निर्णय नं. २७९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२१ २३३४ निर्णय नं. २७९६ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १६५६ आदेश भएको मिति : २०४३।७।२१।६ मा निवेदक : का.जि.विष्णु गा.पं.वा.नं.५ बस्ने नारायणबहादुर खत्री विरुद्ध विपक्षी : मुख्य सचिव, मन्त्रीपरिषद् सचिवालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) राजपत्र अंनकित तृतीय श्रेणी (मुखिया) मा लिएको तालिम राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा प्रमोशन पाउँदा नम्बर पाइसकेकोले राजपत्र अनंकित प्रथम श्रेणी (ना.सु.) पदको लागि उक्त तालिमको नम्बर दिन नमिल्ने । (प्रकरण नं. १४) (२) ०१४ को निजामती मध्यमा परीक्षामा प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी भन्ने खुलेको देखिन्छ, यसबाट श्रेणी नखुलेको परीक्षाको सरह द्वितीय श्रेणीको नम्बर पाउने कुरा नहुने । (प्रकरण नं. १४) विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०४२।६।१०।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : श्री ५ को सरकार रक्षा मन्त्रालयको ०४१।११।१० को गो.प.द्वारा प्रकाशित सूचना अनुसार आमन्त्रीत ना.सु.पदको म पनि एक उम्मेदवार भएकोले मैले पनि माग अनुसारको कार्य सम्पादन मूल्याङ्कन फाराम भनी निर्धारीत म्यादभित्र पेश गरेको थिएँ । उक्त रक्षा मन्त्रालयको का.मु.रक्षा सचिव अध्यक्ष, सहसचिव सदस्य र कार्यरथी सदस्य भएको ०४२।३।४ मा बसेको बढुवा समितिले मैले ऐन नियमले पाउनु पर्ने नम्बर हरण गरी घटाई विपक्षी रक्षा मन्त्रालयले प्रकाशित निम्नांक १८३.०५५ भएको मेरो नम्बर भन्दा घटीवालालाई अर्थात् म भन्दा जुनियरलाई समेत ना.सु.पदमा बढुवा गर्ने गरी अन्यायसाथ निर्णय गरेको छ । सो कुरा रक्षा मन्त्रालयले ०४२।३।१०।२ को गो.पं.द्वारा प्रकाशित सूचनामा उक्त ना.सु.पद २ मा बढुवा गर्ने रक्षा मन्त्रालयमा मिति ०४२।३।४ मा बसेको बढुवा समितिबाट निम्न लेखिएको खरिदारहरूलाई बढुवा गर्ने निर्णय भएकोले नि.से.नि. ३–५ को उपनियम ९, ८, १०, को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ भनी विपक्षी मध्येका ख.निलप्रसाद ढुड्डाना र ख.रामनारायण विडारीको भनी प्राप्त निम्नांक १८३.०५५ भएको सूचना प्रकाशितबाट थाहा पाएँ । तत्सम्बन्धमा मेरो पेश भएका कार्य सम्पादन मूल्याङ्कन फाराम बमोजिमको नम्बर, तालिम शैक्षिक योग्यता र ज्येष्ठता समेत निम्नानुसार जम्मा अंक १९६.६५२ हुने प्रष्ट भई रक्षा मन्त्रालयको प्रकाशित सूचना बमोजिम निम्नांक १८३.०५५ भन्दा मेरो अंक बढी नै भएकोेले मलाई उक्त ना.सु.पदमा बढुवा गर्ने नाम प्रकाशित गर्नु पर्नेमा पक्षपात गरी मेरो नाम ननिकाली घटी नम्बर प्राप्त हुने म भन्दा जुनियर विपक्ष रामनारायण समेतलाई बढुवा गर्ने नाम प्रकाशित गरी अन्याय गरेकोले उक्त रक्षा मन्त्रालयमा बसेको ०४२।३।४ को बढुवा समितिले गरेको निर्णय बदर गरी उक्त ना.सु.पद २ मध्ये एकमा म निवेदकलाई बढुवा गर्ने गरी न्याय पाउँ भनी मैले द.नं. २०४८ मिति ०४२।४।१० मा निम्न नम्बर पाउने कुरा समेत उल्लेख गरी श्री मन्त्रीपरिषद् सचिवालयमा उजूरी निवेदन दिएको थिएँ । मेरो ३ वर्