निर्णय नं. २१२४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२४ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२३ २२६५ निर्णय नं. २१२४ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं. २०९४ विषय : उत्प्रेषण निवेदक : जि. संखुवासभा चैनपुर गा.पं. वा.नं. २ बस्ने पद्मकुमारी श्रेष्ठ विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय झापा जि. झापा गरामनी गा.पं. वा.नं. ५ बस्ने कुकुर सिंह राजवंशी आदेश भएको मिति : २०४१।९।२३।१ मा § कानुनले तोकेको प्रावधान बमोजिम कूत बुझेको देखिन्न । साक्षीको बकपत्रको आधारमा कूत बुझेको भन्ने स्थिति नहुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर निम्नप्रकारको छ : २. म निवेदक समेतको नाउँमा दर्ता रहेको गरामुनी गा.पं. वा.नं. ५ को कि.नं. १९५ र २११ को ज.वि.३–१४–० जग्गाको ०३६ सालको ठेक्का नदिएकाले बाली दिलाई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी कार्यालयमा उजूर पर्दा वादी दावीको जग्गाको ०३९ सालको ठेक्का बापत बहर गोरु बिक्री गरी रु.७००। जग्गाधनीको मानिस सोमबहादुर मगर जिम्मा दिएर धान मन १५ वादीकै कारोबार खेमबहादुरलाई बुझाई बाँकी धान मन ७।२८ सुख्खा लागेकोले बुझाउन सकेको छैन भन्ने प्रतिवादी परेको थियो । विपक्षी भूमिसुधार कार्यालयले निर्णय गर्दा वादी प्रतिवादीका साक्षी बुझ्दा धान बुझाएको होइन गोरु बिक्री गर्दा रु.५००। मा बिक्री गरी लगेको भनी बकपत्र गरेको अन्य सबूत पेश गर्न नसकेकाले वादी दावीको कूतको हुने बिगो मध्ये रु.२८६७। वादीले प्रतिवादीबाट भराई लिन पाउने र ०४० सालको बालीबाट बाँकी रहेको कूत बुझाउन तयार छु भन्ने सावित हुँदा अटेर गरेको भन्न नमिल्ने हुँदा मोही निष्कासन गर्न नपर्ने भन्ने ठहर गर्नुभयो जुन निर्णय निम्नलेखिएको बुँदाप्रमाण समेतको आधारमा बदर योग्य छ । ३. जिकिर : मोही निष्कासन गर्न नपर्ने भन्ने जुन निर्णयाधारको उल्लेख विपक्षी कार्यालयले गर्नु भएको छ सो नै आत्मनिष्ट भएको प्रष्ट छ । विपक्षीले ०४० सालमा बाँकी बाली बुझाउँदछु भन्ने कुरा उल्लेख गरेता पनि अद्यावधी सम्म बाँकी बाली र ०४० सालको बाली पनि मलाई बुझाएको छैन । त्यसकारण मोही निष्कासन नगर्दाको लागि प्रयोग गराएको कारण वस्तुनिष्ट छैन । विपक्षी सोमबहादुरले सो रुपैयाँ खेमबहादुरलाई दिएको भन्ने छ तर खेमबहादुर आफूलाई जग्गाधनीको काम गर्ने व्यक्ति होइन भनी व्यक्त गरेका छन् । यस स्थितिमा विपक्षीको भनाई नै प्रमाणित भएको छैन । विपक्षीले बाली सुख्खा भएको जानकारी जग्गाधनीलाई दिनुपर्दथ्यो सो जानकारी हामीलाई दिएको छैन । यस्तो स्थितिमा राम्रोसँग फसल भएकोमा जानाजान विपक्षीले दुरासाय राखी बाली नबुझाएको यथार्थता रहेको छ । प्रत्यर्थी भू.सु.का.ले बकपत्रलाई आधार बनाई रु.५००। गोरु बिक्री गरी बुझाई सकेको ठहर गरिएकोले कानुनको अतिशय उल्लंघन भएको छ । त्यसमा साक्षीको भनाई विवादपूर्ण रहेको छ । यथार्थमा बाली भराई मोही निष्कासन सम्बन्धी मुद्दामा बकपत्र र सरजमीन जस्ता कुराहरू न्यायको मूलधारा हुन सक्दैन भन्ने सिद्धान्त रमेशकुमार श्रेष्ठ वि.भू.सु.का.सुनसरीको मुद्दामा प्रतिवादीहरू बाली बुझाउने र भूमिसम्बन्धी २०२१ को दफा ३४