निर्णय नं. २१२८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१२८ - जग्गा खिचोला भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/१३ २६९२ निर्णय नं. २१२८ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.वि.नं. १०० मुद्दा : जग्गा खिचोला निवेदक/वादी : नु.जि.बेलकोट गा.पं. वडा नं. ५ तल्लो ती गाउँ बस्ने तोरणबहादुर पाण्डे क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी : नु.जि.दाङ भैकालीका गा.पं. वडा नं. ६ पाखुरे बस्ने देवनाथ पनेरु फैसला भएको मिति : २०४१।९।१३।५ मा § एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ११) निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : म.क्षे.अदालतको मिति ०३९।१।१६।५ को निर्णय फैसला उपर वादीको श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. पातलेखेत माटो ।५० मध्ये हाल खोली कट्टी ।१० बुद्धिनाथले खाएको ।१० कटाई पूर्व खोल्सी पश्चिम खोलो उत्तर टिकाप्रसाद दक्षिण कुलो यति ४ किल्लाभित्रको माटो ।३० को जग्गा शेरजंग समेतको विर्ता तिरो दपोटमा हरिदत्तको उजूर परी सो जग्गा समेत मैले भोगी आएको भनी मेरो समेत बयान भई ०२४।७।२१ मा फैसला भएको विर्ता उन्मूलन ऐन, ०१६ बमोजिम विर्तावारहरूले रैकरमा परिणत पनि नगरेको भू.सु.ऐन लागू भएपछि हदभन्दा बढीको जग्गा भएकोले ०१६ सालदेखि ०२९ साल तकको तिरो बुझाई रैकरमा परिणत गरी दर्ता गरेको मूल्य रु.६००। जाने माटो ।३० जग्गामा ०३०।८।१५ गते विपक्षहरूले खिचोला गरेको मेटाई पाउँ भन्ने समेत व्यहोराको मिति ०३०।११।६ को तोरणबहादुरको फिरादपत्र । ३. हामीहरूको हकको पातले खेत ०२४।६।१९ मा पूर्व कूलो पश्चिम खोलो उत्तर खोल्सो जाई पाण्डेको खेत, दक्षिण कूलो यति ४ किल्लाभित्रको जग्गा रोपनी ६ विर्ता उन्मूलन ऐन, ०१६ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयको ०२४।५।५ को संख्या १९ को राजपत्रमा प्रकाशित सूचना अनुसारको म्यादभित्र रैकरमा परिणत गराई ०१६ सालदेखि ०२३ सालतकको मालपोत बुझाई आमा भद्रकुमारीका नामबाट ०२३।१।१० मा जोताहा अस्थायी निस्सा पाएको वादीले जोताहा निस्सा छ भन्न सकेको छैन । विपक्षले परिणत गराए उपर बदर गरिपाउँ भनी आजै फिराद दिएको छु । शेरजंगको विर्ता भन्ने वादीको भनाई छ । ०२४ सालमा हामीले परिणत गरेको कुरामा कानुनको म्यादभित्र विर्तावालाको उजूर नपरेको समेतबाट हामीहरूको कुश बिर्तालाई वादीले झुठ्ठाउजूर गरेको हो भन्नेसमेत व्यहोराको ०३१।१।२६ को देवनाथको प्रतिउत्तरपत्र। ४. वादीले दावी लिएको पातले भन्ने खेत परस्पर आफ्नो आफ्नो दर्ताको भन्ने वादी र प्रतिवादीको भनाई भएको परिणत दर्ता उपर परेको परिणत दर्ता बदर मुद्दाहरूमा वादी तोरणबहादुरको दर्ता कायम ठहरी यिनै वादी प्रतिवादीको परिणत दर्ता बदर मुद्दा आजै किनारा भएकोले जग्गा मेरो भन्ने देवनाथले म्यादै गुजारी बसेको जग्गा मेरो कुस विर्ता हो भन्ने प्रतिवादीले खिचोला गरेन होला भन्न नमिल्ने हुनाले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको र.त.नु.जि.मा.क्षे.अ.को फैसला रहेछ । ५. हामीहरूको कुस विर्ता