निर्णय नं. २१२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२३ २४२९ निर्णय नं. २१२६ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १४५५ विषय : उत्प्रेषण निवेदक : जिल्ला सुनसरी न.पं. वार्ड नं. २ बस्ने हुकुमचन्द्र अग्रवाल विरुद्ध विपक्षी : धरान नगरपञ्चायत सुनसरी प्र.पं. कृष्ण कुमार रार्इ ध.न.पं. सुनसरी ढ नं. वडाध्यक्ष शंकर प्रसाद आचार्य ऐ ऐ प्रहरी थाना धरान, सुनसरी जि. सुनसरी धरान न.पं. वडा नं. ५ बस्ने रामावतार अग्रवाल ऐ वार्ड नं. १३ बस्ने र्इन्द्र चन्द्र अग्रवाल ऐ वार्ड नं. १ बस्ने राम औतार अग्रवाल ऐ वस्ने चन्द्रिया भन्ने चन्द्रमान अग्रवाल ऐ वार्ड नं. ५ बस्ने छविलाल दास अग्रवाल आदेश भएको मिति : २०४१।९।२३।१ मा § प्रधानपञ्चको अध्यक्षतामा बसेको बैठकबाट भएको मिलापत्र कागज र सो सम्बन्धमा भएका काम कारवाही समेत क्षेत्राधिकारको अभावमा त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. विपक्षी मध्येका इन्द्रचन्द्र अग्रवालले धरान न.प.मा मिति ०३९।१०।२५ मा साझेदारीमा काम गरेकोमा लागेको रकम र मुनाफा समेत हुकुमचन्द्रले हिसाव गर्न आलटाल गरेको हुँदा हिसाव गरिपाउँ भनी निवेदन दिएकोमा विपक्षी प्रहरी थानाले पक्राउ गरी ०३९।११।९ मा ध.न.पं.मा बुझाएर । ध.न.पं.बाट विपक्षी शंकरप्रसादको अध्यक्षतामा समिति गठन गरिएछ । सो समितिले जटामसीको व्यापारबाट प्राप्त मुनाफा १,३०,५६५।८० मध्ये रु.६५,२८२। साँवा र रु.३४८१। ब्याज समेत जम्मा रु.६८७६३।९० म हुकुमचन्द्रले विपक्षी इन्द्रचन्द्रलाई दिनुपर्ने र सो रकम ध.न.पं.मा ०४०।१।२७ मा जम्मा गरी दिनुपर्ने गरी मिति ०४०।१।२६ मा निर्णय गर्यो । तर सो निर्णय गर्दा मलाई उपस्थित गराइएन । मैले सो निर्णय मात्र अस्वीकार गरेपछि मिति ०४०।२।९ गते पुनः प्रहरीको घेरामा राखी विपक्षी प्र.पं.को अध्यक्षतामा रु.६८७०१। लाई १५ किस्तामा एक किस्ताको रु.४५८०। का दरले बुझाउनु पर्ने रकम ध.न.पं.कार्यालयमा बुझाउनु पर्ने उल्लेख गरी तथाकथित मिलापत्र सरहको कागज गराइयो फलस्वरुप २ किस्ता असूल समेत गरी सकेको छ । ३. कानुनले तोकेको क्षेत्राधिकारको उल्लंघन गरी निर्णय गर्ने अधिकार कसैलाई हुँदैन । ध.न.पं.ले गरेका काम कारवाही अ.बं.३५ नं. समेतले बदरभागी छ । देवानी विषयको हर हिसाब दिलाई पाउँ भन्ने उजूरी लिई समिति गठन गरेको र समितिले गरेको निर्णय समेत अनाधिकार छ । समितिले कुन कानुन अन्तर्गतको अधिकार पाएको हो ? र गठनका श्रोत के हो ? उल्लेख गरिएको छैन । विपक्षीसँग मैले कुनै साझा व्यापार गरेको छैन । हरहिसाव लिनुपर्ने नै भए पनि अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्ने थियो । सो नगरी अनाधिकार पञ्चायतमा उजूर गरी प्रहरीको घेरा र त्रासमा मलाई राखी विपक्षी शंकरप्रसादको अध्यक्षतामा भएको मिति ०४०।१।२६ को निर्णय हामीबाट गराइएको मिति ०४०।१।२८ को अधिकार पत्र तथा विपक्षी प्र.पं.को अध्यक्षतामा गराइएको मिति ०४०।२।९ को कागज समेत अधिकार क्षेत्रको त्रुटि प्रष्ट हुँदा उत्प्रेषणको आदेश जा