निर्णय नं. २१३० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१३० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/३० २३७१ निर्णय नं. २१३० ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १८३५ विषय : उत्प्रेषण निवेदक : इलाम, नामसालिङ गा.पं. वार्ड नं. ६ बस्ने गम्भीरबहादुर पौडेल विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने नन्दकेश्वर सुवेदी भूमि सुधार कार्यालय, इलाम आदेश भएको मिति : २०४१।९।३०।१ मा § सामूहिकरुपमा नामसारी गरी लिएकोमा एकजनाले मात्र गरिदिएको भर्पाईलाई पनि रीतपूर्वकको भन्न मिल्दैन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैधनाथ उपाध्याय विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. वीरबहादुर पौडेलको नाम दर्ताको जि.इलाम नामसालिङ गा.पं. वार्ड नं. ६क कि.नं. ९१ को २०+ ७+ ३।। जग्गा ०३६।१०।५ को कबुलियत बमोजिम मैले मोही भई कमाई आएको थिएँ । निज वीरबहादुरको मृत्यु भएपछि उक्त जग्गा छोरीहरू लक्ष्मी कडेल, छत्रकुमारी कडेल, देवीकुमारी पन्थ, गितादेवी दाहाल समेत ४ जनाको नामसारी गराई ०३८।१०।८ गते नन्दकेश्वरलाई बिक्री गरिदिएछन् । नन्दकेश्वरले जग्गा जोत्न पाउँदैनांै भनेकाले सप्रमाण भू.सु.का.इलाममा निवेदन गरेकोमा मोही कायम गर्न नमिल्ने भनी भू.सु.का.इलामबाट ०४०।६।१० मा निर्णय भयो । ३. विपक्षीले लिएको तमसुक र प्रमाणपूर्जामा मेरो नाम मोहीमा उल्लेख नहुँदैमा मोहीयानी हक समाप्त हुने होइन । भू.सं.ऐन बमोजिम कबुलियत र भर्पाईहरूबाट मोही भएको प्रष्ट छ । वीरबहादुर पौडेल ०३६।९ मा मरेकोले हक पुग्ने छोरीहरुले गरी दिएको ०३६।१०।५ को कबुलियतलाई अमान्य गर्न मिल्दैन । विपक्षी नन्दकेश्वर भन्दा अगाडिका ज.ध.हरूले मलाई मोही मानेकोमा विवाद छैन । ज.ध.जोसुकै भए पनि मेरो मोहियानी हक यथावत रहन्छ । तसर्थ विपक्षी भू.सु.का.को ०४०।६।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ५. साविक ज.ध.विरबबहादुर ०३६ पौषमा मरेको नभई ०३७। फाल्गुणमा मरेको भन्ने कुरा नाम सालिङ गा.पं.०३८।२।२० को सिफारिश नामसारी गरिपाउँ भनी छत्रकुमारी समेतले ०३८।२।२१ मा दिएको निवेदन, मा पोका ईलामको ०।२।२१ को निणर्य पर्चाबाट समेत देखिएकोले रिट निवेदकको व्यहोरा झुठ्ठा हो । छत्रकुमारी समेतले ०३८।२।२१ मा नामसारी गरी लिए पछि मात्र हक हुन आएकोमा हकै नभई ०३६।१०।५ मा गरिदिएको कबुलियत मान्य नहुने प्रष्ट छ । त्यसमा पनि चारजना सामूहिक हकदार भएकोमा छत्रकुमारी र लक्ष्मी जना २ बाट मात्र कबुलियत गरी लिएको भर्पाई छत्रकुमारीबाट मात्र लिएको, रजिष्ट्रेशन पास गर्दा मोही महलमा नाम उल्लेख नभएको, मौकामा मोही कायम गरी बस्न नसकेको समेत कारणबाट मोही कायम नगर्ने गरेको यस कार्यालयको ०४०।६।१४ को निर्णय कानुन अनुरुप भएको हुँदा रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत भूमिसुधार कार्यालय इलामको लिखितजवाफ । ६. विपक्षी नन्दकेश्वर सुवेदीका नाममा रीतपूर्वक ०४०।११।२४ मा म्याद सूचना तामेल भएकोमा लिखितजवाफ पेश नगरेको । ७. नियमानुसार पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट न