निर्णय नं. २७९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०६/१२ २४६५ निर्णय नं. २७९८ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १७५३ आदेश भएको मिति : ०४३।६।१२।१ मा निवेदक : कपिलवस्तु जिल्ला कुदान गा.पं.वार्ड नं. ८ बस्ने रामलाल नाउँ विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय कपिलवस्तु जि. कपिलवस्तु गोटिहवा गा.पं.वार्ड नं.८ मौजे श्रीरामपुर बस्ने गया पाण्डेसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) आफूले कायम गरेको निर्णयलाई स्वयं पटक पटक हेरफेर गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. शुशिला देवी कुर्मीको नाउँमा दर्ता भएको जि. कपिलवस्तु गौटिहवा गा.पं वा.नं.(ग) हाल कायम भएको कि.नं.१७९ को ०–१–१९ जग्गामा म मोहीले पाउने स्थायी मोहियानी हकको प्रमाणपत्र दिने ठहर गरी २०३५।४।१२ मा निर्णय भएको थियो । उक्त कि.नं.को जग्गा साविक जग्गाधनी शुशिला देवीको हक भन्दा बढ्ता भएकोले विपक्षी कार्यालयको निर्णय अनुसार मैले बिक्री वितरणमा प्राप्त गरेको प्रमाणपत्र समेत मिति २०३५।५।२ मा प्राप्त गरी जग्गाधनीको हैसियतले भोगचलन गरी आएको छु । ३. विपक्षी मध्येका गया पाण्डे, राम सुभग, मजिद फकिरले उक्त कि.नं.१७९ को मोहियानी दावी गरी प्रमाणपत्र पाउँ भनी भू.सु.का.मा.निवेदन दिनु भएको र विपक्षी मध्येका जग्गाधनी भनिएकी शुशिला देवीले निजहरूले नै जोतेको हो भनी विपक्षी कार्यालय समक्ष बयान गर्नुभएकोमा मैले जोताहाको अस्थाई निस्सा पाएको र मोहियानी हकको प्रमाणपत्र पाएको समेत जिकिर लिएकोमा विपक्षी भू.सु.का.कपिलवस्तुबाट मोही हक सम्बन्धमा दावी भए उपर मेरो समेत हुक नपुग्ने गरी मिति २०४०।५।६ मा निर्णय हुँदा स.अ.मा मैले रिट निवेदन गर्दा स.अ.को मिति २०४१।५।१२ को निर्णयले उक्त बदर भई परमादेशको आदेश समेत जारी भएको थियो । सोही बदर भएको पहिलो निर्णयमा नै ग्रहण गरी सकेकोमा अन्य थप प्रमाण केही नभएकोमा सोही पहिलेको सरजमीन र ज.ध.को बयानलाई आधार लिई विपक्षीहरूलाई मोही ठहर्याउनु भएको मिति २०४२।६।१ को निर्णयमा भू.सु.ऐन, २०२१ समेतको कानुनी त्रुटि भएकोले उक्त मिति २०४२।६।१ को भूमिसुधार कार्यालय कपिलवस्तुको निर्णय उत्प्रेषणको भूमिसुधार कार्यालय बदर गरी पाउँ भन्ने समेत रिट निवेदक रामलाल नाउँको मिति २०४२।७।१५ को रिट निवेदन । ४. हामीले मोहीको जोताहा अस्थाई निस्सा पाएको तथा जग्गाधनीको रसीद भर्पाई भएको र जग्गाधनीले हामीलाई मोही स्वीकार गरेको सरजमीन बुझ्दा सरजमीनका मानिसहरूको भनाई समेतबाट हाम्रो जोतभोग भएको १ नं., २ नं., ४ नं.पनि भएको वास्तविक मोही हामीहरू भएकोमा रिट निवेदकले झुठ्ठा व्यहोरा देखाई बिक्री वितरणमा प्राप्त गरेको सो बिक्री वितरण समेत बदर भएको र हामी आफ्नो हक कायम गराउने तर्फ प्रयत्नशील नै रहेकोमा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट सबूद प्रमाण बुझी, सबूद प्रमाणको मूल्यांकन गरी कानुन बमोजिम निर्णय भएकोमा विपक्षीको हक अधिकारमा आघात नपरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत