निर्णय नं. २७९४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९४ - लिखत बदर भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/१४ २३३९ निर्णय नं. २७९४ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ६३१ फैसला भएको मिति : २०४३।६।१४ मा पुनरावेदक/वादी : काभ्रे पलाञ्चोक जि.कानपुर गा.पं.वार्ड नं. १बस्ने पुण्यप्रसाद मैनालीसमेत विरुद्ध विपक्षी/प्रतिवादी : काभ्रे पलाञ्चोक जिल्ला गा.पं.पलाञ्चोक वार्ड नं. १लामीडाँडा बस्ने लोकनाथ उप्रेती मुद्दा : लिखत बदर (१) आफ्नो हक दर्ताको जग्गा हक हस्तान्तरण तथा अरुलाई दान बकसको लिखत गरी दिन पाउने । (प्रकरण नं. २३) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।४।१७ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. म पुण्यप्रसादका बाबा विष्णुलालले विष्णुबहादुर भण्डारीबाट १९९५।२।२३ गते राजीनामा पास गरी लिई विष्णुलालका नाउँमा दर्ता भएको उहाँपछि मेरो हक भएकोले हामीहरूको हक भएको सगोलमा बसी भोगी आएको हाम्रो समेत हक भएको पूर्व सोवर्ण कौशिका पश्चिम तल्लो कूलो उत्तर दुर्गाप्रसाद र पारवती समेतको साँध दक्षिण डि.गंगाधर खरेलको साँध यति ४ किल्ला भित्रको साविक कौशी देखा गा.पं.वडा नं.८ को हाल पलाञ्चोक गा.पं.वार्ड नं. २ को तिरो रु.७।५२ तिर्नु पर्ने माटो मुरी ।११।११ को तिमाल बेंसी साठी खेत म पुण्यप्रसादको हक टुटेको प्रमाण बेगर सो जग्गा हामीहरूको मञ्जूरी समेत नलिई हामीहरूलाई थाहा जानकारी नै नदिई रु.५०००।– पर्ने भनी रामशरणले विपक्षी लोकनाथलाई ०३५।३।१३ गते हालैको बकसपत्र गरी दिएको रहेछ । गाउँ घरमा बकसपत्र लिने दिने गरे भनी हल्ला गरेकोले ०३५।१२।४ मा नक्कल सारी हेर्दा त्यस्तो हाम्रो हक भएको प्रमाण बेगर विपक्षी रामशरणले विपक्ष लोकनाथलाई हालैको बकसपत्र दिएको ५ खण्डको १ खण्ड रामशरणको हक हुनेमा पनि म ओमकुमारीको आधा हक लाग्ने हुँदा ५ खण्डको ४ खण्ड हामी पुण्यप्रसाद, रामेश्वर, श्रीलक्ष्मी, विष्णु लक्ष्मी समेतको र रामशरणको १ खण्ड मध्ये पनि आधी ओमकुमारीको हक हुँदा ५ खण्डको ४।। खण्ड हामीहरूको हक भएको हुँदा उक्त बकसपत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुण्यप्रसाद मैनाली समेतको ०३५।१२।१० को फिरादपत्र । ३. मैले पारित गरी लिएको लिखत बदर हुनुपर्ने होइन, किनभने वादीमा लेखिएको खेत विष्णुलालको नाउँमा दर्ता थियो भनिएको छ, साथै उहाँ पछि म पुण्यप्रसादको हक दायित्वमा आएकोले हामीहरूको हक भएको भन्ने लेखाई छ । विष्णुलाल मरे बाँचेको केही लेखिएको छैन । विष्णुलाल मरेको हो भने पुण्यप्रसाद छँदै नाती, रामशरणको हक कसरी हुनआएको हो र रामशरणकी श्रीमती ओमकुमारी बाहेक अरु फिरादीहरूको वतन कानपुर लेखिएकोछ रामशरणको वतन वडा नं.६ भन्ज्यांग खर्क लेखिएको छ । यसबाट यो सिद्ध हुन्छ कि फिरादी र दाता रामशरण अलग अलग ठाउँमा बसी व्यवहार गरेका मात्र होइनन् कि भिन्ना भिन्दै भएको भन्ने प्रष्ट देखिन्छ । रामशरणले मलाई बकस दिँदा ०३४ सालको रसीदबाट मलाई पारित गरी दिएको हो । उक्त जग्गा रामशरणकै हो विपक्षीको होइन । लिखत बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको लोकनाथ उप्रेतीको ०३६।३।२१।५ को प्रतिउत्तरपत्र । ४. बकसपत्रको जग्गा वादीको नभई प्र.रामशरणक