडी आदेश भएको मिति : २०४१।९।११।३ मा § अंश नछुट्टिएको अवस्थामा नै विवादित जग्गाको मोही प्रत्यर्थी भएकोलाई निज उपर्युक्त बमोजिमको मोहीको परिभाषाभित्र परेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : भू.सु.का.बाट ०४०।८।९ मा भएको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षीसमेत उपर मैले दिएको अंश मुद्दामा अंश पाउने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३३।७।२४ मा अन्तिम फैसला भएको र ०३९।८।८ मा बण्डा मुचुल्का भई आफ्नो घरजग्गा मैले पाएको हुँ । त्यसको अतिरिक्त जि.ध.गोविन्दपुर गा.पं. वा.नं. ९ कि.नं. २५८ को जग्गा विगहा १–१२–१८ मध्ये ज.वि.०–१५–०, ऐ. कि.नं. १२ को ज.वि.०–१२–४ जिल्ला धनुषा, तेजनगर गा.पं. वा.नं. ५ को कि.नं. २ को ज.वि.०–४–१ समेत गरी ज.वि.१–११–५ जग्गा मैले अंश भागमा पाएको हुँ । उपरोक्त तिनै कित्ता जग्गा अघि हामी सगोलमै छँदा सर्भे नापीका बखत बाबु रामजी साहुकै नामबाट नापी दर्ता भएको थियो । तर मोहीमा भने विपक्षी लक्ष्मेश्वरको नाउँ जनिन गएको रहेछ । एका सगोलको अंशियारमा सगोलको जग्गामा मोही नलाग्ने हुँदा लगत कट्टा गरिपाउँ भनी मैले विपक्षी कार्यालयमा निवेदन गरेको थिएँ । विपक्षी कार्यालयबाट विपक्षीले लक्ष्मेश्वरलाई झिकाई बयान गराउन उक्त जग्गा फैसला र बण्डाबाट मेरो भागमा परेको कुरालाई स्वीकारै गरेका थिए । जग्गाधनी रामजी साहु मोही लक्ष्मेश्वर साहु भई १ नं. अनुसूची भरेको, प्रतिवादी लक्ष्मेश्वर साहु र निवेदक पञ्चुसाहु भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को देहाय ४ को खण्ड (ग) बमोजिम एउटै परिवार भित्र नपर्ने हुँदा लगत कट्टाको निवेदनबाट कारवाही गर्न नमिल्ने भनी तामेलीमा राख्ने भनी भू.सु.का.बाट ०४०।८।९ मा निर्णय भयो । ३. भूमिसम्बन्धी ऐनको दफा २ को देहाय (ख) मा अरुको जग्गा कमाउने व्यक्तिमात्र मोही हुन सक्ने व्यवस्था छ । आफ्नो सगोलको जग्गा कमाउने व्यक्ति मोही हुन नसक्ने प्रष्ट छ । सगोलमा रहेको अवस्थामा नै मोही देखाई भरेको अनुसूचीको आधार प्रमाण लिन मिल्ने अवस्था आउँदैन । अनुसूची विपक्षी समेतको अंश हक लाग्ने अवस्थामा भरेको हो भिन्न भए पछि भरेको होइन । मोही लगत कट्टा गर्ने उजूरीमा लाग्दै नलाग्ने ऐन भू.सु.ऐनको दफा २(ग) लगाई निर्णय गर्न समेत नमिल्ने हुँदा उक्त गैरकानुनी निर्णयबाट सम्पत्ति सम्बन्धी हकमा आघात पर्न गएकोले उक्त निर्णय बदर गरी उक्त जग्गाको मोहियानीको लगत कट्टा गरी दिनु भन्ने विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी ग