निर्णय नं. २७९७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/०९ २४०३ निर्णय नं. २७९७ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको रिट नं. १५२३ आदेश भएको मिति : ०४३।६।९।५ मा निवेदक : जि.झापा बालुबारी गा.पं.वार्ड.नं.९ बस्ने पूर्णबहादुर इधिंगो लिम्बू विरुद्ध विपक्षी : झापा वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) समितिलाई कारवाही निर्णय गर्ने अधिकार तोकिएकोमा अध्यक्षले मात्र गरेको निर्णयलाई समितिबाट भएको कानुन बमोजिमको निर्णय मान्न नमिल्ने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमप्रसाद उपाध्याय विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान विद्वान अधिवक्ता श्री नारायणराज खरेल आदेश न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. झापा जिल्लामा झोरा क्षेत्रको जग्गा सम्बन्धी विपक्षलाई सुव्यवस्थित गर्नको निमित्त बनेको झोरा क्षेत्रको जग्गा सम्बन्धी ऐन, २०२८ को दफा ४ र ऐन नियम ४, ५ बमोजिम म एक सुकुम्बासीले प्राप्त गरेको जि.झापा बालुबारी गा.पं.वार्ड नं. ४ कि.नं.५९९ को ज.बि. १–१०–० जग्गा बसोबासबाट प्राप्त गरी दर्ता थियो । सो जग्गा मैले निरन्तर भोग गरी त्यसैमा घर बास गरी आएकोमा जि.झापा बालुबारी गा.पं.वार्ड नं.५ बस्ने तेजप्रसाद लिम्बूबाट खेती खर्चमा र गोरु किन्न तथा घरमा विमार परी आर्थिक कठिनाई परेकोले रु.३२००।– मा त्यसको कानुन बमोजिम ब्याज तिर्ने शर्त गरी रुपैयाँ कर्जा लिएको र सालसालै ब्याज बुझाई आएको र साँवा बुझाउन बाँकी रहँदैमा निजले साँवा रकम बुझाउन ढिला गरेको भनी जग्गाखिचोला गर्दा झापा जिल्ला अदालतमा खिचोला मेटाई चलन चलाई पाउँ भनी मेरो फिराद परी मिति २०४०।३।१० मा वादी दावी बमोजिम चलन पाउँने ठहरी फैसला भएको र सोही फैसला भएको र सोही फैसला कायम राखी श्री मे.अं.अ.बाट पनि मिति २०४०।७।१६ गते निर्णयबाट सो बमोजिम २०४०।८।१८ मा झापा जिल्ला अदालतबाट चलन पाइसकेको छु । ३. यसरी सरकारको नियम पालन गरी बसोबास गरी आएको अवस्थामा विपक्षी समितिले मिति २०४१।३।१४ मा सो जग्गा मेरो नाउँको दर्ता बदर हुने गरी सो जग्गा जफत गरी लिलाम गर्ने भनी निर्णय गरेको र त्यसको जानकारी मलाई नदिए पनि मिति २०४१।५।५ मा नक्कल सारी लिँदा थाहा हुन आयो । ४. विपक्षी समितिको निर्णय पर्चाको आधार हेर्दा तेजप्रसाद लिम्बूलाई जग्गा बिक्री गरेको भन्ने उल्लेख गरिएको छ । तर मैले जग्गा बिक्री गरेको छैन । तेजप्रसादसंग रु.३२००।– कर्जा सम्म लिएको हो । कर्जाको साँवा नबुझाउँदा जग्गाखिचोला गर्दा खिचोला ठहरी चलन समेत मैले पाएको छु । ५. यस्तो स्थितिमा जग्गा अन्यत्र बिक्री गरेको भन्ने कपोल कल्पीत प्रमाणको आधारमा अध्यक्ष १ जना र २ जना सदस्य रहने समिति भनेकोमा एक जना अध्यक्षको मात्र उक्त निर्णयमा दस्तखत छ । त्यसरी मलाई जानकारी नै नदिई गैरकानुनी रुपमा गरिएको विपक्षी समितिको जफत निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश द्वारा बदर गरिपाउँ भन्ने समेत पूर्णबहादुर इधिंगो लिम्बूको मिति २०४१।७।१३ को रिट निवेदन जिकिर । ६. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।९।१२ को आ