निर्णय नं. २७९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/१३ २२१६ निर्णय नं. २७९५ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १८१४ फैसला भएको मिति : २०४३।७।१३।५ मा निवेदक : कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित का.जि.कान्तिपथ स्थित होटल नूक प्रा.लि. का.तर्फबाट ऐ.का सञ्चालक ल.पु.जि.न.पं.पुल्चोक बस्ने जोगेन्द्रबहादुर विष्ट विरुद्ध विपक्षी : कर विभाग, लाजिम्पाट, काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) औद्योगिक व्यवसाय ऐनको जन्म २०३० सालमा भई २०२७।०२८ सालमा जन्म भएको प्राइभेट फर्मको हकमा कित शुरु देखि नै लागू हुने गरी छूट दिनु पर्ने हुन्छ कित नयाँ कम्पनी खडा भएको मितिदेखि छूट दिनु पर्ने हुन्छ बीचको एक वर्षबाट छूट दिएको मिल्ने नदेखिने । (प्रकरण नं. ९) (२) नाम एउटै छ भन्दैमा कानुनी स्थितिमा संस्था (परसनालिटी) फरक छ भने एउटै कानुनी व्यक्ति सम्झन नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी कर कार्यालय काठमाडौं समेतको निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०४२।८।४।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : श्री ५ को सरकार उद्योग विभागबाट प्राप्त मिति ०३०।१०।२५ को इजाजत पत्रानुसार मिति ०३१।१०।८ गतेका दिन नेपाल कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित एक औद्योगिक निकाय हो । यसरी स्थापित भए पछि निवेदकले सन् १९७५ देखि होटल उद्योग सञ्चालन गरी आएका हौं । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ८(घ) अनुसार गरिएको उद्योगको वर्गिकरण अनुसार निवेदक होटल उद्योग व्यवसाय सञ्चालन गर्ने औद्योगिक निकाय हो । सो अनुसार निवेदकलाई सोही ऐनको दफा ९(१)घ. अन्तर्गत आयकर छूट सुविधा प्राप्त छ । हाल चालु रहेको औद्योगिक व्यवसाय ऐन (संशोधन सहित) ०३८ को दफा १४(२) अनुसार पनि औद्योगिक व्यवसाय ऐन, ०३० को उपरोक्त आयकर छुट सुविधा प्राप्त छ । निवेदकलाई उपरोक्त ऐन अन्तर्गतको आयकर छूट सुविधा प्राप्त भएको कुरामा कर विभागको ०४०।९।१० को पत्रबाट सञ्चालन मितिबाट ५ वर्ष आयकर छूट दिने भन्ने कुरा स्वीकृत छ । तर निवेदक स्थापित हुनु अगाडिका वर्षलाई लिएर १९७१ देखि १९७५ सम्म वर्ष ५ को लागि आयकर छूट भन्ने व्यहोरा उल्लेख गरी विपक्षी कर विभागको हवाला दिई विपक्ष कर कार्यालय काठमाडौंबाट मिति ०४१।१।४ मा पत्र लेखी निवेदकका नाउँमा पठाइयो । उपरोक्त पत्रमा उल्लिखित व्यहोरा देखा देखि कानुनी त्रुटि विपरीत छ भन्दै विपक्षी कर विभागको नाउँमा मिति ०४१।१।१७ मा निवेदनपत्र सोही विभागको द.नं. ३२९४ मा दर्ता गरेका हौं । सो पत्रमा उल्लिखित व्यहोरा यस निवेदनपत्रको एक अंग हो । सोही सिलसिलामा विभागबाट ०४१।२।९ को पत्र निवेदकको नाउँमा प्राप्त भयो र सो को प्रतिलिपि यसै निवेदनपत्र साथ संलग्न गरेका छौं । सो पत्रानुसार माग गरिएका कागज पत्रहरू विपक्षी कर विभागमा पठाएका हौं । विपक्षी कर विभागबाट निवेदकले पठाएका अड्डाका प्रमाणित प्रमाणहरू प्राप्त गरेको र भोग गरिएका कागज प्रमाणहरूबाट निवेदकले आफ्नो व्यवसाय सन् १९७५ बाट सञ्चालन गरेका देखिँदा