निर्णय नं. २१२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२७ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/२८ २५४२ निर्णय नं. २१२७ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं. १४२८ विषय : उत्प्रेषण निवेदक : सिरहा जिल्ला वस्तीपुर गा.पं. वडा नं. ८ बस्ने बिन्देश्वर यादव विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय सिरहाका भूमिसुधार अधिकारी श्री शम्भुप्रसाद श्रेष्ठ सिरहा जिल्ला बस्तीपुर गा.पं. वडा नं. ९ बस्ने रामेश्वर साहु तेली आदेश भएको मिति : २०४१।९।२८।६ मा § प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरी गरेको भूमिसुधार कार्यालय सिरहाको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामकृष्ण निराला विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्न प्रकार छ । २. प्रत्यर्थी रामेश्वरको पिता महन्थी साहुको जग्गा म निवेदकले भूमिसम्बन्धी ऐन, ०२१ तथा नियमावली, ०२१ आउनु भन्दा धेरै अघिदेखि जोत्दै कमाउँदै आए अनुसार ऐन र नियमावली लागू भएपछि नियम ३ अनुसार १ नं. भरी नियम ६ बमोजिम २ नं. अनुसूची प्रकाशन भई नियम ९(२) मुताविक ४ नं. जोताहा अस्थायी निस्सा प्रमाणपत्र पाएको थिएँ । सर्भे नापी हुँदा महन्थी साहुको नाउँको ०–१–१० एक कठ्ठा दश धुरको एक कित्ता जग्गा निजको छोरा प्रत्यर्थी रामेश्वर साहुको नाउँमा नापी हुन जाँदा तदनुकुल प्राप्त ४ नं. जो.अ.नि.मा ०–१–१० एक कठ्ठा दश धुरको कित्ताको जग्गाधनी महन्थीको नाम केरी प्रत्यर्थी रामेश्वरको नाउँ उल्लेख गरी प्रत्यर्थी कार्यालयबाट संशोधन भएको थियो । रामेश्वर साहुको नाउँमा नापी हुन गएको वस्तीपुर गा.पं. वडा नं. ८ख कि.नं. १५३ को जग्गाको मोही हक प्रमाणपत्र नपाएकोले मोही हकको प्रमाणपत्र पाउँ भन्ने प्रत्यर्थी रामेश्वर साहु तथा अर्को जग्गाको जग्गाधनी मुसहरू साहु समेत उपर प्रत्यर्थी कार्यालय समक्ष निवेदन दिएको थिए । विन्देश्वर मोही होइन र मेरो नाउँमा २ नं. अनुसूची प्रकाशित भएको छैन भन्ने यावत कुराका प्रतिवाद प्रत्यर्थी रामेश्वरले गर्नु भएको थियो । जिल्ला अदालत समक्ष जालसाजी मुद्दा चलिरहेकोले मुसहरू साहुको हकमा मुलतवी रहने र रामेश्वर साहुको जग्गामा वादी दावी पुग्न सक्दैन भन्ने प्रत्यर्थी अधिकारीज्यूले मिति ०४०।२।८।१ मा निर्णय गर्नु भएको छ । मुसहरू साहुको हकमा मुलतवी रहेकोले सो तर्फ हाल निवेदन नगरी रामेश्वर साहुको जग्गामा दावी पुग्न नसक्ने ठहराई भएको निर्णयको हकमा निवेदन गर्दछु । महन्थी साहुको जग्गा राजेन्द्रको नाउँमा गएको र राजेन्द्रको नाउँबाट मैले मोही हक प्रमाणपत्र पाएको कुरा महन्थी साहुको नाममा नापी भएको र रामेश्वर साहुले मलाई बाली बुझी भर्पाई दिंदै आउनु भएको जग्गाको कुरामा बाधा विरोध गर्ने अवस्था छैन । महन्थी साहुको नाउँमा साविकि अनुसार २ नं. अनुसूची प्रकाशन भएको र ४ नं. जो.अ.नि.पाएकोमा पछि दाजुभाइको नाउँमा पछि नाप नक्सा भई तदनुकूल ४ नं. जो.अ.नि.सच्याउने काम भएको थियो । मैले प्राप्त गरेको ४ नं. जो.अ.नि.र रामेश्वर साहुले आफ्नो जग्गा बाली बुझी गरी दिनु भएको भर्पाई समेतबाट रामेश्वर साहुको नाउँको कि.नं. १५३ को जग्गा मोहीमा जोत्दै आएको