निर्णय नं. २१३२ - जग्गा खिचोला पर्चा र दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१३२ - जग्गा खिचोला पर्चा र दर्ता बदर भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/१३ २४६३ निर्णय नं. २१३२ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ५२५ मुद्दा : जग्गा खिचोला पर्चा र दर्ता बदर पुनरावेदक/वादी : नुवाकोट जिल्ला बेलकोट गा.पं. वडा नं. ५ तल्लोती गाउँ बस्ने तिर्थबहादुर थपलिया विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. होमनाथ मुडवरी फैसला भएको मिति : २०४१।९।१३।५ मा § नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारबाट पनि किल्लामा मिल्न भिड्न आएको प्रमाणित हुन आएकोले विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. विर्ता जग्गा हुँदा हाल बेलकोट गा.पं.मार्फत नु.मालमा बुझाउनु पर्ने सो मालमा विर्तातर्फको लगत नं. ६३ मा दाता उत्तरकुमारीको खसम देवदत्त पनेरुका नाममा दर्ता भई निज देवदत्त वितेपछि यी उत्तरकुमारीको हक भई देवदत्तका नामबाट उत्तरकुमारीले आफ्नो नाममा नामसारी दर्ता गरी भोग चलन गरी आएको पूर्व भवनाथको खेत भनी लेखिएको विष्णुप्रसादको खेत पश्चिम खोलाको दोभान उत्तर बेतनी खोला दक्षिण भवनाथको खेत भनेको विष्णुप्रसादको खेत ५। मध्ये सिहान खण्डतर्फ रोपनी २।। विष्णुप्रसादले र पुच्छर खण्ड तर्फको रोपनी २।। प्रचलित तिरो रु.६।७१ लागेको सिमले भन्ने खेत कित्ता १ नु.जि.मदानपुर गा.पं.पाखुरे बस्ने उत्तरकुमारी पनेरुबाट मौखिक शर्तमा लेखाए बमोजिम खाने गरी विष्णुप्रसादले रु.५००। र मैले ५००। समेत एउटै राजीनामाबाट ०३१।१०।९ मा रु.१०००। मा ०३१ सालका बाली देखिलाई जोताहाको अस्थायी निस्सा समेत एउटै राजीनामाबाट पारित गरी लिई मेरो हक हुन आई यो ०३४ सालको समेत साल सालै स्थानीय बेलकोट गा.पं.समेतमा तिरो तिरी रसिद प्राप्त गरी आएको मेरो हकको जग्गामा सबूत प्रमाणको अलावा नापी टोली नं. ५ फिल्डबुक भरी कि.नं. २२१ लेखाउनु देखाउनु गरी लालपूर्जा प्राप्त गर्ने अवस्थामा विपक्षीले विर्ताबाट सूर्यजंग समेतको जिम्मावाला तारेणबहादुर मार्फत विर्तावालालाई तिरो बुझाई आएको ०१३ सालदेखि विर्तावारले खोजी नगरेकोले मेरो नाममा रैकरमा परिणत गरेको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी ७ नं. नापी गोश्वारामा उजूरी निवेदन गरेको कुरा प्रकाशमा आई विपक्षका नाममा दर्ता नहोस् भनी उक्त गोश्वारामा मेरो उजूरी परी कारवाई चल्दै जाँदा आखिर ०३५।१।७ मा आएर जग्गा नाप जाँच ऐनको दफा ६ को उपदफा ७ अनुसार होमनाथको प्रमाण बलियो देखिएकोले गा.पं.बेलकोट वा.नं. ५ को कि.नं. २२१ नं. निजका नाममा अस्थायी दर्ता गरी दिने गरी पर्चा गरी दिएको छ । सो न्यायसंगत नहुँदा मेरो हकको जग्गालाई सो जग्गादेखि करीव २०० गज फरकको हेरफेरमा रहेको जग्गाको नाताले विपक्षले आफ्नो जग्गा भनी लिखत खिचोला गर्नु भएकोले विपक्षीको परिणत दर्ता र त्यसैको माध्यमबाट ना.गो.ले गरेको पर्चा बदर गरी सो लिखत खिचोला समेत मेटाई पाउँ भन्ने वादी दावी रहे